• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

शिक्षक आन्दोलन ‘ऐतिहासिक’ र ‘महान्’, महामन्त्री सिंहद्वारा सफलताको शुभकामना


  •   बुधबार, बैशाख १०, २०८२ मा प्रकाशित
  • काठमाडौँ । नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले शिक्षकको आन्दोलन ‘ऐतिहासिक’ र ‘महान्’ भएको सङ्ज्ञा दिँदै सफलताको शुभकामना व्यक्त गर्नुभएको छ ।

    Advertisement

    २०८२ वैशाख १० गते बुधबार राष्ट्रिय जनमोर्चा केन्द्रीय कार्यालय भवनको सभाकक्षमा आन्दोलनरत शिक्षकसँगको भेटघाट कार्यक्रममा उहाँले यस्तो अभिव्यक्ति दिनुभएको हो ।

    ‘शिक्षकहरूको आन्दोलन ऐतिहासिक, महान् र न्यायपूर्ण छ’ उहाँले भन्नुभयो– ‘हामी तपाईंहरूको आन्दोलन सफलताको कामना गर्दछौँ ।’

    शिक्षकहरूले गत चैत २० गतेदेखि काठमाडौँकेन्द्रित आन्दोलन सञ्चालन गरिरहेकोमा महामन्त्री सिंहले अभिनन्दन गर्नुभयो ।

    ‘राष्ट्रिय जनमोर्चाले चैत २४ देखि २८ गतेसम्म सङ्घीयता विरुद्ध एकहप्ते राजधानीकेन्द्रित आन्दोलन घोषणा गरेको थियो तर काठमाडौँमा प्रदूषण बढेपछि हाम्रा साथीहरू बिरामी हुनुहुन्छ कि भनेर हामीले त्यो कार्यक्रमलाई दुई दिन छोट्यायौँ’ सङ्घीयता खारेजीका लागि राष्ट्रिय जनमोर्चाले सञ्चालन गरेको राजधानीकेन्द्रित आन्दोलनको सन्दर्भ जोड्दै उहाँले भन्नुभयो–’तर तपाईंहरू लगातार आन्दोलन गरिरहनुभएको छ । यो ऐतिहासिक र महान् आन्दोलन हो ।’

    उहाँले शिक्षक आन्दोलन कहिलेसम्म चल्छ भन्ने ठेगान नभएको बताउँदै आन्दोलनमा डटिरहन आग्रह गर्नुभयो ।

    ‘हाम्रो सङ्घीयता विरोधी राजधानीकेन्द्रित काठमाडौँकेन्द्रित आन्दोलन पाँच दिनमा सकिन्छ भन्ने निश्चित थियो तर तपाईंहरूको आन्दोलनको बारेमा केही भन्न सकिँदैन । फेरि पनि तपाईंहरू आन्दोलनमा हुनुहुन्छ । तपाईंहरू आन्दोलन सफल रहोस्’ उहाँको भनाइ थियो ।

    कार्यक्रममा धारणा राख्ने क्रममा उहाँले शिक्षकको जिम्मेवारी देश र जनताप्रति भएको बताउनुभयो ।

    ‘शिक्षकहरूको जिम्मेवारी देश र जनताप्रति छ’ उहाँले भन्नुभयो– ‘भनिन्छ, विद्यार्थीहरू भविष्यका भाग्यविधाता हुन् तर ती विद्यार्थीलाई सही रूपमा अगाडि बढाउने जिम्मेवारी तपाईंहरूको हो ।’

    मन्तव्यको क्रममा उहाँले निरङ्कुश पञ्चायती कालका शिक्षकमा जस्तो अहिले देश र जनताप्रति शिक्षकको चासो घटेको स्मरण गर्नुभयो ।

    ‘पञ्चायत कालमा जस्तो शिक्षकमा देश र जनताप्रतिको सक्रिय भावना छैन’ उहाँले भन्नुभयो– ‘हाम्रो आग्रह छ, तपाईंहरूले विद्यार्थीका साथै देश र जनताको पक्षबारे चासो राख्नुपर्दछ ।’

    उहाँले विद्यार्थीमा देशभक्तिपूर्ण भावना विकास गराई देशको भविष्य उज्ज्वल बनाउनु शिक्षकको दायित्वभित्र पर्ने धारणासमेत राख्नुभयो ।

    अखिल नेपाल शिक्षक सङ्घका पूर्व अध्यक्ष हरि आचार्यले कार्यक्रमको सहजीकरण गर्दै निरङ्कुश पञ्चायत काल ब्यहोरेको शिक्षकले अहिलेको आन्दोलनका कठिनाइ पनि ब्यहोर्न सक्ने बताउनुभयो ।

    २०८० सालमा २४ बुँदे सम्झौता गर्दा नै विद्यालय शिक्षा ऐनमा सम्झौताका विषयलाई पूरक प्रस्तावको रूपमा अगाडि नबढाउनु सरकारको बेइमानी भएको उहाँको धारणा थियो ।

    ढिलै भए पनि कर्मचारी सङ्गठनले शिक्षक आन्दोलनप्रति ऐक्यबद्धता प्रकट गरेकोमा उहाँले धन्यवाद व्यक्त गर्नुभयो ।

    राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष तथा प्रवक्ता दुर्गा पौडेलले शिक्षक आन्दोलनको विजयप्रति आफू निश्चित रहेको बताउनुभयो ।

    शिक्षकहरू आन्दोलनमा लगातार खट्नुभएकोमा उहाँले अखिल नेपाल शिक्षक सङ्घसमेत सहभागी भएको नेपाल शिक्षक महासङ्घको प्रशंसा गर्नुभयो ।

    कार्यक्रमको पूर्वार्द्धमा आन्दोलनबारे अखिल नेपाल शिक्षक सङ्घका अध्यक्ष सानोभाइ कार्कीले ब्रिफिङ गर्नुभयो ।

    आन्दोलन उत्साहजनक रहेको बताउँदै उहाँले सम्पूर्ण शिक्षकलाई धैर्यता कायम राख्न अनुरोध गर्नुभयो ।

    आफूहरूले कतर्व्य र अधिकारसहितको आन्दोलन सञ्चालन गरिरहेको उहाँको भनाइ थियो ।

    कार्यक्रममा सङ्घका महासचिव चक्रपाणि पौडेलले पनि रिपोर्टिङ्ग गर्नुभएको थियो ।

    परिचयात्मक कार्यक्रमसँगै सुरु भएको कार्यक्रमको अन्तमा आन्दोलनरत शिक्षकले पूरक जिज्ञासा राख्नुभएको थियो ।

    बुधबार, बैशाख १०, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग
    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.