• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शुक्रबार, भदौ २६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय

वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी

राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन

विदेशबाट फर्किएका युवा भेडापालनमा

जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

पहिरोले हुङ्गा खोला थुनियो, दुधकोशी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

गुल्मीमा ३८ जातका कफीको परीक्षण

सिभिल सहकारी ठगीमा तामाङलाई पाँच वर्ष कैद सजाय

लोकप्रिय समाचार

  • १. विपत्तिकाे सामना

  • २. शिवराज–३ मा राजमोको वडाभेला, अध्यक्षमा कुर्मी चयन

  • ३. स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

  • ४. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

  • ५. ४२ वर्षपछि मञ्चमा उभिएको प्रश्न : सन्दर्भ ‘१२ मई’ नाटक

  • ६. १५ दिनदेखि बेपत्ता छोरी नेहाको खोजी गरिदिन बोहरा परिवारको आग्रह

  • ७. बाढीप्रभावित नुवाकोटमा मसालका महामन्त्री सिंहको स्थलगत अनुगमन

  • ८. मोहनविक्रम सिंहको ‘१२ मई’ नाटक मञ्चन (फोटासहित)

  • ९. युगदर्शन साप्ताहिकको आठौँ वर्षप्रवेशप्रति मूल प्रवाहको शुभकामना

  • १०. बिकानेरमा मूल प्रवाहको महिला नगर विभाग पुनर्गठन

बजेट यथास्थितिवादी, एमसीसी घुसाउनु संसदको अपमानः मसाल


  •   शनिबार, जेठ १७, २०७७ मा प्रकाशित
  • काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (मसाल) ले हालै सरकारले प्रस्तुत गरेको बजेट ‘यथास्थितिवादी र पूँजीवाद’ प्रकारको भएको बताएको छ । सरकारले संविधानअनुसार समाजवाद उन्मुख बजेट ल्याएको बताएपनि त्यस अनुसारका कुनै कार्यक्रम नरहेको मसालले स्पष्ट पारेको छ ।

    Advertisement

    शनिबार वक्तव्य प्रकाशित गरी महामन्त्री मोहनविक्रम सिंहले बजेटमा घुमाउरो पाराले एमसीसीका कार्यक्रम उल्लेख गर्नु संसदको अपमान भएको बताउनुभएको छ ।

    तत्कालका लागि कोरोना भाइरसबाट पीडित जनताका लागि राहत ल्याउनुपर्ने आवश्यकता भएपनि बजेटमा त्यसखालको कार्यक्रम उल्लेख नरहेको मसालले ठहर गरेको छ ।

    वक्तव्यको पूर्ण पाठः
    ‘यही जेष्ठ १५ गते संसदको संयुक्त अधिवेशनमा अर्थमन्त्रीले प्रस्तुत गरेको आर्थिक वर्ष २०७७/७८ को बजेट वक्तव्यबारे नेकपा (मसाल)को दृष्टिकोण स्पष्ट गर्नका लागि यो वक्तव्य जारी गरिएको छ ।

    १. सर्वप्रथमतः हामीले के स्पष्ट गर्न चाहन्छौँ भने उक्त बजेट नेपालको संविधान अनुरूप तयार पारिएको भनिएको छ । त्यस सिलसिलामा समाजवाद उन्मुख अर्थतन्त्रको निर्माण गर्ने पनि भनिएको छ । तर सम्पूर्ण बजेटमा समाजवाद उन्मुख अर्थतन्त्रको निर्माणको दिशामा कुनै योजना प्रस्तुत गरिएको छैन र बजेट मूल रूपमा यथास्थितिवादी र पुँजीवादी प्रकारको नै छ ।

    २. अहिले कोभिड–१९ले विश्वव्यापी रूपमा र नेपालमा पनि पैदा गरेको सङ्कटपूर्ण स्थितिमा युद्धस्तरमा काम गर्नुपर्ने आवश्यकता छ । तर बजेट पहिले जस्तै सामान्य र परम्परागत प्रकारको छ र, त्यसकारण त्यसले अहिलेको आवश्यकता पूरा गर्न सक्ने देखिन्न ।

    ३. बजेटमा कोरोना महामारी समेतले पैदा गरेको स्वास्थ्य जोखिमको न्यूनीकरण गर्न रोगको रोकथाम, नियन्त्रण र उपचारको लागि गुणस्तरीय स्वास्थ्य सेवालाई उच्च प्राथमिकता दिने कुरा बताइएको छ । तर अहिलेको आवश्यकता पूरा गर्नको लागि पर्याप्त बजेटको विनियोजन गरिएको छैन । त्यसले गर्दा कोरोनाको महामारीले व्यापक रूप लिने र त्यो नियन्त्रण बाहिर हुने खतरा देखिन्छ । अहिले स्वास्थ्य सेवामा बजेटको जुन बुद्धि गरिएको छ, त्यसबाट प्रारम्भिक प्रकारको आवश्यकता पनि पूरा हुन नसक्ने कुरा छर्लङ्ग छ ।

    ४. कोभिड–१९ को ठूलो असर रोजगारीमा पर्नेछ । संसारका विभिन्न देशहरूमा रोजगारी बन्द भएर नेपाल आउने नेपालीहरू र देशभित्रकै बेरोजगारहरूको समेतको हिसाब गर्दा विज्ञहरूले तत्काल कम से कम १५ लाख रोजगारीको सिर्जना गर्नु आवश्यक भएको बताएका छन् । तर आवश्यकता त्योभन्दा बढी नै भएको देखिन्छ । बजेटमा बढीमा करिब साढे सात लाख रोजगारी सिर्जना गर्ने बताइएको छ । बजेटको त्यो लक्ष्य अर्पयाप्तता छँदैछ, त्यो बाहेक त्यो लक्ष्य पूरा हुने कुरामा पनि शङ्का छ । त्यसले गर्दा देशमा बेरोजगारीको समस्याले विकराल रूप लिने कुरा प्रष्ट छ ।

    ५. कोभिड–१९ ले पैदा गरेको बेरोजगारी समेतका समस्याहरूको समाधानको लागि कुन प्रकारका योजनाहरू बनाउने वा कार्यान्वयन गर्ने त्यो पछिको कुरा हो । तर तत्कालको समस्या कोभिड–१९द्वारा पीडित जनताका लागि राहतको हो । तर त्यो तात्कालिक विषयमा नै बजेटले कुनै कार्यक्रम ल्याएको छैन । यो गम्भीर चिन्ताको कुरा हो ।

    ६. अहिले कोभिड–१९ ले मुख्य गरेर दुईवटा गम्भीर समस्याहरू अगाडि ल्याएको छ : प्रथम, राष्ट्रिय आयमा ठूलो कमी, द्वितीय, बेरोजगारीको गम्भीर समस्या । तात्कालिक रूपमा उक्त दुवै समस्याहरूको समाधान कृषिमा नै खोज्नुपर्दछ । कृषि उत्पादन बढाएर राष्ट्रिय आयमा बृद्धि गर्न सकिन्छ र ठूलो श्रम शक्तिलाई कृषिमा रोजगारी दिन सकिन्छ । तर कृषिमा नै सरकारले सन्तोषजनक प्रकारले बजेटको विनियोजन गर्न सकेको छैन ।

    ७. अहिलेको स्थितिमा कृषिको महत्त्व र आवश्यकतामाथि ध्यान दिंदै त्यसमा जति बजेटको विनियोजन गर्नुपर्दथ्यो, त्यति गरिएको छैन । त्यो बाहेक कृषिको वर्तमान सामन्ती संरचनाका आधारमा कृषिको उन्नती सम्भव छैन । त्यसको लािग कृषिको सामान्ती भू–स्वामित्वमा परिवर्तनको आवश्यकता छ । बजेटमा कृषि क्रान्तिको कुरा गरिएको छ । तर त्यो कृषि क्रान्तिको कुनै कार्यक्रम अगाडि ल्याइएको छैन । त्यसले गर्दा कृषि क्रान्तिको कुरा परै छ, कृषिको अहिलेको आवश्यकता, खास गरेर कोभिड–१९ ले पैदा गरेको सङ्कटबाट देशलाईमाथि उठाउनसक्ने सम्भावना पनि कमै देखिन्छ ।

    ८. आयातमुखी परनिर्भरतामा आधारित अर्थतन्त्रमा सुधारका लागि देशलाई आत्मनिर्भर बनाउने उद्योगहरूको निर्माणमा ठोस र निर्णयात्मक कदम उठाउनु राष्ट्रिय आवश्यकता भएको छ । तर बजेटले त्यसप्रकारको एउटा पनि उद्योगको स्थापनाको योजना अगाडि ल्याएको छैन । त्यसको जोड खाली रुग्ण उद्योगहरूको संचालनमा वा साना र घरेलु उद्योगहरूमा जोड दिने नै रहेको छ । त्यसप्रकारको उद्योग नीतिको पनि आफ्नै महत्त्व छ । तर आयातमुखी र परनिर्भर अर्थतन्त्रमा परिवर्तन गर्नका लागि ठूला उद्योगहरूको निर्माणको दिशामा ठोस कदम उठाउनुपर्ने आवश्यकता छ र त्यसतर्फ बजेट मौन छ । त्यसको परिणामस्वरूप देशको अर्थतन्त्र सधैँ आयातमुखी र परनिर्भर नै भइरहने छ । बजेटमा विशेष औधोगिक क्षेत्रहरूको निर्माणको जुन व्यवस्था गरिएको छ, त्यसले विदेशी पुँजीको प्रभुत्वलाई मजबुत पार्ने छ र मजदुरहरूको अधिकारलाई पनि कुण्ठित गर्नेछ । त्यसैगरेर अन्तरदेशीय आर्थिक क्षेत्र पनि नेपालको राष्ट्रिय हितमा नभएको कुरा हामीले स्पष्ट गर्न चाहन्छौँ ।

    ९. यो स्पष्ट छ कि, अब देशको आन्तरिक वा वाह्य दुवै प्रकारको आयमा कमी आउने छ । त्यो अवस्थामा आन्तरिक स्रोतहरूको परिचालनतर्फ नै बढी ध्यान केन्द्रित गर्नुपर्नेछ । त्यसको लागि आवश्यक र अनुत्पादक खर्चहरूमा कटौती गर्नुपर्ने आवश्यकता छ । त्यसका लागि हाम्रो पार्टीले दुईवटा सुझावहरू दिएको थियो : सङ्घीयता वा सङ्घीय प्रादेशिक संरचनालाई खारेज गरेर तथा स्थानीय पूर्वाधारसम्बन्धी संसदीय कोष दुवैतर्फको सम्पूर्ण रकम कोरोना भाइरसको रोकथाम, रोजगारी वा देशको विकासमा खर्च गर्ने । तर बजेटले ती दुवैलाई नै अस्वीकार गरेको छ । त्यही प्रकारले देशमा अनावश्यक र अनुत्पादक क्षेत्रमा खर्च भइरहेका अन्य कैयौँ रकमहरू पनि देशको विकासमा खर्च गर्न सकिन्छ ।

    १०. विकास कार्यक्रम, स्थानीय पूर्वाधार विकाससम्बन्धी संसदीय कोष वा अन्य विभिन्न क्षेत्रहरूमा फ्रिज भएको सम्पूर्ण रकमलाई पनि अहिले कोरोना भाइरसले पैदा गरेको सङ्कट, रोजगारी वा देशको विकासमा लगाउन सकिन्छ । तर त्यसबारे पनि बजेटले ध्यान दिएको पाइन्न ।

    ११. सरकारले एमसीसीसम्बन्धी प्रस्तावलाई संसदमा प्रस्तुत गरेर पारित गराउने कुरा गर्दैछ । तर बजेटमा पुनः त्यसलाई प्रस्तुत गरेको छ । पहिले नीति तथा कार्यक्रमसम्बन्धी वक्तव्यमा त्यसलाई अप्रत्यक्ष वा घुमाउरो प्रकारले राखिएको थियो । तर अहिले बजेटमा खुला र सिधै राखिएको छ । (अनुसूची १०) एकातिर त्यो विषयलाई संसदमा बेग्लै राख्ने र पारित गराउने कुरा गरेर, अर्कातिर, संसदको अनुमोदन बिना नै त्यसलाई बजेटमा घुसाएर वास्तवमा सरकारले संसदको अवमूल्यन गर्ने काम गरेको छ । सरकारले अमेरिकी साम्राज्यवादको दवावमा आएर नै त्यसो गरेको छ र त्यसले सरकारको अमेरिकन साम्राज्यवादपरस्त प्रवृत्तिलाई बताउँछ ।

    १२. कोरोना सङ्क्रमणको कारणले गत सालमा पुँजीगत खर्च र राजस्व दुवै प्रभावित भएको भनिएको छ । तर त्यो सङ्क्रमण ३–४ महिना यता मात्र भएको हो र त्योभन्दा पहिले पनि पुँजीगत खर्च केन्द्र र प्रदेश दुवैमा अत्यन्त कम भएको वास्तविकता बाहिर आउने गरेको थियो । गत सालहरूमा पनि त्यही प्रकारको प्रवृत्ति रहेको थियो । त्यसप्रकारको पृष्ठभूमिमा अहिलेको बजेटको पुँजीगत खर्च वा राजस्वको लक्ष्य कति पूरा हुनेछ ? प्रश्न उठाउने ठाउँ छ । त्यसको कारण के हो ? त्यसबारे गम्भीरतापूर्वक विचार गरेर त्यसलाई निवारण गर्नुपर्ने आवश्यकता छ । त्यसको कारण सरकारले स्वयं आफ्नै कार्यशैली र प्रशासनयन्त्रको कार्यप्रणालीमा नै खोज्नुपर्दछ । त्यसमा सुधार नभएमा अहिलेको कोरोना सङ्क्रमणले पैदा गरेको सङ्कटबाटमाथि उठ्न नसक्ने मात्र होइन, दीर्घकालीन रूपमा देशको विकास हुन नसक्ने कुरा पनि निश्चित छ । हामीले सरकार, सबै राजनीतिक पार्टी र सम्पूर्ण जनताको ध्यान त्यसतर्फ गम्भीरतापूर्वक आकर्षित गर्न चाहन्छौँ ।

    १३. सर्वोच्चले विदेशस्थित नेपालीहरूलाई आफू बसेका देशहरूबाट नै मतदानको व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ । तर यो सालको बजेटले पनि त्यसको व्यवस्था मिलाउनको लागि कुनै ध्यान दिएको छैन । यो सर्वोच्च अदालतको आदेशको अवहेलना नै हो । सरकारको त्यसप्रकारको नीतिको हामीले कडा आलोचना गर्दछौँ ।

    १४. अहिले भारतबाट देशभित्र आएका नेपालीहरू ठूलो सङ्ख्यामा कोरोना भाइरसको परीक्षण नगरिकन आफ्नाआफ्ना गाउँघरमा गइरहेका छन् । सरकारसित त्यसप्रकारको परीक्षणको लागि आवश्यक उपकरणहरू नभएको हुनाले उनीहरू हुलका हुल नै बिना परीक्षण गाउँघरमा गइरहेका छन् । गाउँहरूमा पुगेपछि पनि उनीहरूलाई क्बारेन्टाइनमा राख्ने पर्याप्त व्यवस्था छैन । त्यसले गर्दा कोरोना भाइरसले भयानक स्थिति पैदा गर्ने सम्भावना छ ।

    १५. सरकारले एकातिर कोरोना भाइरसको नियन्त्रण, उपचार, राहत, कृषि, रोजगारी, उद्योग आदिको विकासमा पर्याप्त बजेट विनियोजन गर्न सकेको छैन भने, अर्कातिर, कैयौँ अनावश्यक र अनुत्पादक योजनाहरूमा ठूलो धनराशी खर्च गरेको छ । यो स्पष्ट छ कि सरकारको त्यसप्रकारको अदूरदर्शीतापूर्ण नीतिको कारणले देशले तात्कालिक तथा दीर्घकालीन रूपमा ठूलो क्षति उठाउनुपर्ने छ ।

    १६. अहिले कोरोना भाइरसको सङ्कटले पैदा गरेको अनुभवले जनताको व्यापक हितको रक्षाको लागि सार्वजनिक क्षेत्रका उद्योग, अस्पताल वा शिक्षण संस्थाहरू नै बढी उपयोगी हुने कुरा प्रष्ट भएको छ । तर बजेटमा त्यो पक्षलाई उपेक्षा गरिएको छ । सार्वजनिक क्षेत्रका रुग्ण उद्योगहरूलाई सञ्चालन गर्नेभन्दा तिनीहरूलाई खारेज गर्नेतर्फ बढी जोड दिइएको छ । शिक्षा, स्वास्थ्यसम्बन्धी संस्थाहरूलाई सार्वजनिक गर्ने कुनै नीति ल्याइएको छैन । एकातिर समाजवाद उन्मुख अर्थतन्त्रको निर्माणको कुरा गरेर, अर्कातिर सार्वजनिक क्षेत्रको उपेक्षा गर्ने तथा निजीकरणमा नै जोड दिने सरकारको नीतिले व्यवहारमा समाजवाद उन्मुख नीतिको उपेक्षा गरेको कुरालाई नै बताउँछ ।

    १७. बजेटमा युरोनियमको अन्वेषण तथा व्यवसायिक उत्पादनको सम्भाव्यता अध्ययन गर्ने कुरा बताइएको छ । नेपालका कैयौँ स्थानहरूमा युरोनियम भएको पत्ता लागेको छ । तत्काल त्यसको नेपालमा कुनै उपयोगिता छैन । त्यसको उत्पादन स्वयम् नेपालले गर्न सक्दैन र त्यसको जिम्मा विदेशी कम्पनीलाई दिनुपर्ने छ । त्यसरी जे–जति युरोनियमको उत्पादन हुन्छ, त्यसको उद्देश्य विदेशमा निर्यात गरेर ठूलो मात्रामा पैंशा कमाउनु नै हो । त्यसद्वारा भ्रष्ट राजनीतिक नेता, नोकरशाही अधिकारी, कालो बजारीया र तस्करहरूलाई नै फाइदा पुग्ने छ । त्यसको उत्खनन्बाट जीवजन्तु वनस्पति र मानिसहरूको स्वास्थ्यमा समेत तात्कालिक रूपमा मात्र होइन, पुस्तौँसम्म ठूलो क्षति पुग्ने छ । त्यसकारण हामीले युरोनियमको उत्खननको कार्यको कडा शब्दमा विरोध गर्दै त्यो कार्यक्रमलाई खारेज गर्नुपर्ने आवश्यकतामा जोड दिन्छौँ ।

    १८. नेपालको सीमाको रक्षा अहिले अत्यन्त गम्भीर राष्ट्रिय समस्या भएको छ । भारतीय साम्राज्यवादले कालापानी, लिपुलेक र लिम्पियाधुरामा घोषित रूपले नै आधिपत्य कायम गरेको छ । त्यो क्षेत्रलाई नेपालमा सामेल गरेर सरकारले गरेको नक्साको प्रकाशनलाई हामीले सकारात्मक रूपमा लिएका छौँ । त्यसका लागि कुटनीतिक वार्ता गर्नुपर्ने कार्यलाई हामीले विरोध गर्दैनौँ, तर यो स्पष्ट छ कि त्यसरी भारतले वर्षौंसम्म वा दशकौँसम्म त्यो विषयलाई लम्ब्याउँदै जानेछ र जमिनमाथिको आफ्नो अधिपत्यलाई अरू सुदृढ पार्दै लैजाने छ । त्यसकारण त्यो विषयलाई अन्तर्राष्ट्रियकरण गर्नुपर्ने आवश्यकतामा हाम्रो पार्टीले विशेष जोड दिन्छ । बजेटमा त्यसबारे कुनै स्पष्ट नीति नल्याइएकोमा हामीले सरकारको आलोचना गर्दछौँ ।

    १९. बजेटको ठूलो अंश प्रशासनिक कार्यमा नै खर्च हुन्छ र एउटा सानो अंश मात्र विकास कार्यको लागि छुट्याइएको छ । राजस्वबाट हुने सम्पूर्ण आयबाट प्रशासनिक खर्च धान्न पनि मुश्किल पर्छ, त्यो अवस्थामा विकासको लागि आवश्यक रकमका लागि पूरै नै विदेशी सहायतामाथि निर्भर हुनेपर्ने कुरा प्रष्ट छ । त्यसरी देशको सम्पूर्ण विकास धरापमा छ भने पनि फरक पर्ने छैन । त्यसप्रकारको नीतिले देशलाई कति अगाडि बढाउने छ, सजिलैसित अनुमान गर्न सकिन्छ । ’

    शनिबार, जेठ १७, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय
    वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी
    राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस
    शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन
    विदेशबाट फर्किएका युवा भेडापालनमा
    जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      विपत्तिकाे सामना

    • २.
      शिवराज–३ मा राजमोको वडाभेला, अध्यक्षमा कुर्मी चयन

    • ३.
      स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

    • ४.
      उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ५.
      ४२ वर्षपछि मञ्चमा उभिएको प्रश्न : सन्दर्भ ‘१२ मई’ नाटक

    • ६.
      १५ दिनदेखि बेपत्ता छोरी नेहाको खोजी गरिदिन बोहरा परिवारको आग्रह

    भर्खरै

    • १.
      प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय

    • २.
      वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी

    • ३.
      राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

    • ४.
      शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन

    • ५.
      विदेशबाट फर्किएका युवा भेडापालनमा

    • ६.
      जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

    • ७.
      पहिरोले हुङ्गा खोला थुनियो, दुधकोशी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

    • ८.
      गुल्मीमा ३८ जातका कफीको परीक्षण

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.