• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

भारतीय एम्बुलेन्समा ठूलो परिणाममा अवैध लागुऔषध बरामद, ४ जना पक्राउ


  •   शनिबार, चैत २३, २०८१ मा प्रकाशित
  • काठमाडौँ । नेपाल प्रहरीले भारतीय एम्बुलेन्समा ठूलो परिणाममा अवैध लागुऔषध ट्रामाडोल क्याप्सुल बरामद गरेको छ ।

    Advertisement

    शनिबार ललितपुर जिल्लाको कान्ती लोकपथ सडक खण्डमा रहेको प्रहरी चौकी भट्टे डाँडाको चेकपोष्टमा खटिएको प्रहरी टोलीले भारतीय एम्बुलेन्समा ठूलो परिणाममा अवैध लागुऔषध ट्रामाडोल क्याप्सुल बरामद गरेको हो ।

    एक पत्तामा १० क्याप्सुल भएको ट्रामाडोल हाइड्रोक्लोराइड क्याप्सुल आइपी ट्रामाडोल लेखिएको ट्रामाडोल क्याप्सुल ५ हजार ४ सय पत्ता, एक पत्तामा १० क्याप्सुल भएको ट्रामाडोल हाइड्रोक्लोराइड क्याप्सुल आइपी ५० एमजि ट्रामन लेखिएको ट्रामाडोल क्याप्सुल ४ हजार ८ पत्ता गरी जम्मा ९ हजार ४ सय ८ पत्ता, क्याप्सुल थान ९४ हजार ८० र बिआर ०५ पिए ०४२१ नम्बर भएको भारतीय एम्बुलेन्स एक थान र मोबाइल ३ थान बरामद गरेको पत्रकार सम्मेलनका क्रममा प्रहरी उपरीक्षक नरहरि रेग्मीले बताए ।

    पक्राउ पर्नेमा भारत बिहार प्रान्त, पूर्वी चमपारण, मोतिहारी जिल्ला टुमरिया ग्राम पञ्चायत वार्ड नम्बर ५ स्थायी वतन भएका २० वर्षका समिर आलम, भारतकै मोतिहारी जिल्ला राजबजार नगर वार्ड नम्बर ३३ बताउने वर्ष ३३ का मोहम्मद मुन्ना अन्सारी, मोतिहारीको पलानवा ग्राम पञ्चायत वार्ड नम्बर ९ स्थायी वतन बताउने वर्ष ४५ का नोर्जान खातुन, मोतिहारी जिल्ला नगर वार्ड नम्बर ५ पछियाटोल स्थायी वतन भएका वर्ष २२ का मोहम्मद उमर सिद्धिकी (एम्बुलेन्स चालक)लाई पनि पक्राउ गरिएको बताए ।

    सवारीसाधन चेकजाँच गर्ने क्रममा वीरगञ्जबाट काठमाडौँतर्फ तिब्र गतिमा आइरेको बीआर ०५ पीए ०४२१ नम्बर भएको भारतीय एम्बुलेन्समा चेकजाँच गर्दा लागुऔषध बरामद भएको जिल्ला प्रहरी परिसर ललितपुरले बताएको छ । एम्बुलेन्स चालक भारतको बिहार प्रान्त पूर्वी चम्पारण मोतिहारी जिल्ला रक्सौल नगर वार्डनम्बर ५ पछियाटोल स्थायी वतन भएका वर्ष २२ का मोहम्मद उमर सिद्धिकी रहेका छन् ।

    एम्बुलेन्सबाट बाहिर निस्किएर भाग्ने प्रयास गरेकाले उनलाई तत्काल नियन्त्रणमा लिइ एम्बुलेन्सको तलासी लिँदा लागुऔषध भेटिएको हो । एम्बुलेन्सको बिरामी राख्ने ठाउँमा कालोमा सेतो धर्का भएको र कालोमा हरियो धर्का भएको समेत गरी दुई वटा छुट्टा छुट्टै झोलामा निम्न परिणामको अवैध लागुऔषध ट्रामाडोल क्याप्सुल लुकाइ छिपाइ ल्याएको अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ।

    एम्बुलेन्समा एक बालक र एक बालिकासहित ६ जना रहेको पनि प्रहरीले खुलाएको छ ।

    शनिबार, चैत २३, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.