• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

का. सी.पी. को राजावादी विचारबारे सङ्क्षिप्त टिप्पणी


  •   सोमबार, बैशाख ०८, २०८२ मा प्रकाशित
  • मनोज भट्ट ##

    Advertisement

    नेपालको वाम आन्दोलनमा का. सी.पी. मैनाली एउटा स्थापित नाम हो । उहाँ अहिले नेकपा (माले) को महासचिव हुनुहुन्छ । झापा आन्दोलनदेखि सी.पी. मैनाली एउटा समूहको नेतृत्व गर्दै आउनुभएको छ । त्यसैले नेपालको वाम आन्दोलनका लागि उहाँ अपरिचित हुनुहुन्न ।

    २०८२ वैशाख ६ गते नागरिकन्युज डट कमले राजतन्त्रबारे का. सी.पी. को विचार “राजावादीलाई सीपीको सुझाव : काङ्ग्रेस र कम्युनिस्टभित्र पनि राजा मन पराउने धेरै छन्, गाली नगर्नुस्” भन्ने शीर्षकमा एउटा समाचारमार्फत् सार्वजनिक गरेको छ । समाचारको शीर्षकबाट स्पष्ट हुन्छ कि राजाबारे सी.पी. ले कुन प्रकारको सोचाइ राख्नुहुन्छ ? वैशाख ६ गते शनिबारका दिन राजधानीमा एउटा कथित राजावादी समूहले आयोजना गरेको कार्यक्रममा का. सी.पी. ले राजावादी आन्दोलनबारे आफ्नो धारणा राख्दै “काङ्ग्रेस र कम्युनिस्टभित्र पनि राजालाई मन पराउने धेरै छन्, गाली नगर्नुस्” भन्नुभएको थियो ।

    अहिलेसम्म संस्थागत रूपमा वा व्यक्तिगत रूपमा काङ्ग्रेसको कुनै नेताले राजालाई मन पराएको कुरा सार्वजनिक भएको छैन । त्यसैगरी, वाम घटकभित्र सी.पी. ले भनेजस्तै घोषित रूपमा कुनै घटकले वा त्यसका नेताहरुले “राजालाई मन पराएको” दाबी गरेको पाइएको छैन । का. सी.पी. ले यो कुरा कसको हकमा भन्न खोज्नुभएको होला ? त्यसबारे थाहा पाउन उक्त कार्यक्रममा उहाँको थप अभिव्यक्तिमाथि ध्यान दिनुपर्ने हुन्छ ।

    कथित राजावादी समूहले आयोजना गरेको सार्वजनिक कार्यक्रममा का. सी.पी. ले “अब २०८२ सालमा राजावादीको सफल आन्दोलन हुँदैछ” भन्ने दाबीसमेत गर्नुभएको छ अर्थात् राजाको शासनको पुनर्स्थापनाका लागि सञ्चालित आन्दोलनलाई विगतमा २००७ साल, २०४६ साल, २०६३ सालमा सफल भएका आन्दोलनसँग तुलना गर्दै जसरी २००७ साल, २०४६ साल, २०६३ सालको आन्दोलन सफल भयो, ठिक त्यसरी नै २०८२ सालमा राजावादीले चलाएको आन्दोलन “सफल” हुने दाबी र कामना गर्नुभएको छ ।

    अहिलेसम्म घोषित रूपमा वामपन्थी वा काङ्ग्रेसमध्ये कसैले राजतन्त्रको पुनर्स्थापनाका लागि सञ्चालित आन्दोलनलाई सफल हुने शुभेच्छा प्रकट गरेका छैनन् बरु त्यसको विरोध नै गरेका छन् । राजावादीको यो कार्यलाई प्रतिगमनकारी कारबाहीको सङ्ज्ञा दिएका छन् तर का. सी.पी. उक्त आन्दोलन विगतमा सञ्चालित आन्दोलनजस्तै सफल हुने दाबी गर्नुहुन्छ ।

    विगतका आन्दोलन निरङ्कुशता वा राजतन्त्रको अन्त्यका तथा लोकतान्त्रिक प्रणाली स्थापनाका लागि भएका थिए तर राजतन्त्र पुनर्स्थापनाका लागि सञ्चालित कारबाही आन्दोलन नभएर प्रतिआन्दोलन वा प्रतिगमनकारी कारबाही हो । त्यो प्रतिगमनकारी कारबाहीलाई सफल हुने दाबी गर्नु, अझ त्यसका लागि प्रतिगमनकारीलाई रणनीति सिकाउनुलाई के भनिन्छ ?

    राजावादी आन्दोलन सफल हुन शुभेच्छा प्रकट गर्ने कुरासम्ममा मात्र उहाँको अभिव्यक्ति सीमित नरहेर राजावादी आन्दोलनलाई सफल पार्न कुन प्रकारको रणनीति अपनाउने ? त्योसमेत राजावादीलाई सहयोग गर्नुभएको छ । त्यो रणनीति भनेको काङ्ग्रेस, कम्युनिस्टभित्र राजा मन पराउने धेरै छन्, तिनको साथ पाउन काङ्ग्रेस र कम्युनिस्टलाई गाली नगर्नुस् भन्ने रणनीति हो ।

    नागरिकन्युज डट कमले उक्त कुराको जवाफ दिँदै का. सी.पी. को त्यो कार्यलाई राजतन्त्रको पक्षमा उभिएको र राजतन्त्रको समर्थन गरेको बताएको छ । का. सी.पी. विद्यमान अवस्थामा राजाको शासनको पुनर्स्थापनाको पक्षमा वा विपक्षमा कुन कित्तामा हुनुहुन्छ भन्ने कुरा का. सी.पी. को विचारले नै स्पष्ट पारेको छ । त्यसैले का. सी.पी. को राजतन्त्रको पक्षमा दिएको अभिव्यक्ति तथा स्वीकारोक्तिलाई के भन्ने ? त्यो कुरा सचेत पाठकवर्गको जिम्मामा रहेको छ ।

    यस्तो छ, नागरिक अनलाइनको समाचार

    राजावादीलाई सिपीको सुझाव : कांग्रेस र कम्युनिष्टभित्र पनि राजा मन पराउने धेरै छन्, गाली नगर्नुस्

    सोमबार, बैशाख ०८, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.