• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शुक्रबार, कार्तिक १३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

नेतान्याहूले बहुमत गुमाएपछि इजरायलको राजनीति विवादित

कञ्चनजङ्घा क्षेत्रमा २५० पर्यटक रोकिए

अर्नब चक्रवातको प्रभाव पर्दै, भारी वर्षा र हिमपातको चेतावनी

इनमसँगको म्यासेज प्रकरण : शुक्रबार सर्वोच्चको फुलकोर्ट बैठक

राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

बडादसैँ र तिहारको उमङ्गमा पाँचौँ पिवाइएससी कप सुरु (फोटासहित)

भालुबाङ अस्पतालमा स्क्रब टाइफसका बिरामी बढे

कुँवरको उपचारका लागि गल्कोट समाज टोकियो कान्तोद्वारा तीन लाख बढी सहयोग

चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

लोकप्रिय समाचार

  • १. श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

  • २. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ३. भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

  • ४. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ५. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ६. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ७. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ८. राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

  • ९. रङ्गीन फूलको एउटै माला बनाऔँ

  • १०. हिमाचलका नेपालीको दुर्घटना तथा स्वास्थ्य बिमा गर्न मूल प्रवाहको माग

चैत १५ गतेको कमान्डरलाई संसद्भित्रकाले पनि कमान्डर बनाएकै हुन् : केसी (भिडियोसहित)


  •   सोमबार, चैत १८, २०८१ मा प्रकाशित
  • काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा प्रतिनिधिसभाका सांसद चित्रबहादुर केसीले सत्तापक्षीय दलहरूप्रति व्यङ्ग्य गर्दै भन्नुभएको छ– ‘चैत १५ गतेको कमान्डरलाई संसद्भित्रका विभिन्न पार्टीले पनि कमान्डर बनाएकै हुन् ।’

    Advertisement

    २०८१ चैत १८ गते सोमबार प्रनिनिधिसभाको विशेष समयमा मन्तव्य राख्दै उहाँले सो अभिव्यक्ति दिनुभएको हो ।

    ‘चैत १५ गतेको घटनाबारे सामान्य अनुमान सबैलाई थियो’ राजावादीले बनाएका कमान्डर दुर्गा प्रसाईंको प्रसङ्ग जोड्दै उहाँले भन्नुभयो– ‘ती जनकमान्डरलाई यहाँ संसद्भित्रका पार्टीहरूले पनि कमान्डर बनाएकै हुन्, घरी पूर्वाञ्चलको कमान्डर, घरी के के । अहिले निर्मल निवासले पनि जनकमान्डर बनायो ।’

    उहाँले दुर्गा प्रसाईंजस्तो व्यक्तिलाई कमान्डर बनाएपछि जनधनको क्षति हुनु पूर्वानुमानित रहेको बताउनुभयो ।

    आफूले संसद्का पहिलेका बैठकमा नै गुमेको स्वर्ग फिर्ता गर्न पुनरुत्थानवादीले प्रयत्न गरिरहने बताएको उहाँले स्मरण गराउनुभयो ।

    ‘मैले संसद्का पहिलेका बैठकमा नै भनेको थिएँ, गुमेको स्वर्ग प्राप्त गर्न पुनरुत्थानवादीले प्रयत्न गर्दछन् । यो नेपालको मात्रै होइन, संसारकै नियम हो’ उहाँले भन्नुभयो– ‘तर सत्तापक्षका साथीहरू सच्चिनुभएन । खतरा कताबाट छ भन्ने बुझ्नुभएन । सत्ता र शक्तिमा आएका पार्टीहरूको चरित्र जनताको पक्षमा भएन । त्यहीले प्रतिगामीले खेल्ने मौका पाए ।’

    उहाँका अनुसार गणतन्त्र स्थापना भएपछि सत्तामा पुगेका दलको कमीकमजोरीका कारणले नै यतिखेर प्रतिगामी शक्तिको उत्साह बढेको बताउनुभयो ।

    लोकतन्त्र कसैले बक्सिस दिएको नभएर आन्दोलनको बलबाट प्राप्त भएको बताउँदै अध्यक्ष केसीले गणतान्त्रिक शक्तिको माझमा कैयौँ मतभेद रहे पनि प्रतिगामी खतरा रोक्ने सवालमा सहकार्य गर्नुपर्ने आवश्यकतामा उहाँले जोड दिनुभयो ।

    उहाँले भन्नुभयो– ‘हामीमाझ कैयौँ गम्भीर मतभेद छन् । त्यसका बाबजुद लोकतन्त्र, गणतन्त्र र धर्मनिरपेक्षता बचाउन हामी एक हुनुको विकल्प छैन ।’

    सांसद केसीले लोकतन्त्र, गणतन्त्र बचाउन सर्वप्रथम गणतान्त्रिक शक्ति नै सच्चिनुपर्ने आवश्यकतामा पुनः जोड दिनुभयो ।

    ‘प्रतिगामी खतराको विरुद्ध लड्न सर्वप्रथम सत्तामा पुगेका गणतान्त्रिक शक्ति नै सच्चिनुपर्दछ’ उहाँले भन्नुभयो– ‘अबदेखि हामीबाट यी गल्ती हुने छैनन् भनेर जनतामाझ माफी माग्नुपर्दछ ।’

    सोमबार, चैत १८, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कञ्चनजङ्घा क्षेत्रमा २५० पर्यटक रोकिए
    अर्नब चक्रवातको प्रभाव पर्दै, भारी वर्षा र हिमपातको चेतावनी
    इनमसँगको म्यासेज प्रकरण : शुक्रबार सर्वोच्चको फुलकोर्ट बैठक
    राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु
    बडादसैँ र तिहारको उमङ्गमा पाँचौँ पिवाइएससी कप सुरु (फोटासहित)
    भालुबाङ अस्पतालमा स्क्रब टाइफसका बिरामी बढे

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

    • २.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ३.
      भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

    • ४.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ५.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ६.
      दिमाग, तँ कहाँ गा’को थिइस्

    भर्खरै

    • १.
      नेतान्याहूले बहुमत गुमाएपछि इजरायलको राजनीति विवादित

    • २.
      कञ्चनजङ्घा क्षेत्रमा २५० पर्यटक रोकिए

    • ३.
      अर्नब चक्रवातको प्रभाव पर्दै, भारी वर्षा र हिमपातको चेतावनी

    • ४.
      इनमसँगको म्यासेज प्रकरण : शुक्रबार सर्वोच्चको फुलकोर्ट बैठक

    • ५.
      राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

    • ६.
      बडादसैँ र तिहारको उमङ्गमा पाँचौँ पिवाइएससी कप सुरु (फोटासहित)

    • ७.
      भालुबाङ अस्पतालमा स्क्रब टाइफसका बिरामी बढे

    • ८.
      कुँवरको उपचारका लागि गल्कोट समाज टोकियो कान्तोद्वारा तीन लाख बढी सहयोग

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.