• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

प्रतिगामी खतराका विरुद्ध सङ्घर्ष गरौँ, गणतन्त्रको रक्षा गरौँ

"अपिल "

  •   शनिबार, बैशाख १३, २०८२ मा प्रकाशित
  • आज देश चौतर्फी सङ्कटको मुखमा उभिएको छ । विभिन्न साम्राज्यवादी शक्तिहरूले नेपालमाथि हस्तक्षेप बढाउँदै लगेका छन् र त्यो कारणले देशको राष्ट्रियता, सार्वभौमिकता र अखण्डतामा गम्भीर आँच पुगेको छ । साम्राज्यवादी शक्तिहरूले नेपाललाई युद्धभूमि बनाउने षड्यन्त्र पनि गरिरहेका छन् । खास गरेर चीनका विरुद्धको युद्धको रणनीति र दलाई लामाको पुनर्स्थापनाका लागि अमेरिकाले नेपाललाई युद्धभूमिमा बदल्न योजनाबद्ध प्रकारले षड्यन्त्र गरिरहेको छ । त्यसका साथै देशभित्र प्रतिगमनको खतरा धेरै नै गम्भीर बनेर गएको छ ।

    Advertisement

    राजावादीले गणतन्त्र र धर्मनिरपेक्षतालाई समाप्त गरेर राजतन्त्र पुनर्स्थापनाका लागि आफ्नो गतिविधि बढाएर लगेका छन् । गत २०८१ सालको चैत १५ गते उनीहरूले गणतन्त्रलाई समाप्त गरेर पूर्व राजालाई नारायणहिटी दरबारमा भित्र्याउनका लागि तोडफोड, आगजनी, हत्यासमेतका हिंसात्मक कारबाही गरेका थिए । पूर्व राजाको निर्देशनमा नै त्यस प्रकारको योजना बनेको थियो तर उनीहरूको योजना असफल भयो । त्यसपछि पनि उनीहरूले त्यस प्रकारको अभियानलाई लगातार अगाडि बढाउने प्रयत्न गरिरहेका छन् । त्यस प्रकारको पृष्ठभूमिमा गणतन्त्र र धर्मनिरपेक्षतासहित जनआन्दोलनका महान् उपलब्धिको रक्षाका लागि एकताबद्ध भएर सङ्घर्ष गर्न नेपाली जनताको राष्ट्रिय जिम्मेवारी भएको छ ।

    देशमा गम्भीर बन्दै गएको प्रतिगमनको खतराका विरुद्ध तथा गणतन्त्रको रक्षाका लागि राष्ट्रिय जनमोर्चाले “प्रतिगामी खतराका विरुद्ध सङ्घर्ष गरौँ, गणतन्त्रको रक्षा गरौँ” भन्ने नारासहित देशव्यापी रूपमा यही वैशाख २० गतेदेखि २६ गतेसम्म सप्ताहव्यापी सङ्घर्षको कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ । त्यो कार्यक्रम पालिका तहमा नै केन्द्रित हुनेछ । त्यसको उद्देश्य जनतालाई प्रतिगमनका विरुद्ध र गणतन्त्रको पक्षमा व्यापक रूपले जागृत गर्नु र आन्दोलित गर्नु नै हो ।

    देशमा प्रतिगमनका विरुद्ध सङ्घर्षको नेपाली जनताको लामो इतिहास छ । जनताका अगाडि प्रतिगमनका कैयौँ किल्ला बारम्बार ढल्दै आएका छन् । राणाशासन, निरङ्कुश राजतन्त्र र पञ्चायती तानाशाही व्यवस्था र राजतन्त्रसमेतलाई जनताको महान् शक्तिले ढाल्दै लगेको गौरवपूर्ण इतिहास रहेको छ । त्यही प्रकारको जनताको शक्तिका अगाडि देशलाई राजतन्त्र वा निरङ्कुश शासनतिर लैजाने सबै प्रयत्न पनि पराजित हुनेछन् भन्ने कुरामाथि हामीलाई पूरै विश्वास छ ।

    यो कुरातिर पनि हाम्रो ध्यान छ कि देशमा बहुदलीय व्यवस्था वा गणतन्त्र कायम भएपछि विभिन्न राजनीतिक शक्तिका गलत नीति, क्रियाकलाप, कुशासन वा भ्रष्टाचारका कारणले जनतामा धेरै नै असन्तोष र निराशा पनि छ । त्यसबाट राजावादीले फाइदा उठाएर देशलाई प्रतिगमनतिर लैजाने प्रयत्न गरिरहेका छन् । देशमा बढिरहेका गलत नीति, क्रियाकलाप, कुशासन र भ्रष्टाचारका विरुद्ध सङ्घर्ष गर्नुपर्ने आवश्यकतामा हामीले पनि जोड दिन्छौँ तर ती कारणले देश प्रतिगमनतिर गयो भने देश झन् ठुलो अधोगति वा दुर्गतिमा पुग्नेछ । त्यसैले राजावादीको देशलाई प्रतिगमनतिर लैजाने प्रयत्नका विरुद्ध सङ्घर्ष गर्दै देशलाई अग्रगमन वा अरू उन्नत प्रकारको लोकतान्त्रिक व्यवस्थातिर लैजानका लागि हामीले सङ्घर्ष गर्नुपर्दछ । हामीलाई विश्वास छ, यही वैशाख २० गतेदेखि २६ गतेसम्मको सप्ताहव्यापी सङ्घर्षको कार्यक्रमले त्यसका लागि आधार तयार पार्नेछ ।

    प्रतिगमनका विरुद्ध आउने राजनीतिक शक्तिसित कार्यगत एकता वा सहकार्य गर्ने हाम्रो पहिलेदेखिको नै नीति रहँदै आएको छ । त्यस सन्दर्भमा २०४६ साल, २०६२–६३ सालमा गरेका कार्यगत एकता वा पछि गरेको पाँचदलीय गठबन्धनका उदाहरण हाम्राअगाडि छन् । त्यस प्रकारको कार्यगत एकता, सहकार्यका आधारमा नै हामीले निरङ्कुश राजतन्त्र, पञ्चायती तानाशाही व्यवस्था वा राजतन्त्रलाई समेत समाप्त गर्न सफल भएका थियौँ । पछि पनि दुई दुई पल्ट संसद्को विघटन गरेर देशलाई प्रतिगमनतिर लैजाने प्रयत्नलाई पनि असफल पार्न हामी सफल भएका थियौँ । प्रतिगमनको खतरा अहिले पनि छ भन्ने हाम्रो ठहर छ । त्यसकारण त्यसका विरुद्ध आउने शक्तिका बिचमा अहिले पनि कार्यगत एकता वा सहकार्य आवश्यक छ भने हाम्रो पार्टीको ठहर छ । अहिले केन्द्रीयस्तरमा प्रतिगमनका विरुद्ध त्यस प्रकारको गठबन्धन बन्न सकेको छैन तैपनि प्रतिगमनका विरुद्ध गठबन्धन गर्ने हाम्रो नीति कायम छ र केन्द्रीयस्तरमा त्यस प्रकारको गठबन्धन बन्न नसकेको भए पनि स्थानीयस्तरमा प्रतिगमनका विरुद्ध सहकार्य गर्ने नीति खुल्ला रहेको छ र त्यस्तो कुनै सम्भावना देखा परेमा हामीले त्यसलाई उपयोग गर्ने प्रयत्न गर्नेछौँ तर निर्णयात्मक शक्ति भनेका जनता नै हुन् । त्यसैले हाम्रो मुख्य जोड जनतालाई जागृत र सङ्गठित गर्ने हुनुपर्दछ र आखिरमा जनताले प्रतिगमनका प्रत्येक प्रयत्नलाई पराजित पारेर गणतन्त्रलाई सुदृढ पार्दै देशलाई उन्नत लोकतन्त्र र गणतन्त्रको दिशामा लैजानेछन् भन्ने कुरामाथि हामीलाई पूरा विश्वास छ ।

    (राष्ट्रिय जनमोर्चा, केन्द्रीय कार्यालय २०८२ वैशाख १३ गते)

    शनिबार, बैशाख १३, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग
    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.