पोखरा । अखिल नेपाल जनजाति सम्मेलन र जातीय समता समाजले कास्कीको पोखरामा अड्तिसौँ स्थापना दिवस मनाएका छन् ।
कास्कीका जनजाति सम्मेलन र समता समाज जिल्ला समितिको आयोजनामा २०८२ वैशाख ३ गते बुधबार सो कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा अखिल नेपाल जनजाति सम्मेलनका पूर्व केन्द्रीय उपाध्यक्ष केबी थापा, राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य शङ्कर बराल र अखिल नेपाल बुद्धिजीवी सङ्घ कास्कीका अध्यक्ष प्रवीण पौडेलले स्थापना दिवससित सम्बन्धित रहेर मन्तव्य राख्नुभएको थियो ।
सो अवसरमा अखिल नेपाल युवक सङ्घका अध्यक्ष गणेश अधिकारी, अखिल नेपाल राष्ट्रिय उद्योग व्यापार सङ्घका अध्यक्ष ढाकाराम पौडेल र राजमो कास्कीका अध्यक्ष रविमोहन ढकालको पनि आतिथ्य रहेको थियो ।
जनजाति सम्मेलन गण्डकी प्रदेश समितिका अध्यक्ष डम्बर थापाको अध्यक्षता तथा जातीय समता समाजका जिल्ला अध्यक्ष प्रेम विकको सञ्चालनमा कार्यक्रम अघि बढेको थियो।
उक्त कार्यक्रममा अखिल नेपाल ट्रेड युनियन महासङ्घ (अन्टुक) का केन्द्रीय सदस्य नामबहादुर बाठामगरले स्वागत मन्तव्य राख्नुभएको थियो ।

