काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले द्वन्द्वका समयमा भएका जघन्य अपराधका घटनालाई माफी दिन नसकिने बताएका छन्।
बिहीबार काठमाडौँमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन्। उनले द्वन्द्वको समय भएका अमानवीय तथा चरम आतना जस्ता जघन्य अपराधका घटनामा संलग्नमाथि छुट दिन नमिल्ने बताए।
माफी दिन सकिने घटनाहरुलाई मेलमिलापको बाटोबाट अन्त्य गरिने उनको भनाई थियो।
प्रधानमन्त्री ओलीले सत्य निरुपण तथा मेलमिलाप आयोगले द्वन्द्व पीडितलाई न्याय दिलाउन सरकारले काम गरिरहेको बताए। उनले अहिले द्वन्द्वको अन्त्य र पीडितलाई न्याय दिने समय भएकाले कसैले पनि अन्यायमा पर्न नपर्ने दाबी गरे। पीडितलाई परिपूरणको माध्यमबाट सरकारले न्याय दिने उनको भनाइ छ ।
उनले भने, ‘अमानवीय, चरम अपराधहरू त्यस्ता अपराधहरू जघन्य अपराधहरू त्यस्ता कुरालाई छुट हुँदैन। त्यस्तालाई माफी दिन सकिँदैन। त्यस्तो कुराहरुको सन्दर्भमा कारबाहीको विषय बन्छ। र अरु कुराहरू जुन माफी दिन सकिने खालका छन् त्यसमा माफी दिने मेलमिलाप दिने बाटो हुन सक्दछ। र पीडितहरुलाई परिपुरण जस्ता कुराहरुबाट सम्बोधन हुने कुराहरु पनि हुनेछन्।’