• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति

बागमती, गण्डकी र कर्णाली प्रदेशको केही स्थानमा भारी वर्षाको सम्भावना

लोकप्रिय समाचार

  • १. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ४. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ५. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

  • ६. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

  • १०. जनजाति मुक्ति आन्दोलन

राजमोको आन्दोलनप्रति जर्मन एमएलपीडीको ऐक्यवद्धता : नेपालमा लादिएको संघीयता भारतको हितमा छ


  •   मङ्गलबार, चैत २६, २०८१ मा प्रकाशित
  • काठमाडौँ । राष्ट्रिय जनमोर्चाले काठमाडौँमा सञ्चालन गरेको संघीयताविरुद्धको आन्दोलनप्रति जर्मन कम्युनिष्ट पार्टी (एमलपीडी) ले ऐक्यवद्धता जनाएको छ ।

    Advertisement

    मंगलबार माइतीघर मण्डलामा राजमोले आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै एमएलपीडीका प्रतिनिधि अल्वर्ट स्मिथले आन्दोलनप्रति ऐक्यवद्धता जनाउनुभएको हो ।

    अल्बर्टले नेपालमा लादिएको संघीयता भारतको हितमा रहेको उल्लेख गर्नुभयो ।

    सभामा अल्बर्टले भन्नुभयो, ‘भारत र चीन जस्ता नयाँ साम्राज्यवादी शक्तिहरूले पनि नेपालमाथि नियन्त्रण र शोषण गर्न चाहिरहेका छन्। जातीय आधारमा लादिएको संघीयता भारतको रणनीतिक हितमा छ, विशेष गरी तराई क्षेत्रमा आफ्नो प्रभाव विस्तार गर्न।’

    उहाँले ट्रम्पको सत्तामा पुनः आगमनसँगै दोस्रो विश्वयुद्धपछिको पूरै व्यवस्था हल्लिएको बताउनुभयो ।

    यस्तै, अल्बर्टले नेपालमा युएसएआईडीका धेरै परियोजना रोकिँदा र नेपाली नागरिकहरूलाई अमेरिकाबाट जबर्जस्ती निष्कासन गरिँदा नेपाल प्रत्यक्ष रूपमा साम्राज्यवादी नीतिको चपेटामा परेको उल्लेख गर्नुभयो । यस्ता परियोजनाको रोकावटले धेरै देशहरूमा विशेष गरी महिला र बालबालिकाको मृत्यु बढाउने भन्दै उहाँले यसका विरुद्ध ऐक्यबद्धताको आधारमा सहयोग र आत्मनिर्भर सहायता अभियान सञ्चालन गर्नु आवश्यक रहेको उल्लेख गर्नुभयो ।

    राष्ट्रिय जनमोर्चाले चैत २४ गतेदेखि काठमाडौँमा संघीयताविरुद्ध आन्दोलन गरिरहेको छ।

    यसक्रममा आज (मंगलबार) माइतीघर मण्डलामा सभाको आयोजना गरेको हो। सभामा जनमोर्चाका महासचिव मनोज भट्टलगायतका नेताहरूले सम्बोधन गर्नुभयो ।
    सभाअघि जाउलाखेलबाट जुलुश प्रदर्शन गरिएको थियो।

    राजमोले संघीयताको खारेजीसँगै गणतन्त्र र राष्ट्रियताको रक्षामा जोड दिएको छ।

    यस्तो छ अल्बर्टको मन्तव्य

    नेकपा मशाल, नेपाल
    २०८१ चैत १९ गते (२०२५ अप्रिल १)

    प्रिय कमरेडहरू,
    पार्टी अध्यक्ष कामरेड गाबी फेक्टनर, हाम्रो अन्तर्राष्ट्रिय विभागकी प्रमुख मोनिका गार्टनर–एङ्गेल, जर्मनीको मार्क्सवादी–लेनिनवादी पार्टी (एमएलपीडी), हाम्रो युवा संगठन रिबेल तथा बालबालिकाको संगठन रेड फक्सको तर्फबाट तपाईंहरूलाई न्यानो क्रान्तिकारी।

    संघीयता विरुद्ध तपाईंहरूले सञ्चालन गर्दै आउनु भएको अभियानमा केही दिन सहभागी हुन पाउनु मेरो लागि गौरवको विषय हो। यस ऐतिहासिक आन्दोलनमा तपाईंहरू मध्ये धेरै कमरेडहरूसँग प्रत्यक्ष भेटघाट र संवाद गर्न पाउनु पनि अत्यन्त महत्वपूर्ण अवसर हो।

    आजको विश्व परिस्थिति गम्भीर मोडमा पुगेको छ। यो अवस्थामा विश्वयुद्धको जोखिम तीव्र भएको छ। ट्रम्पको सत्तामा पुनः आगमनसँगै दोस्रो विश्वयुद्धपछिको पूरै व्यवस्था हल्लिएको छ। सबैभन्दा शक्तिशाली साम्राज्यवादीहरू—विशेषतः अमेरिकामा ट्रम्पको नेतृत्वमा—फासिवादी आधारमा आफ्नो स्वार्थ पूरा गर्न, मुनाफा सुरक्षित गर्न र सम्पूर्ण विश्वलाई अधीनमा राख्न प्रयत्नरत छन्।

    स्वतन्त्र राष्ट्रहरूको आन्तरिक मामिलामा हस्तक्षेप गर्दै उनीहरूले उपनिवेशवादी प्रवृत्तिलाई फेरि पुनर्जीवित गरिरहेका छन्। नेपालमा युएसएआईडीका धेरै परियोजना रोकिँदा र नेपाली नागरिकहरूलाई अमेरिकाबाट जबर्जस्ती निष्कासन गरिँदा तपाईंहरू प्रत्यक्ष रूपमा यस साम्राज्यवादी नीतिको चपेटामा पर्नुभएको छ। यस्ता परियोजनाको रोकावटले धेरै देशहरूमा विशेष गरी महिला र बालबालिकाको मृत्यु बढाउने निश्चित छ। यसका विरुद्ध हामीले ऐक्यबद्धताको आधारमा सहयोग र आत्मनिर्भर सहायता अभियान सञ्चालन गर्नु आवश्यक छ।

    भारत र चीन जस्ता नयाँ साम्राज्यवादी शक्तिहरूले पनि नेपालमाथि नियन्त्रण र शोषण गर्न चाहिरहेका छन्। जातीय आधारमा लादिएको संघीयता भारतको रणनीतिक हितमा छ, विशेष गरी तराई क्षेत्रमा आफ्नो प्रभाव विस्तार गर्न।

    तपाईंहरूको संघीयता विरोधी अभियान स्पष्ट रूपमा देखाउँछ कि तपाईंहरू डराइरहनु भएको छैन, बरु यो साम्राज्यवादी नीतिको विरुद्ध साहसका साथ संघर्षरत हुनुहुन्छ।

    विश्वव्यापी रूपमा पनि क्रान्तिकारीहरू उत्पीडित र शोषित जनतासँग मिलेर अन्तर्राष्ट्रिय समाजवादी क्रान्तिको पक्षमा लडिरहेका छन्।

    संघीय प्रणाली विरुद्ध तपाईंहरूको आन्दोलनलाई हामी हार्दिक बधाई दिन चाहन्छौँ। तपाईंहरूले जुन एकीकृत प्रणाली—लोकतान्त्रिक विकेन्द्रीकरण र स्थानीय स्वशासनमा आधारित—स्थापना गर्न चाहनुहुन्छ, त्यो साम्राज्यवाद विरुद्धको संघर्षमा महत्वपूर्ण योगदान हो।

    हामी तपाईंहरूसँगको दीर्घकालीन र विश्वासिलो सहकार्यको लागि आभारी छौँ। आईसीओआरमार्फत हामीले एउटा बलियो गठबन्धन निर्माण गरेका छौँ, जसले गहिरो अनुभवहरुको आदानप्रदान र व्यावहारिक ऐक्यबद्धताको सुनिश्चितता गरेको छ।

    क्रान्तिकारी अभिवादनसहित,
    अल्वर्ट स्मिथ
    मार्क्सवादी–लेनिनवादी पार्टी अफ जर्मनी (एमएलपीडी)

    मङ्गलबार, चैत २६, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह
    नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो
    कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन
    मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश
    देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न
    प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ४.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    • ५.
      प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    • ६.
      रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

    भर्खरै

    • १.
      आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

    • २.
      नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

    • ३.
      कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

    • ४.
      मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

    • ५.
      देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

    • ६.
      प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

    • ७.
      कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

    • ८.
      असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.