• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

कमल कोइरालाप्रति श्रद्धाञ्जली तथा संस्मरण


  •   शुक्रबार, चैत २२, २०८१ मा प्रकाशित
  • मोहनविक्रम सिंह ##

    Advertisement

    का. कमल कोइरालाको निधन भएकोमा हामीले उहाँप्रति श्रद्धाञ्जली प्रकट गर्दै उहाँको शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गर्दछौँ ।

    उहाँ एउटा इमानदार कम्युनिस्ट हुनुहुन्थ्यो । उहाँ जीवनभरि नै त्यही रूपमा बाँच्नुभयो र त्यही प्रकारले आफ्नो जिम्मेवारी पूरा गर्ने प्रयत्न गर्नुभयो ।

    उहाँसित मेरो धेरै लामो सम्बन्ध रहेको छ । नेपालका कम्युनिस्टमध्ये मेरो सबैभन्दा पहिलो सम्बन्ध उहाँसित नै भएको थियो । उहाँ प्रधानमन्त्री मातृकाप्रसाद कोइरालाको पुत्र हुनुहुन्थ्यो । मातृकाप्रसाद कोइराला प्रधानमन्त्री भएको बेलामा म प्रायःजसो उहाँको निवासमा जाने गर्दथेँ र त्यही बेला कमल कोइरालासित पनि परिचय भएको थियो । त्यो बेला पनि उहाँ कम्युनिस्ट हुनुहुन्थ्यो तर म अझै पार्टीमा सामेल भएको थिइनँ । २०१० सालमा मैले कम्युनिस्ट पार्टीमा प्रवेश गरेँ । २०१४ सालमा काठमाडौँको फोहरादरबारमा भएको पार्टीको द्वितीय महाधिवेशनमा उहाँ र म दुवै जना प्रतिनिधि थियौँ ।

    २०१७ सालमा राजा महेन्द्रले बहुदलीय व्यवस्थालाई समाप्त गरेर निरङ्कुश शासन र पञ्चायती तानाशाही व्यवस्था कायम गरेपछि हाम्रो पार्टीको ऐतिहासिक दरभङ्गा प्लेनम भएको थियो । त्यो प्लेनममा का. निर्मल लामा, का. भरतमोहन, का. हिरण्यलाल आदि हामी सबैले डा. केशरजङ्ग रायमाझीको राजावादी लाइनका विरुद्ध र संविधानसभाको लाइनको पक्षमा सङ्घर्ष गरेका थियौँ । म पहिले तौलिहवामा गिरफ्तार भएको थिएँ र पछि मलाई कतिपय जेलमा हुँदै काठमाडौँको भद्रगोल जेलमा पुऱ्याइएको थियो । त्यो बेला कमल कोइराला पनि त्यही जेलमा हुनुहुन्थ्यो । त्यो बेला तृतीय महाधिवेशनद्वारा सम्पन्न केन्द्रीय कमिटीको विघटन भइसकेको थियो र पार्टी कैयौँ टुक्रामा विभाजित भइसकेको थियो ।

    त्यो बेला भद्रगोल जेलमा पार्टीको करिब १५ जना साथीहरू एकैसाथ हुनुहुन्थ्यो, जसमा का. निर्मल लामा, का. भक्तबहादुर, का. गोविन्द ढुङ्गाना, का. बाबुकाजी गोसाई, का. सिन्धुनाथ प्याकुरेल आदि हुनुहुन्थ्यो । त्यो बेला हामीले पार्टीको त्यो बेलाको स्थितिको समग्र मूल्याङ्कन गरेर तीनओटा प्रस्ताव तयार पारेका थियौँ : माओत्सेतुङ विचारधाराबारे, जनक्रान्ति र संयुक्त मोर्चाबारे तथा कोअर्डिनेसनबारे । त्यही बैठकले नै पार्टीको इतिहासमा पहिलोपटक त्यो बेलासम्म पार्टीले अपनाएको नेपाली काङ्ग्रेसलाई राष्ट्रिय पुँजीपति वर्गको पार्टी र नयाँ जनवादी क्रान्तिको मिक्रशत्ति मान्ने विश्लेषणलाई बदलेर त्यसलाई राजासरह सामन्त, दलाल, नोकरशाही पुँजीपति वर्गको पार्टी तथा दुस्मन शक्ति मान्ने विश्लेषण गरेको थियो । त्यो बेला नै पार्टीले माओ विचारधारालाई मान्ने निर्णय पनि गरेको थियो । हामीले ती तीनओटै दस्तावेज जेलबाहिर पठाएका थियौँ । ती दस्तावेज अहिले उपलब्ध छैनन् ।

    हामी जेलबाट छुटेपछि २०२८ साल मङ्सिर २० गते काठमाडौँमा भूमिगत रूपले पार्टीको एउटा भेला भयो र त्यसले एकीकृत पार्टीको निर्माणका लागि एउटा केन्द्रीय न्युक्लसको गठन गऱ्यो । त्यो न्युक्लसमा का. भरतमोहन अधिकारी र का. कमल कोइराला पनि हुनुहुन्थ्यो । न्युक्लसले २०३० सालको फागुनमा सिराहामा पार्टीको चौथो महाधिवेशन गर्ने निर्णय गरेको थियो । त्यो न्युक्लसमा चौथो महाधिवेशनमा पेस गर्नका लगि कैयौँ दस्तावेज तयार पारिएका थिए । ती दस्तावेजमा प्रस्तावित कैयौँ विचारहरू, मुख्यतः माओ विचारधारा र नेकाको नयाँ विश्लेषणसम्बन्धी विचारमा का. मनमोहनको मात्र मतभेद थियो र कमल कोइराला सहित हामी सबैका बिचमा सहमति थियो तर मनमोहन अधिकारीले महाधिवेशन गर्ने समाचार बाहिर लगिदिएपछि केन्द्रीय न्युक्लसको आकस्मिक बैठक सिराहामा बस्यो । त्यो बैठकले महाधिवेशनसम्बन्धी गोप्यतालाई भङ्ग गरिदिएको हुनाले मनमोहनजीलाई सर्वसम्मतिले पार्टीबाट निष्काशित गर्ने निर्णय गऱ्यो, जसमा भरतमोहन अधिकारी र कमल कोइरालाको पनि सहमति थियो । त्यो बैठकले नै २०३१ को असारमा बनारसमा पार्टीको चौथो महाधिवेशन गर्ने निर्णय गरेको थियो तर त्यो महाधिवेशनमा भरतमोहनजी र कमलजी दुवै जना उपस्थित हुनुभएन । त्यसपछि उहाँहरूसितको हाम्रो पार्टीको सम्बन्ध टुट्यो र पछि उहाँहरू दुवै जना एमालेमा सामेल हुनुभयो ।

    कमलजी बेग्लै पार्टीमा भए पनि व्यक्तिगत रूपमा उहाँसित मेरो मैत्रीपूर्ण सम्बन्ध रही नै रह्यो । काठमाडौँका कतिपय कार्यक्रममा उहाँसित प्रायशः मेरो भेट भइरह्यो । पछि उहाँ केही अस्वस्थ हुँदै जानुभयो । मैले उहाँको घरमा भेट्न जानका लागि कैयौँपल्ट फोन गरेँ । उहाँले एकपटक मलाई भेट्न म कहाँ आउने बताउनु भएको थियो तर उहाँ आउन सक्नुभएन । मैले पछि उहाँलाई भेट्न आउन कैयौँपल्ट फोन गरेँ तर फोन उठेन । मैले उहाँको घरको ठेगाना पत्ता लगाउन सकिनँ र उहाँलाई भेट्न जान पनि सकिनँ । भेट्न जाने विचार गर्दै थिएँ, अकस्मात् उहाँको मृत्यु भएको समाचार सुनेँ । त्यसबाट मलाई धेरै दुःख लागेको छ । खास गरेर उहाँलाई भेट्न जान नपाएकोमा र उहाँ सिडीबाट झर्दा लडेर अस्पतालमा भर्ना भएको समाचारसमेत थाहा नभएर उहाँको मृत्युपछि नै मलाई त्यो समाचार प्राप्त भएकोमा पनि मलाई धेरै दुःख लागेको छ । त्यो बेला स्टालिनसम्बन्धी एउटा अन्तर्राष्ट्रिय विचारगोष्ठीमा भाग लिन म विदेश गएको थिएँ । सायद त्यसैले पनि उहाँको दुर्घटना भएर अस्पतालमा भर्ना भएको समाचार मलाई प्राप्त नभएको हुन सक्छ । जे होस्, उहाँ पार्टीको मेरो सबभन्दा पुरानो र पहिलो परिचित मित्र हुनुहुन्थ्यो । पार्टीको इतिहासमा बेग्लाबेग्लै कालखण्डमा हामीले सँगसँगै काम वा सङ्घर्ष पनि गरेका थियौँ । उहाँको आकस्मिक र असामयिक मृत्युबाट मलाई धेरै नै दुःख लागेको छ ।

    जे होस्, एकीकृत समाजवादी पार्टीको केन्द्रीय कार्यालयमा सम्पन्न उहाँको श्रद्धाञ्जली कार्यक्रममा म पुग्न पाएको थिएँ र त्यसको लागि मलाई सन्तोष लागेको छ । त्यो कार्यक्रमको पनि समाचार नपाएर उपस्थित हुन नपाएको भए मलाई धेरै दुःख लाग्ने थियो ।

    अन्तमा, का. कमल कोइरालाप्रति पुनः हार्दिक श्रद्धाञ्जली ।

    शुक्रबार, चैत २२, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जनजाति मुक्ति आन्दोलन
    भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ
    पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका
    उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका
    व्यक्तिगत स्वार्थ

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.