• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शुक्रबार, भदौ २६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय

वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी

राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन

विदेशबाट फर्किएका युवा भेडापालनमा

जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

पहिरोले हुङ्गा खोला थुनियो, दुधकोशी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

गुल्मीमा ३८ जातका कफीको परीक्षण

सिभिल सहकारी ठगीमा तामाङलाई पाँच वर्ष कैद सजाय

लोकप्रिय समाचार

  • १. विपत्तिकाे सामना

  • २. शिवराज–३ मा राजमोको वडाभेला, अध्यक्षमा कुर्मी चयन

  • ३. स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

  • ४. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

  • ५. ४२ वर्षपछि मञ्चमा उभिएको प्रश्न : सन्दर्भ ‘१२ मई’ नाटक

  • ६. १५ दिनदेखि बेपत्ता छोरी नेहाको खोजी गरिदिन बोहरा परिवारको आग्रह

  • ७. बाढीप्रभावित नुवाकोटमा मसालका महामन्त्री सिंहको स्थलगत अनुगमन

  • ८. मोहनविक्रम सिंहको ‘१२ मई’ नाटक मञ्चन (फोटासहित)

  • ९. युगदर्शन साप्ताहिकको आठौँ वर्षप्रवेशप्रति मूल प्रवाहको शुभकामना

  • १०. बिकानेरमा मूल प्रवाहको महिला नगर विभाग पुनर्गठन

नयाँ जनवादी क्रान्तिपछि नै जनताको आधारभूत समस्या समाधान हुने छ : केसी


  •   शुक्रबार, जेठ १६, २०७७ मा प्रकाशित
  • काठमाडौँ/प्रकाश थापा मगर
    राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नयाँ जनवादी क्रान्तिपछि नै नेपाली जनताको आधारभूत समस्या समाधान हुने दावी गर्नुभएको छ । अखिल नेपाल जनजाति सम्मेलनको आयोजनामा २०७७ जेष्ठ १६ गते आयोजित “नेपालमा गणतन्त्रको स्थापनापछि जनजाति अधिकारको अवस्था” विषयक भर्चुअल अन्तरक्रिया कार्यक्रममा मन्तव्य राख्दै उहाँले सो अभिव्यक्ति दिनुभएको हो ।

    Advertisement

    ‘यो गणतन्त्रले पनि जनताको खासै समस्या समाधान गरेको छैन’ राजमो अध्यक्ष केसीले भन्नुभयो– ‘यो वुर्जुवा गणतन्त्र हो, यो व्यवस्थाबाट त्यति बढी आशा गर्न सकिँदैन ।’ अध्यक्ष केसीले भन्नुभयो– ‘अन्ततः नयाँ जनवादी क्रान्तिपछि नै नेपाली जनताको आधारभूत समस्या समाधान हुने छ ।’ उहाँले नेपाल लामो समयसम्म निरङ्कुश राजतन्त्रको चपेटामा परिसकेको सन्दर्भमा यो वुर्जुवा गणतन्त्रको पनि प्रगतिशील महत्त्व रहेको बताउनुभयो ।

    ‘यो गणतन्त्र वुर्जुवा प्रकृतिको भए पनि एकथरिलाई यो व्यवस्था पचिरहेको छैन’ अध्यक्ष केसीले भन्नुभयो– ‘एकथरिले केन्द्रदेखि प्रदेश हुँदै स्थानीयस्तरमा धेरै राजाहरू राख्नुभन्दा केन्द्रमा एउटै राजा भए हुन्छ भन्दै राजतन्त्रको पुनस्र्थापना गर्न चाहिरहेका छन् ।’ उहाँले यस खालको पुनरुत्थानवादी प्रयासका विरुद्ध सजग हुँदै वुर्जुवा गणतन्त्र भए पनि यसको रक्षामा ध्यान दिनुपर्ने बताउनुभयो ।

    गणतन्त्र आए पनि नेपालमा सामन्ती जग बलियै रहेको उल्लेख गर्दै उहाँले जनजाति आन्दोलनले पनि सामन्तवादको विरुद्धमा सङ्घर्ष गर्नुपर्ने आवश्यकतामाथि उहाँले जोड दिनुभयो । नेपालको जनजाति आन्दोलनमा पश्चिमा साम्राज्यवादीहरूको घुसपैठ भएको बताउँदै उहाँले अगाडि भन्नुभयो– ‘पश्चिमा साम्राज्यवादीहरू नेपाललाई आफ्ना निहित स्वार्थको पक्षमा रणभूमि बनाउन खोजिरहेका छन् ।’ उहाँले ती सबै देशीविदेशी विकृति, विसङ्गतिको विरुद्ध सङ्घर्ष गर्नमा अखिल नेपाल जनजाति सम्मेलनले ध्यान दिने विश्वास पनि व्यक्त गर्नुभयो ।

    जनजाति सम्मेलनका महासचिव रामबहादुर बुढाको सञ्चालन तथा विषय प्रस्तुतिका साथ अघि बढेको सो कार्यक्रममा अखिल नेपाल युवक सङ्घका अध्यक्ष अनिलकिशोर घिमिरे, अखिल (छैठौं) का अध्यक्ष विमल पोखरेल, अखिल नेपाल ट्रेड युनियन महासङ्घ (अन्टुक) का केन्द्रीय उपाध्यक्ष टिकाराम पौडेल, राजमो पाल्पाका अध्यक्ष विशाल दर्लामी र राजमो दाङका अध्यक्ष गणेश आचार्यले पनि मन्तव्य राख्नुभयो ।

    फ्लोरबाट विमल श्रीस र सागर थापाले आफ्ना जिज्ञासा राख्नुभएपछि कार्यक्रममा उपस्थित सबैलाई जनजाति सम्मेनलकै केन्द्रीय सदस्य रामबहादुर जिएमले धन्यवाद मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा विशाल दर्लामी र मीन रानाले कविता पनि वाचन गर्नुभएको थियो ।

    शुक्रबार, जेठ १६, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय
    वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी
    राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस
    शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन
    विदेशबाट फर्किएका युवा भेडापालनमा
    जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      विपत्तिकाे सामना

    • २.
      शिवराज–३ मा राजमोको वडाभेला, अध्यक्षमा कुर्मी चयन

    • ३.
      स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

    • ४.
      उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ५.
      ४२ वर्षपछि मञ्चमा उभिएको प्रश्न : सन्दर्भ ‘१२ मई’ नाटक

    • ६.
      १५ दिनदेखि बेपत्ता छोरी नेहाको खोजी गरिदिन बोहरा परिवारको आग्रह

    भर्खरै

    • १.
      प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय

    • २.
      वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी

    • ३.
      राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

    • ४.
      शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन

    • ५.
      विदेशबाट फर्किएका युवा भेडापालनमा

    • ६.
      जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

    • ७.
      पहिरोले हुङ्गा खोला थुनियो, दुधकोशी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

    • ८.
      गुल्मीमा ३८ जातका कफीको परीक्षण

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.