• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, कार्तिक १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

ओलेस्कीमा मानवीय सहायताका लागि युद्धविराम

लुटिएका नेपाली युवकलाई मूल प्रवाहले उद्धार गरी स्वदेश पठायो

सुरक्षा परिषद् सुधारमा भारतको जोड

जापानी पूर्व अभियोजकविरुद्ध बलात्कार मुद्दा पुनः सुरु

अमेरिकी मध्यावधि निर्वाचनमा १२ अर्ब डलर खर्च हुने अनुमान

सुडानमा ड्रोन हमलामा २१ जनाको मृत्यु, ४० घाइते

जोर्डनको आक्रमणमा सिरियामा सात जनाको मृत्यु

अर्नब चक्रवातबाट नेपालमा वर्षाभन्दा हिमपात बढी हुने अनुमान

भोटेकोशी बाढीबाट ७९ अर्बको क्षति, ३० प्रतिशत भूमिहीन बन्ने जोखिम

लोकप्रिय समाचार

  • १. श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

  • २. भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

  • ३. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ४. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ५. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ६. ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

  • ७. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ८. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ९. रङ्गीन फूलको एउटै माला बनाऔँ

  • १०. प्राकृतिक र राजनीतिक प्रतिकूलतामाझ मनाइँदै चाडपर्व

नेपाल भित्र पसेर भारतीय एसएसबीले सडक भत्काए


  •   शुक्रबार, जेठ १६, २०७७ मा प्रकाशित
  • वीरगन्ज । पर्साको ठोरीमा भारतीय सुरक्षाकर्मी नेपाल भित्रै प्रवेश गरेर नेपालीले बनाएको सडक भत्काएका छन् । ठोरी गाउँपालिकाको वडा २ र ३ जोड्ने ठुटे खोलाको पुल सञ्चालनका लागि तीन दिन अगाडिमात्र कुलो पुरेर बनाइएको सडक एसएसबीले भत्काएको हो ।

    Advertisement

    निर्माण सम्पन्न भएको २ वर्ष बितिसक्दा पनि प्रयोगमा नआएको पुल सञ्चालनका लागि सडक बनाइएको थियो । ठोरी गाउँपालिका २ का अध्यक्ष किशोर तमाङका अनुसार भारतीय पक्ष आएर सडक भत्काउन थालेपछि स्थानीयबासीले उनीहरुलाई लखेटेका थिए ।

    बिहीबार साँझ भारतीय सीमा सुरक्षा बल, बिहार सहोदर थानाका प्रहरी र सीमावर्ती भारतीय नागरिकले सडक भत्काएका हुन् । भारतीयले सडक भत्काइरहेको थाहा पाएपछि ठोरीवासी भेला भएर विरोध गरेका थिए । केही समयको भनाभन पछि भारतीय प्रहरी र नागरिक फर्केका थिए । भत्किएको सडकमा नेपाली पक्षले पुनः माटो पुरेका छन् ।

    भारतीयको अवरोधकै कारण पुल निर्माण सम्पन्न भएको २ वर्ष बित्दा पनि प्रयोगमा आउन सकेको छैन । हुलाकी सडक र पुलबीचको कुलोमा सडक नबनाउन्जेल पुल प्रयोगमा ल्याउने अवस्था नरहेको स्थानीयले जनाएका छन् ।  शुक्रबार बिहान वडा एक, दुई र तीनका जनप्रतिनिधि र स्थानीयको भेलाले प्रजिअलाई स्थलगत भ्रमण गरेर समस्याको सामाधान निकालिदिन आग्रह गरेको छ ।

    २०७५ जेठमा ठुटे खोलामा ६ करोड ९७ लाख २१ हजार रुपैयाँको लागतमा एक सय दुई मिटर लम्बाईको पुल निर्माण भएको थियो । हुलाकी राजमार्गमा पर्ने पुल निर्माण सम्पन्न भएको २ वर्ष बितिसक्दा पनि भारतीय पक्षको हस्तक्षेपका कारण प्रयोगमा ल्याएन सकिएको थिएन । गत जेठ १० मा जिल्ला समन्वय समिति पर्साका उपसभापति ठाकुर न्यौपाने, गाउँपालिका उपप्रमुख, तीन वडाका जनप्रतिनिधि लगायतको सर्वदलीय बैठकले ठुटे खोलाको पुल सञ्चालनमा ल्याउने सहमति गरेको थियो ।

    ठुटे खोलामा पुल निर्माण गर्दा पनि भारतीय पक्षले अवरोध गरेको थियो । नेपाल–भारत सीमा नजिकै रहेको ठुटे खोलामा पुल निर्माणका लागि २०६७ सालमा सर्वेक्षण गरिँदा एसएसबीले भारतीय भूमि भन्दै अवरोध गरेको थियो । जसले गर्दा सात वर्षसम्म पुलको निर्माण सुरु नै हुन सकेको थिएन । २०७४ बैशाखमा दुवै देशका सीमा अधिकारीबीच भएको वार्तामा ठोरीको सीमा विवादमा सहमित भएपछि पहिले सर्वे गरिएकै स्थानमा पुल निर्माण सुरु भएको थियो ।

    शुक्रबार, जेठ १६, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ओलेस्कीमा मानवीय सहायताका लागि युद्धविराम
    लुटिएका नेपाली युवकलाई मूल प्रवाहले उद्धार गरी स्वदेश पठायो
    सुरक्षा परिषद् सुधारमा भारतको जोड
    जापानी पूर्व अभियोजकविरुद्ध बलात्कार मुद्दा पुनः सुरु
    अमेरिकी मध्यावधि निर्वाचनमा १२ अर्ब डलर खर्च हुने अनुमान
    सुडानमा ड्रोन हमलामा २१ जनाको मृत्यु, ४० घाइते

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

    • २.
      भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

    • ३.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ४.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ५.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ६.
      ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

    भर्खरै

    • १.
      ओलेस्कीमा मानवीय सहायताका लागि युद्धविराम

    • २.
      लुटिएका नेपाली युवकलाई मूल प्रवाहले उद्धार गरी स्वदेश पठायो

    • ३.
      सुरक्षा परिषद् सुधारमा भारतको जोड

    • ४.
      जापानी पूर्व अभियोजकविरुद्ध बलात्कार मुद्दा पुनः सुरु

    • ५.
      अमेरिकी मध्यावधि निर्वाचनमा १२ अर्ब डलर खर्च हुने अनुमान

    • ६.
      सुडानमा ड्रोन हमलामा २१ जनाको मृत्यु, ४० घाइते

    • ७.
      जोर्डनको आक्रमणमा सिरियामा सात जनाको मृत्यु

    • ८.
      अर्नब चक्रवातबाट नेपालमा वर्षाभन्दा हिमपात बढी हुने अनुमान

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.