बागलुङ । गलकोटमा पिकअप जिप दुर्घटना भएको छ ।
गलकोट नगरपालिका वडा नम्वर ३ हटिया बजारबाट कोतमैदानतर्फ जाँदै गर्दा पिकअप जिप दुर्घटना भएको हो ।
गलकोट नगरपालिका वडा नम्वर ३ को खसगाउँमा ग १ ज ६१०० नम्बरको पिकअप जिप अनियन्त्रित भई सडकबाट करिव १ सय मिटर तल खस्न जाँदा १ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् ।
दुर्घटनामा परेका गलकोट नगरपालिका वडा नम्वर ११ रिघाका २२ वर्षीय विष्णु रानालाई अस्पतालले १२ः१५ बजेको समयमा मृत घोषणा गरेको ईलाका प्रहरी कार्यालय हरीचौरले जनाएको छ ।
त्यस्तै दुर्घटनामा परी चालक गलकोट नगरपालिका वडा नम्वर ५ सर्दाखेतका २२ वर्षीय राजन विक, गलकोट नगरपालिका वडा नम्वर ४ डाँडाखेतका १९ वर्षीय रमेश सुनार र गलकोट नगरपालिका वडा नम्वर ३ बोहोराफाँटका १९ वर्षीय अशोक बोहोरा घाइते भएको प्रहरीले जनाएको छ ।
घाइतेहरुको अहिले गलकोट नगर अस्पतालमा उपचार भईरहेको छ ।