• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

प्रतिगामी प्रयत्न विरुद्ध दृढ र एकताबद्ध सङ्घर्षको प्रतिबद्धता आवश्यक : मसाल


  •   बिहिबार, बैशाख ११, २०८२ मा प्रकाशित
  • काठमाडौँ । नेकपा (मसाल) ले उन्निसौँ लोकतन्त्र दिवसको अवसरमा प्रतिगामीका सबै प्रयत्न विरुद्ध दृढ र एकताबद्ध सङ्घर्ष गर्ने प्रतिबद्धता आवश्यक रहेको धारणा व्यक्त गरेको छ ।

    Advertisement

    महामन्त्री मोहनविक्रम सिंहको हस्ताक्षरमा २०८२ वैशाख ११ गते जारी प्रेसवक्तव्यमार्फत पार्टीले यस्तो धारणा व्यक्त गरेको हो ।

    वक्तव्यमा शिक्षक आन्दोलनलाई ऐतिहासिक महत्त्वको बताइएको छ । शिक्षकसँग भएको सहमतिअनुसार नै शिक्षा ऐन ल्याउन माग गर्दै पार्टीले कर्मचारीका माग पनि पूरा गर्न सरकारसित माग गरेको छ ।

    बुटवल निवासी सुदीप न्यौपानेको कास्मिरमा हिंसात्मक घटनामा मृत्यु भएकोमा पार्टीले श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ ।

    त्यसैगरी, भाकपा (माले) मासलाइनका नेता तथा आइकोरका एसिया कोअर्डिनेटर सङ्जय सिङ्घवीको निधनबाट भारत र अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा क्षति पुगेको बताइएको छ ।

    मसालले शोकाकुल मासलाइन पार्टीका नेता, कार्यकर्ता र परिवारप्रति सहानुभूति व्यक्त गरेको छ ।

    यस्तो छ, प्रेसवक्तव्यको पूर्ण पाठ :

    “आज उन्निसौँ लोकतन्त्र दिवस हो । आजभन्दा १८ वर्ष पहिले संयुक्त आन्दोलनपछि तत्कालीन राजा ज्ञानेन्द्रको निरङ्कुश सत्ता समाप्त भएको थियो र देशमा बहुदलीय व्यवस्था कायम भएको थियो । त्यसको केही समयपछि राजतन्त्र नै समाप्त भएको थियो । राजा ज्ञानेन्द्रले बारम्बार यो बताउने गरेका छन् कि उनले ठुलो त्यागको प्रदर्शन गरेर राजसत्ता जनतालाई सुम्पेका थिए तर वास्तविकता त्यो होइन्, उनले ता वैधानिक राजतन्त्रलाई समाप्त गरेर निरङ्कुश सत्ता कायम गरेका थिए । जनताको आन्दोलनको दबाबका कारणले नै राजतन्त्र समाप्त भएर देश गणतन्त्रमा गएको थियो ।

    आज उनी फेरि राजतन्त्रको पुनर्स्थापनाका लागि सङ्गठित रूपले प्रयत्न गरिरहेका छन् । आज लोकतन्त्र दिवसको अवसरमा नेपाली जनताले देशलाई प्रतिगमनतिर लैजाने सबै प्रयत्नको दृढतापूर्वक र एकताबद्ध भएर सङ्घर्ष गर्ने प्रतिबद्धता प्रकट गर्नुपर्दछ ।

    आफ्ना न्यायपूर्ण मागका लागि शिक्षकले लामो समयदेखि आन्दोलन गरिरहेका छन् । उनीहरूले पहिले सरकारसित भएको सम्झौताअनुसार नै शिक्षा ऐन निर्माणको माग गर्दै आन्दोलन गरिरहेका छन् । स्वयम् आफै सहमत भएका विषयमा शिक्षा ऐन बनाउनु सरकारको नै जिम्मेवारी हो । त्यसअनुसार शिक्षा ऐन नबनाएर सरकारले गम्भीर प्रकारको गैरजिम्मेवारीपन देखाएको छ । हामीले सरकारको त्यस प्रकारको गैरजिम्मेवारपनको कडा शब्दमा आलोचना गर्दै शीघ्र उनीहरूका माग पूरा गरेर शिक्षा ऐन जारी गर्न माग गर्दछौँ ।

    यहाँ यो पनि उल्लेखनीय छ कि अहिले उनीहरूले जुन आन्दोलन गरिरहेका छन्, त्यो ठुलो ऐतिहासिक महत्त्वको आन्दोलन हो । नेपालमा यति धेरै दिनसम्म हजारौँ मानिसले राजधानीमा आएर लगातार आन्दोलन गरिरहेको उदाहरण नेपालको इतिहासमा नै कमै पाइन्छ । त्यो अवस्थामा हामीले उनीहरूले आन्दोलनप्रति शिक्षकले देखाएको अद्वितीय प्रकारको धैर्यताका लागि उनीहरूलाई अभिनन्दन गर्दछौँ । यसका लागि पनि हामीले गम्भीर दुःख र क्षोभ प्रकट गर्दछौँ कि आज सरकारले खालि शिक्षक मात्र होइन, निजामती कर्मचारी वा शिक्षकका न्यायपूर्ण मागप्रति पनि उपेक्षाको नीति अपनाएको छ । त्यसबाट जनतामा ठुलो पैमानामा असन्तोष पैदा भइरहेको छ । त्यस प्रकारको जनअसन्तोषबाट प्रतिगामी शक्तिले नै लाभ उठाउनेछन् । त्यसकारण त्यस्तो स्थिति उत्पन्न हुन नदिन हाम्रो पार्टीले शिक्षकसहित विभिन्न पेसागत समूहका मागलाई शीघ्र पूरा गर्नका लागि सरकारको गम्भीर ध्यानआकर्षण गर्न चाहान्छौँ ।

    बुटवल निवासी सुदीप न्यौपानेको भारत कास्मिरको एउटा हिंसात्मक घटनामा मृत्यु भएकोमा हामीले उहाँप्रति श्रद्धाञ्जली प्रकट गर्दै उहाँको सन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दछौँ ।

    भारतको सी.पी.आई. (एम.एल.) मासलाइनका नेता कामरेड सञ्जय सिङ्घवीको निधनप्रति नेकपा मसालले गम्भीर दुःख प्रकट गर्दै उहाँप्रति श्रद्धाञ्जली तथा उहाँको परिवारका सदस्य र उहाँको पार्टीका सबै नेता र कार्यकर्ताप्रति हार्दिक समवेदना प्रकट गर्न चाहन्छ ।

    उहाँ पहिले आई.सी.ओ.आर. को सहायक संयोजक हुनुहुन्थ्यो भने अहिले आई.सी.ओ.आर. को एसियन कोअर्डिनेसनका कोअर्डिनेटर पनि हुनुहुन्थ्यो । उहाँ भारतको एउटा प्रसिद्ध अधिवक्ता र मजदुर नेता पनि हुनुहुन्थ्यो । हाम्रो पार्टीका, आई.सी.ओ.आर. का अन्तर्राष्ट्रिय र एसियन कोअर्डिनेसनका कैयौँ कार्यक्रमको सिलसिलामा उहाँ धेरै पल्ट नेपालमा पनि आउनुभएको थियो । त्यसरी हाम्रो पार्टी र उहाँका बिचमा धेरै नै मैत्रिपूर्ण र भाइचारा सम्बन्ध पनि रहेको थियो । उहाँको निधनबाट अन्तर्राष्ट्रिय क्रान्तिकारी आन्दोलन र भारतको कम्युनिस्ट आन्दोलनलाई पनि धेरै क्षति पुगेको छ । त्यसका साथै हाम्रो पार्टीले एउटा नेपालको कम्युनिस्ट आन्दोलनको एउटा घनिष्ट मित्रलाई पनि गुमाएको छ र त्यसका लागि हामीलाई धेरै दुःख छ ।”

    बिहिबार, बैशाख ११, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग
    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.