• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

महिलाको हत्या आरोपमा परिवारकै ६ सदस्य पक्राउ, विदेशबाट श्रीमान्‌ले नै बनाएका थिए योजना


  •   बिहिबार, बैशाख ०४, २०८२ मा प्रकाशित
  • काठमाडौँ । सुनसरीमा महिलाको हत्या आरोपमा परिवारकै ६ सदस्य पक्राउ परेका छन् । गत चैत २५ गते सुनसरीको धरान ६ पाँचकन्या जङ्गलमा चुनकुमारी बुढाथोकी मृत फेला परेकी थिइन्।

    Advertisement

    हत्यामा संलग्न व्यक्तिहरू मृतकका श्रीमान् देवर देउरानी नन्द लगायत रहेको अनुसन्धानबाट खुलेको प्रहरीको दाबी छ। हत्या आरोपमा ६ जना आफन्तलाई पक्राउ गरी प्रहरीले बिहीबार सार्वजनिक गरेको हो ।

    आज जिल्ला प्रहरी कार्यालयले हत्याबारेमा पत्रकार सम्मेलन गर्दै घटनामा पारिवारिक संलग्नता रहेको जानकारी गराएको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी सुमन तिम्सिनाले हत्यामा संलग्न रहेको आरोपमा ६ जनालाई पक्राउ गरिएको जानकारी दिए।

    चुनकुमारीको आफ्नै श्रीमानको योजनामा हत्या भएको खुलेको छ। दक्षिण कोरियामा रहेका उनका श्रीमान् प्रेमबहादुर बुढाथोकीको मुख्य योजनामा उनको हत्या भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।
    मृतकका श्रीमान् प्रेमबहादुर बुढाथोकीलाई दक्षिण कोरियाबाट काठमाडौँ आए लगत्तै आज बिहान काठमाडौँ विमानस्थलबाट पक्राउ परेका छन् ।

    त्यस्तै, मोरङको पथरी शनिश्चरे नगरपालिका वडा नम्बर ३ मा बस्दै आएका प्रेमका भाइ ढकेन्द्र बुढाथोकी र उनकी श्रीमती सृष्टि बुढाथोकी रहेका छन् त्यस्तै पाँचथरको मिक्लाजुङ गाउँपालिका ७ स्थायी घर भई मोरङको उर्लाबारीमा बस्दै आएका योगेन्द्र गौतम र उनकी श्रीमती मिनु गौतमलाई समेत प्रहरीले पक्राउ गरी आजै सार्वजनिक गरेको छ । उनीहरू पनि परिवारका सदस्य हुन् ।

    हत्यामा संलग्न अर्का एक जना भारतीय नागरिक भने फरार रहेको प्रहरीले जनाएको छ। गत चैत २५ गते भएको घटनालाई लिएर प्रहरीले शवको पहिचान गर्न नै तीन दिन लागेको जनाएको छ । यो घटना पारिवारिक विवाद र असन्तुष्टिका बिच जन्मिएको प्रहरी उपरीक्षक तिम्सिनाले जानकारी दिए।

    सुनसरीको धरान उपमहानगरपालिका–६ स्थित पाँच कन्या सामुदायिक वनमा चैत २५ गते अर्धनग्न अवस्थामा चुनकुमारी मृत फेला परेकी थिइन । प्रहरी स्रोतका अनुसार, चुनकुमारीलाई फकाएर सो जङ्गल क्षेत्रमा पुर्‍याएर हत्या गरिएको अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ ।

    उनको घाँटी र शरीरका अन्य भागमा चोट देखिएको थियो । महालक्ष्मी–१ माइती भएकी चुनकुमारी विगत २ वर्षदेखि सुनसरी इटहरीको हलगडामा बस्दै आएको प्रहरीले जनाएको छ ।

    उनका श्रीमान् प्रेमबहादुर बुढाथोकी वैदेशिक रोजगारीका लागि दक्षिण कोरियामा रहेको अवस्थामा उनलाई प्रहरीले झिकाएको थियो।
    धनकुटाको महालक्ष्मी नगरपालिका वडा नं १ माइतीघर र वडा नं २ घर भएकी चुनकुमारी इटहरीको हलगडामा डेरामा बसेर छोरा पढाउने गर्थिन्।

    बिहिबार, बैशाख ०४, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.