• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बिहिबार, कार्तिक १२, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

इनमसँगको म्यासेज प्रकरण : शुक्रबार सर्वोच्चको फुलकोर्ट बैठक

राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

बडादसैँ र तिहारको उमङ्गमा पाँचौँ पिवाइएससी कप सुरु (फोटासहित)

भालुबाङ अस्पतालमा स्क्रब टाइफसका बिरामी बढे

कुँवरको उपचारका लागि गल्कोट समाज टोकियो कान्तोद्वारा तीन लाख बढी सहयोग

चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

लेक लागेका पदयात्रीको हेलिकप्टबाट उद्धार

‘अर्नब’ चक्रवातको कारण भिभिन्न राजमार्गहरूमा पहिरोको उच्च जोखिम

कात्तिक १५ गतेदेखि सुरुङमार्गमा शुल्क लाग्ने

लोकप्रिय समाचार

  • १. श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

  • २. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ३. भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

  • ४. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ५. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ६. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ७. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ८. राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

  • ९. रङ्गीन फूलको एउटै माला बनाऔँ

  • १०. हिमाचलका नेपालीको दुर्घटना तथा स्वास्थ्य बिमा गर्न मूल प्रवाहको माग

प्रतिगामी प्रयत्न विरुद्ध दृढ र एकताबद्ध सङ्घर्षको प्रतिबद्धता आवश्यक : मसाल


  •   बिहिबार, बैशाख ११, २०८२ मा प्रकाशित
  • काठमाडौँ । नेकपा (मसाल) ले उन्निसौँ लोकतन्त्र दिवसको अवसरमा प्रतिगामीका सबै प्रयत्न विरुद्ध दृढ र एकताबद्ध सङ्घर्ष गर्ने प्रतिबद्धता आवश्यक रहेको धारणा व्यक्त गरेको छ ।

    Advertisement

    महामन्त्री मोहनविक्रम सिंहको हस्ताक्षरमा २०८२ वैशाख ११ गते जारी प्रेसवक्तव्यमार्फत पार्टीले यस्तो धारणा व्यक्त गरेको हो ।

    वक्तव्यमा शिक्षक आन्दोलनलाई ऐतिहासिक महत्त्वको बताइएको छ । शिक्षकसँग भएको सहमतिअनुसार नै शिक्षा ऐन ल्याउन माग गर्दै पार्टीले कर्मचारीका माग पनि पूरा गर्न सरकारसित माग गरेको छ ।

    बुटवल निवासी सुदीप न्यौपानेको कास्मिरमा हिंसात्मक घटनामा मृत्यु भएकोमा पार्टीले श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ ।

    त्यसैगरी, भाकपा (माले) मासलाइनका नेता तथा आइकोरका एसिया कोअर्डिनेटर सङ्जय सिङ्घवीको निधनबाट भारत र अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा क्षति पुगेको बताइएको छ ।

    मसालले शोकाकुल मासलाइन पार्टीका नेता, कार्यकर्ता र परिवारप्रति सहानुभूति व्यक्त गरेको छ ।

    यस्तो छ, प्रेसवक्तव्यको पूर्ण पाठ :

    “आज उन्निसौँ लोकतन्त्र दिवस हो । आजभन्दा १८ वर्ष पहिले संयुक्त आन्दोलनपछि तत्कालीन राजा ज्ञानेन्द्रको निरङ्कुश सत्ता समाप्त भएको थियो र देशमा बहुदलीय व्यवस्था कायम भएको थियो । त्यसको केही समयपछि राजतन्त्र नै समाप्त भएको थियो । राजा ज्ञानेन्द्रले बारम्बार यो बताउने गरेका छन् कि उनले ठुलो त्यागको प्रदर्शन गरेर राजसत्ता जनतालाई सुम्पेका थिए तर वास्तविकता त्यो होइन्, उनले ता वैधानिक राजतन्त्रलाई समाप्त गरेर निरङ्कुश सत्ता कायम गरेका थिए । जनताको आन्दोलनको दबाबका कारणले नै राजतन्त्र समाप्त भएर देश गणतन्त्रमा गएको थियो ।

    आज उनी फेरि राजतन्त्रको पुनर्स्थापनाका लागि सङ्गठित रूपले प्रयत्न गरिरहेका छन् । आज लोकतन्त्र दिवसको अवसरमा नेपाली जनताले देशलाई प्रतिगमनतिर लैजाने सबै प्रयत्नको दृढतापूर्वक र एकताबद्ध भएर सङ्घर्ष गर्ने प्रतिबद्धता प्रकट गर्नुपर्दछ ।

    आफ्ना न्यायपूर्ण मागका लागि शिक्षकले लामो समयदेखि आन्दोलन गरिरहेका छन् । उनीहरूले पहिले सरकारसित भएको सम्झौताअनुसार नै शिक्षा ऐन निर्माणको माग गर्दै आन्दोलन गरिरहेका छन् । स्वयम् आफै सहमत भएका विषयमा शिक्षा ऐन बनाउनु सरकारको नै जिम्मेवारी हो । त्यसअनुसार शिक्षा ऐन नबनाएर सरकारले गम्भीर प्रकारको गैरजिम्मेवारीपन देखाएको छ । हामीले सरकारको त्यस प्रकारको गैरजिम्मेवारपनको कडा शब्दमा आलोचना गर्दै शीघ्र उनीहरूका माग पूरा गरेर शिक्षा ऐन जारी गर्न माग गर्दछौँ ।

    यहाँ यो पनि उल्लेखनीय छ कि अहिले उनीहरूले जुन आन्दोलन गरिरहेका छन्, त्यो ठुलो ऐतिहासिक महत्त्वको आन्दोलन हो । नेपालमा यति धेरै दिनसम्म हजारौँ मानिसले राजधानीमा आएर लगातार आन्दोलन गरिरहेको उदाहरण नेपालको इतिहासमा नै कमै पाइन्छ । त्यो अवस्थामा हामीले उनीहरूले आन्दोलनप्रति शिक्षकले देखाएको अद्वितीय प्रकारको धैर्यताका लागि उनीहरूलाई अभिनन्दन गर्दछौँ । यसका लागि पनि हामीले गम्भीर दुःख र क्षोभ प्रकट गर्दछौँ कि आज सरकारले खालि शिक्षक मात्र होइन, निजामती कर्मचारी वा शिक्षकका न्यायपूर्ण मागप्रति पनि उपेक्षाको नीति अपनाएको छ । त्यसबाट जनतामा ठुलो पैमानामा असन्तोष पैदा भइरहेको छ । त्यस प्रकारको जनअसन्तोषबाट प्रतिगामी शक्तिले नै लाभ उठाउनेछन् । त्यसकारण त्यस्तो स्थिति उत्पन्न हुन नदिन हाम्रो पार्टीले शिक्षकसहित विभिन्न पेसागत समूहका मागलाई शीघ्र पूरा गर्नका लागि सरकारको गम्भीर ध्यानआकर्षण गर्न चाहान्छौँ ।

    बुटवल निवासी सुदीप न्यौपानेको भारत कास्मिरको एउटा हिंसात्मक घटनामा मृत्यु भएकोमा हामीले उहाँप्रति श्रद्धाञ्जली प्रकट गर्दै उहाँको सन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दछौँ ।

    भारतको सी.पी.आई. (एम.एल.) मासलाइनका नेता कामरेड सञ्जय सिङ्घवीको निधनप्रति नेकपा मसालले गम्भीर दुःख प्रकट गर्दै उहाँप्रति श्रद्धाञ्जली तथा उहाँको परिवारका सदस्य र उहाँको पार्टीका सबै नेता र कार्यकर्ताप्रति हार्दिक समवेदना प्रकट गर्न चाहन्छ ।

    उहाँ पहिले आई.सी.ओ.आर. को सहायक संयोजक हुनुहुन्थ्यो भने अहिले आई.सी.ओ.आर. को एसियन कोअर्डिनेसनका कोअर्डिनेटर पनि हुनुहुन्थ्यो । उहाँ भारतको एउटा प्रसिद्ध अधिवक्ता र मजदुर नेता पनि हुनुहुन्थ्यो । हाम्रो पार्टीका, आई.सी.ओ.आर. का अन्तर्राष्ट्रिय र एसियन कोअर्डिनेसनका कैयौँ कार्यक्रमको सिलसिलामा उहाँ धेरै पल्ट नेपालमा पनि आउनुभएको थियो । त्यसरी हाम्रो पार्टी र उहाँका बिचमा धेरै नै मैत्रिपूर्ण र भाइचारा सम्बन्ध पनि रहेको थियो । उहाँको निधनबाट अन्तर्राष्ट्रिय क्रान्तिकारी आन्दोलन र भारतको कम्युनिस्ट आन्दोलनलाई पनि धेरै क्षति पुगेको छ । त्यसका साथै हाम्रो पार्टीले एउटा नेपालको कम्युनिस्ट आन्दोलनको एउटा घनिष्ट मित्रलाई पनि गुमाएको छ र त्यसका लागि हामीलाई धेरै दुःख छ ।”

    बिहिबार, बैशाख ११, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    इनमसँगको म्यासेज प्रकरण : शुक्रबार सर्वोच्चको फुलकोर्ट बैठक
    राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु
    बडादसैँ र तिहारको उमङ्गमा पाँचौँ पिवाइएससी कप सुरु (फोटासहित)
    भालुबाङ अस्पतालमा स्क्रब टाइफसका बिरामी बढे
    कुँवरको उपचारका लागि गल्कोट समाज टोकियो कान्तोद्वारा तीन लाख बढी सहयोग
    चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

    • २.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ३.
      भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

    • ४.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ५.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ६.
      दिमाग, तँ कहाँ गा’को थिइस्

    भर्खरै

    • १.
      इनमसँगको म्यासेज प्रकरण : शुक्रबार सर्वोच्चको फुलकोर्ट बैठक

    • २.
      राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

    • ३.
      बडादसैँ र तिहारको उमङ्गमा पाँचौँ पिवाइएससी कप सुरु (फोटासहित)

    • ४.
      भालुबाङ अस्पतालमा स्क्रब टाइफसका बिरामी बढे

    • ५.
      कुँवरको उपचारका लागि गल्कोट समाज टोकियो कान्तोद्वारा तीन लाख बढी सहयोग

    • ६.
      चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

    • ७.
      लेक लागेका पदयात्रीको हेलिकप्टबाट उद्धार

    • ८.
      ‘अर्नब’ चक्रवातको कारण भिभिन्न राजमार्गहरूमा पहिरोको उच्च जोखिम

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.