• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

मरे मरुँला भनेर राजधानीकेन्द्रित आन्दोलनमा होमिएका ८१ वर्षीय कल्लु चौधरी


  •   शुक्रबार, चैत २९, २०८१ मा प्रकाशित
  • धनवीर पुन, काठमाडौँ ।

    Advertisement

    राष्ट्रिय जनमोर्चाले “गणतन्त्र र राष्ट्रियताका रक्षा गरौँ, सङ्घीयताको खारेज गरौँ” नाराअन्तर्गत रहेर २०८१ चैत २४ देखि २८ गतेसम्म पाँचदिने राजधानीकेन्द्रित आन्दोलन सम्पन्न गरेको छ । सो आन्दोलनमा देशका विभिन्न जिल्ला एवम् प्रवासबाट समेत गरी हजारभन्दा बढी कार्यकर्ताको उपस्थिति थियो ।

    त्यही आन्दोलनमा कपिलवस्तुका दुई जना पाका व्यक्तिको उपस्थित हुनुहुन्थ्यो । उहाँहरू हुनुहुन्थ्यो– कल्लुराम चौधरी र अम्बिका पौडेल ।

    कल्लुराम चौधरी उमरले ८१ वर्षका हुनुभयो । उहाँ कपिलवस्तु जिल्लाको जगदीशपुर तालनजिकैको गाउँमा बस्नुहुन्छ । उहाँ कपिलवस्तुबाट राष्ट्रिय जनमोर्चाले आह्वान गरेको पाँचदिने आन्दोलनमा सहभागी हुन काठमाडौँ पुग्नुभयो ।

    ‘पार्टीमा लागेको करिब चार दशक भइसक्यो’ चौधरी भन्नुहुन्छ– ‘सेना पुलिसले गोली चलाउँछ, मरिन्छ । छोराबुहारीले आन्दोलनमा नजाऊ भनेका थिए तर मैले मानिनँ बरु मरे मरुँला, देशका लागि मरुँला आन्दोलनमा जान्छु भनेर आएको हुँ ।’

    उहाँ भन्नुहुन्छ–’आफ्ना लागि धेरै बाँचिसकेको छु । आफ्ना सन्तान र नेपालीजनले बिसाउनै नसकिने भारी बोकाउने सङ्घीयता विरुद्धमा आफूले पनि सक्दो आवाज उठाउन आएको हुँ ।’

    अम्बिका पौडेल उमेरले ७३ वर्षकी भइसक्नुभयो । बाबुको मुख देख्नसमेत नपाएका छोरा हुर्काउँदै गर्दा २४ वर्षको उमेरमा पार्टीमा आबद्ध भएकी उहाँले कैयौँ आन्दोलन, पञ्चायतकालको सास्ती, माओवादीको कथित ध्वंस, २०४४ साल र २०६३ सालमा भएका आन्दोलनलाई प्रत्यक्ष रूपमा खेप्नु र देख्नुभएको छ ।

    उहाँ पनि कपिलवस्तुबाट राष्ट्रिय जनमोर्चाले आह्वान गरेको पाँचदिने आन्दोलनमा सहभागी हुन काठमाडौँ पुग्नुभयो । पार्टीले आह्वान गर्ने जुनसुकै आन्दोलनमा प्रत्यक्ष सहभागी हुँदै र सक्रियतापूर्वक भूमिका निर्वाह गरेको उहाँ बताउनु हुन्छ ।

    ‘अहिलेको आन्दोलनमा हजुर यो उमेरमा किन सहभागी हुनुभयो भन्ने जिज्ञासाको उत्तर उहाँले यसरी दिनुभयो– ‘नेपाल र नेपालीका लागि सङ्घीयता अफाप सिद्ध भइसक्यो । यो व्यवस्थाले नेपाललाई कङ्गाल बनाउने निश्चित भइसक्यो । यसले नेपाली जनतालाई ऋणको भारी बोकाएको छ । यसको खारेजी आम नेपाली जनको जिम्मेवारी भएको छ ।’

    पौडेलको थप भनाइ थियो– यो आन्दोलनले सिङ्गो देशमा सङ्घीयता अनावश्यक भएको सन्देश पुऱ्याएको छ ।’

    शुक्रबार, चैत २९, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.