काठमाडौं । वरिष्ठ पत्रकार भैरव रिसालको निधन भएको छ ।
२०८१ चैत २४ गते बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचारका लागि भर्ना गरिएका रिसालको राति पौने ८ बजे निधन भएको हो ।
उनका माइला भाइ पुरु रिसालका अनुसार शरीर दान गरेकाले रिसालको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको छ ।
छोरी सुष्मा रिसालका अनुसार भैरव रिसालले शरीर दान गरेकाले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको हो ।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा प्रतिनिधिसभाका सांसद चित्रबहादुर केसी र रिसाल सँगै काठमाडौँको नन्दी रात्री विद्यालयमा अध्ययन गर्नुभएको थियो ।
९७ वर्षीय वरिष्ठ पत्रकार रिसाल पञ्चायतकालदेखि पत्रकारितामा सक्रिय थिए । राष्ट्रिय समाचार समितिमा लामो समय काम गरेका पत्रकार रिसाल राससमा अवकाशपछि वातावरण पत्रकारिता र रेडियो सगरमाथामा आबद्ध रहे ।
रेडियो सगरमाथाको स्थापनाकालदेखि संलग्न पत्रकार रिसालले लामो समयसम्म रेडियो कुराकानी स्तम्भमा आफ्नो विचार प्रस्तुत गर्थे भने उहिले बाजेका पालामा नामक कार्यक्रम चलाउथे ।
उनी राससबाट प्रमुख संवाददाता भएर अवकाश भएका थिए ।
पत्रकार रिसालले आफ्नो देहावसानपछि शरिरलाई मेडिकल अध्ययन प्रयोजनका लागि दान दिने घोषणा गरेका थिए ।
उनी जयतु संस्कृतम आन्दोलनमा पनि सक्रिय थिए ।