• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

राजतन्त्रको पुनर्स्थापना भएमा मुलुकमा दमन र आतङ्कको स्थिति सिर्जना हुनेछ : राजमो


  •   शनिबार, चैत १६, २०८१ मा प्रकाशित
  • काठमाडौँ । राष्ट्रिय जनमोर्चाले राजतन्त्रको पुनर्स्थापना भएमा मुलुकमा दमन र आतङ्कको स्थिति सिर्जना हुने बताएको छ ।

    Advertisement

    चैत १५ गते राजावादीको कथित प्रदर्शनबारे धारणा राख्दै राजमोले यस्तो अभिव्यक्ति दिएको हो ।

    अध्यक्ष चित्रबहादुर केसीको हस्ताक्षरमा २०८१ चैत १६ गते शनिबार प्रेसवक्तव्य जारी गर्दै राजमोले राजावादी आन्दोलनको क्रममा घटेका घटनाका दोषीमाथि कारबाही गर्न माग गरेको छ ।

    अहिले देशमा देखा परेका विभिन्न विकृति, विसङ्गतिको समाधान प्रतिगमन हुन नसक्ने ठोकुवा गर्दै राजमोले देशलाई अझै उन्नत प्रकारको लोकतन्त्रको दिशामा लैजानुपर्ने आवश्यकतामा जोड दिएको छ ।

    लोकतन्त्र, गणतन्त्र र धर्मनिरपेक्षताको रक्षाका लागि अग्रगमनका पक्षधर शक्तिको सहकार्यमा जोड दिने नीति अहिले स्थापित भएको बताउँदै राजमोले यस्तो सहकार्यका लागि सम्बन्धित सबै पक्षसित आग्रह गरेको छ ।

    यस्तो छ, प्रेसवक्तव्यको पूर्ण पाठ :

    “१. २०८१ चैत १५ गतेका दिन राजावादीको कथित प्रदर्शनले हिंसात्मक रूप लिएको घटनाप्रति हाम्रो पार्टी राष्ट्रिय जनमोर्चाको गम्भीर रूपले ध्यानाकर्षित भएको छ ।

    २. राजावादीको कथित प्रदर्शनले निजी घर, व्यावसायिक प्रतिष्ठान, स्वास्थ्य संस्था, विभिन्न सञ्चारगृह र सरकारी तथा निजी गाडी, पत्रकारलाई निसाना बनाएर तोडफोड, आगजनी, लुटपाट र पत्रकारलाई जिउँदै जलाएर हत्या गर्ने जघन्य आपराधिक कार्यको हाम्रो पार्टीले घोर विरोध तथा कडा शब्दमा भर्त्सना गर्दछ । राजावादीले योजनाबद्ध ढङ्गबाट घटाइएको हिंसात्मक घटनाको विरोध गर्दछ । योजनाबद्ध ङ्गबाट नै हिंसा भड्काउने र हिंसामा संलग्न दुइटै पक्षलाई कानुनको दायरा ल्याई सरकारसँग कडा कारबाहीको माग गर्दछौँ ।

    ३. राजावादीले निजी घर, स्वास्थ्य संस्था, सञ्चारगृह र पत्रकारलाई निसाना बनाउनुका साथै गणतन्त्रका पक्षधर शक्तिका कार्यालयमा समेत आगजनी र हिंसात्मक आक्रमण गरेको कार्यप्रति पनि हाम्रो पार्टीले विरोध तथा भर्त्सना गर्दछ ।

    ४. चैत १५ गते राजावादीको प्रदर्शनले गरेका हिंसात्मक आपराधिक घटनाबाट पनि स्पष्ट भएको छ कि यदि राजतन्त्रको पुनर्स्थापना भएमा मुलुकमा आतङ्क र दमनको स्थिति पैदा हुनेछ । त्यो स्थिति आउन नदिन प्रतिगमनका विरुद्ध गणतन्त्रवादी शक्तिका बिच सहकार्यको आवश्यकतामाथि हामीले सुरुदेखि नै जोड दिँदै आएका छौँ । अहिले हाम्रो त्यो नीतिको औचित्य झन् थप स्थापित भएको छ । त्यसैले प्रतिगमनका विरुद्ध सङ्घर्ष गर्न गणतन्त्रवादी शक्तिका बिचको सहकार्यलाई अगाडि बढाएर राजतन्त्र पुनर्स्थापनाको खतरालाई पराजित गर्नुपर्ने आवश्यकतामा जोड दिन्छौँ ।

    ५. मुलुकमा गणतन्त्रको स्थापनापश्चात पनि जनताको जनजीविकाका समस्या समाधान हुन सकिरहेको छैन । राष्ट्रियताको स्थिति झन् गम्भीर भएको छ । बेरोजगारी र भ्रष्टाचार झन मौलाएको छ तर विद्यमान व्यवस्थामा देखा परेका विकृति, विसङ्गति, अन्याय, अत्याचार, बेरोजगारी र भ्रष्टाचारको समाधान प्रतिगमन होइन, हुन सक्दैन । यी सबै समस्याको समाधान प्रतिगमन नभएर अग्रगमन र पूर्ण प्रजातन्त्र वा उन्नत लोकतन्त्रमा मात्र समाधान हुन सक्दछ । त्यसैले प्रतिगमनलाई परास्त गर्न र उच्च प्रकारको लोकतन्त्रको सङ्घर्षका लागि आन्दोलन अगाडि बढाउनुपर्ने आवश्यकतामा हाम्रो पार्टीले जोड दिन्छ ।

    ६. सङ्घीयताका कारण गणतन्त्र तथा राष्ट्रियतासमेत कमजोर भइरहेको छ । सङ्घीयतालाई कायम राखेर गणतन्त्र तथा राष्ट्रियताको रक्षा हुन सक्दैन । सङ्घीयताले मुलुकलाई विकासभन्दा विनाशतर्फ धकेल्दै लगिरहेको छ । सङ्घीयता खारेजीले गणतन्त्रलाई रक्षा गर्नसमेत मदत पुग्नेछ यद्यपि गणतन्त्रवादीका बिच सङ्घीयताका विषयमा मतभेद भए पनि प्रतिगमनको विरोध तथा गणतन्त्र र धर्मनिरपेक्षताको पक्षमा हाम्राबिच कायम भएको एकतालाई थप मजबुत धरातलमा स्थापित गर्नुपर्ने कुरामा जोड दिन्छौँ ।”

    शनिबार, चैत १६, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.