• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

सङ्घीयता जनताले भोगिरहेका छन् तर फाल्नेछन्


  •   शनिबार, बैशाख ०६, २०८२ मा प्रकाशित
  • केरसिंह अदै ##

    Advertisement

    राष्ट्रिय जनमोर्चाले सङ्घीयता विरुद्ध २०८१ चैत २४ देखि २८ गतेसम्म काठमाडौँकेन्द्रित आन्दोलन सम्पन्न गरेको छ । यसभन्दा पहिले पनि २०६६ सालमा ११ दिनसम्म सङ्घीयता विरुद्ध काठमाडौँकेन्द्रित आन्दोलन सम्पन्न गरेको थियो ।

    राष्ट्रिय जनमोर्चाले स्पष्ट रूपमा सङ्घीयता नेपाली जनताको माग होइन, विदेशी डिजाइनमा आएको हो । नेपालको सन्दर्भमा यो प्रणाली उपयुक्त छैन । खर्चिलो हुन्छ । महँगी बढ्छ । कर बढ्छ । आर्थिक बोझ हुन्छ । देश नै विखण्डन हुन्छ । विकेन्द्रीकरणको आधारमा स्थानीय स्वायत्त शासनमा आधारित एकात्मक शासन प्रणालीको पक्षमा २०६४ सालदेखि सडक र सदनमा सङ्घर्ष गर्दै आएको छ ।

    अहिले राष्ट्रिय जनमोर्चाले जिल्ला जिल्ला हुँदै सङ्घर्षलाई राजधानीमा केन्द्रित गरेको हो । यसअघि १० दिनसम्म काठमाडौँमा रक्तिम सांस्कृतिक अभियानले सडक सांस्कृतिक कार्यक्रम सञ्चालन गरेको थियो । यो समयमा काठमाडौँमा चौतर्फी राष्ट्रिय जनमोर्चाको चर्चा भयो । हामीले धेरै जनतासँग प्रतिक्रिया लिएका थियौँ । यस सन्दर्भमा काठमाडौँवासीले राजमो आन्दोलनको तारिफ गरेका छन् । राष्ट्रिय जनमोर्चाका कार्यकर्ताको त्यो अनुशासन, स्वयम्सेवकको मिलिट्यान्ट अनुशासन, अघिपछि पुलिस–प्रशासन नचाहिने, कार्यक्रमस्थलमा खसेका कागजका टुक्रा, पानीका बोतल, प्लास्टिक स्वयम्सेवकले उठाउने, कार्यक्रम सकिएपछि आफै सफाइ गर्ने, अर्कोतर्फ पुलिस–प्रशासनले समेत यो कार्यक्रमबाट दङ्ग परेर तारिफ गरेको राजमो स्वयम्सेवकले बताएका छन् ।

    उनीहको सोचाइमा यत्रो भिड, यत्रो दिन, कसरी सुरक्षा दिने होला ? कहीँ न कहीँ तोडफोड भयो भने हानाहान हुन्छ, हामीलाई सास्ती हुन्छ भन्ने ठानेका रहेछन् । स्वयम्सेवकले आफ्नो सुरक्षा आफै गर्दछौँ भनेर जवाफ दिने गर्थे । यो आन्दोलन शान्तिपूर्ण हो भन्दै जुलुसलाई सही दिशानिर्देश गर्दथे ।

    आन्दोलन सकिने दिन प्रशासनले हाम्रा स्वयम्सेवकसँग यस्तो अनुशासित आन्दोलन काठमाडौँमा पहिलोपटक चलेको हो भनेका थिए । काठमाडौँवासीले यतिका धेरै कार्यकर्ता जनमोर्चाका रहेछन् तर भोट किन आउन्न ? चित्रबहादुर केसी र मोहनविक्रम मरेपछि पार्टी सकिन्छ भन्थे हैनछ, हामीले बल्ल बुझिम् । चित्रबहादुरलाई त पहिले नै चिनेको हो, यो पार्टी सही रहेछ । सङ्घीयता अब आवश्यक छैन तर ठुला पार्टीले आफ्ना कार्यकर्ता भर्तीकेन्द्र बनाएको प्रदेश सरकार खारेज होला र ? सानो पार्टीले भनेर होला ? जस्ता प्रश्न गरेका छन ।

    दैनिक पाँच/सात किलोमिटर जति ऱ्याली र पर्चा वितरण भए । दुवैतिर मानिसको भिड हुन्थ्यो । पर्चा पढ्थे । आन्दोलनलाई मोबाइलमा कैद गर्नेको लहर नै हुन्थ्यो । कसैले ताली बजाएर, कसैले हात उठाएर समर्थन गर्थे । सही पार्टी यही हो, भ्रष्टाचार नगरेको यही पार्टी मात्र छ, जनताले भोट दिन्नन् भन्ने कुरा पनि गर्थे । कतिपयले राप्रपा पनि सङ्घीयता खारेज गर्ने भन्दछ, मिलेर गए हुन्छ भन्थे । ठुला पार्टी भ्रष्टाचारी, चोर हुन् भन्ने आवाज सुनिथ्यो । कसैले धेरैले खानुभन्दा एउटैले खाओस् भन्थे । काठमाडौँवासी ठुला दलको बदमासी, भ्रष्टाचार र सङ्घीयता विरुद्ध छन् । ठुला दल र सङ्घीयतालाई कसैले सही राम्रो भनेको सुनिएन ।

    काठमाडौँबाहिरका जनताको बुझाइ पनि अहिले ठुला दल र सङ्घीयताको पक्षमा छैनन् । काङ्ग्रेस, एमाले, माओवादीका कार्यकर्ता यसबारे बोल्दैनन् । बोले पार्टीले कारबाही गर्छ भन्दछन् । उनका समर्थक वा उनीहरूबाट स्वार्थ लिएकाले सङ्घीयता सही हो भन्ने ठान्दछन् तर हुन त हो के र खै भन्दछन् । कर्मचारीहरू भन्दछन्– हामीले बोल्न मिल्दैन, नोकरी जान्छ । सङ्घीयता ठिी छैन । कतिपय हाकिमले सङ्घीयताको विरोध गर्नु संविधान विरुद्ध हो । सहयोग गर्न मिल्दैन, व्यक्तिगत सहयोग गर्दछौँ, कसैलाई भन्नुहुँदैन, सङ्घीयता हटाउनुपर्छ, भन्दछन् ।
    अधिकांश व्यापारी वर्ग प्रत्यक्ष करको मारमा छन् । प्रादेशिक संरचनाले झन्झटिलो बनाएको छ । उनीहरूले प्रस्ट रूपमा बुझेका छन्– सङ्घीयताको कारण असर परेको छ । उनीहरू खारेजीको पक्षमा छन् । गाउँघरका कतिपय किसान राजनीति बुझ्दैनन् । चासो दिँदैनन् तर सरकारबाट सन्तुष्ट छैनन् । धेरै ठाउँमा ठुला दलको विरोध गरेको सुनिन्छ । यी दललाई जेल हाल्ने अर्को सरकार आइदिए हुन्थ्यो भन्ने गर्दछन् । कहिले रवि, कहिले बालेन, कहिले हर्क साम्पाङ, कहिले राजा आए हुन्थ्यो भन्दछन् ।

    राष्ट्रिय जनमोर्चा ठिक हो भन्ने बुझेकालाई छ । सङ्घीयताको विरोध गरेको थाहा छ तर सरकारमा जान्न, प्रधानमन्त्री बन्दैन भन्ने छ । राष्ट्रिय जनमोर्चालाई गलत भन्दैनन् । एक सरकारको ठाउँमा थप सातओटा सरकार हुँदा खर्च बढ्यो, कर बढ्यो । यसकारण सङ्घीयता खारेज हुनुपर्दछ भन्ने कुरा उनीहरूले पनि बुझ्दैछन् । कतिपय जनता, युवा यो पार्टी सानो छ, यसमा लागेर के गर्ने ? सरकारमा जान्न भनेर सरकारमा गएर काम गर्ने पार्टी खोज्दछन् । ठुला ठुला भ्रम पैदा गर्ने व्यक्ति खोज्दछन् र पछि लाग्दछन् । तिनीहरूलाई पनि थाहा छ, राष्ट्रिय जनमोर्चाले सङ्घीयताको विरोध गर्नुको कारण के हो ? राष्ट्रिय जनमोर्चाको विरोध गर्न सक्दैनन् । समर्थन पनि गर्दैनन् । यस प्रकारका जनता पनि विस्तारै सङ्घीयता विरुद्धको आन्दोलनलाई समर्थन गर्दछन् । राष्ट्रिय जनमोर्चालाई हेर्ने दृष्टिकोण, सङ्घीयता बिरुद्ध आन्दोलनलाई हेर्ने दृष्टिकोण फरक फरक छ । कसैले हेरेर, कसैले देखेर, कसैले भोगेर सङ्घीयता विरुद्धको आन्दोलनलाई हेरिरहेका छन् । विश्लेषण गरिरहेका छन् । अन्तमा जनताले सङ्घीयता भोगिरहेका छन्, भोगेर नै फाल्ने छन् ।

    शनिबार, बैशाख ०६, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जनजाति मुक्ति आन्दोलन
    भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ
    पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका
    उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका
    व्यक्तिगत स्वार्थ

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.