• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

राजावादी प्रदर्शन : २ जनाको मृत्यु, ११० घाइते, यस्तो छ क्षतिको विवरण


  •   शनिबार, चैत १६, २०८१ मा प्रकाशित
  • काठमाडौँ । राजावादी प्रदर्शनका क्रममा शुक्रबार काठमाडौँमा दुईजनाले ज्यान गुमाएका छन् ।

    Advertisement

    काठमाडौँ जिल्ला प्रहरी परिसरका अनुसार एक पत्रकार र एक प्रदर्शनकारीले ज्यान गुमाएका छन् । काठमाडौँको कीर्तिपुर नगरपालिका ४ बस्ने २९ वर्षका सबिन महर्जनलाई प्रहरीको गोली लागेको थियो भने सुरेश रजक तीनकुनेस्थित मार्वल हाउसमा जलेको अवस्थामा मृत फेला परेका हुन्।

    मृतक रजक एभिन्युज टेलिभिजनमा कार्यरत पत्रकार हुन् भने महर्जन प्रदर्शनमा सहभागी हुन्। महर्जनलाई घाइते अवस्थामा शिक्षण अस्पताल महाराजगन्ज लगिएकोमा अपराह्न ४ः०५ बजे मृत्यु घोषित गरिएको थियो।

    मेडिकल व्यवसायी दुर्गा प्रसाईंको नेतृत्वमा तीनकुने क्षेत्रमा भएको प्रदर्शन उग्र बन्दा २ जनाको मृत्यु हुनुका साथै ११० जना घाइते भएका प्रहरीले जनाएको छ । त्यसक्रममा १४ वटा आगजनीका घटनासमेत भएका छन् ।

    प्रदर्शनका क्रममा ५३ नेपाल प्रहरी र २२ सशस्त्र प्रहरी पनि घाइते छन्। उता प्रदर्शनकारीतर्फ ३५ जना घाइते भएको प्रहरीले उल्लेख गरेको छ।

    प्रदर्शन उग्र बनेसँगै प्रदर्शनकारीले १५ वटा सवारीसाधनमा तोडफोड तथा आगजनी गरेको प्रहरीले उल्लेख गरेको छ।

    काठमाडौँ प्रहरीका अनुसार ९ वटा सरकारी गाडी, सरकारी र निजी नखुलेका ६ वटा गरी जम्मा १५ सवारीसाधनमा क्षति भएको छ। प्रदर्शनकै क्रममा तोडफोड र आगजनीका घटना समेत भएका छन्।

    १४ वटा आगजनीका घटना हुँदा ९ वटा संस्था तथा कार्यालयमा तोडफोड भएको प्रहरीले जनाएको छ। यसबाहेक एउटामा भने तोडफोडसँगै लुटपाट भएको छ।

    प्रहरीका अनुसार तीनकुने अन्नपूर्ण कम्प्लेक्स, मार्वल हाउस तीनकुने, कोटेश्वर महादेवस्थान, कार्गोको कम्पाउन्ड, कोटेश्वर चोक, भाटभटेनीनजिकैको सरकारी गाडी, जडीबुटी उत्पादन तथा प्रशोधन केन्द्र, समाजवादी पार्टीको कार्यालय, बालकुमारीबाट काठमाडौं आउने करिडोर बाटो, बानेश्वर पुलपारिपट्टि, एयरपोर्टको फोहोरा, इन्द्रेणी सहकारीको कार्यालय भवन सिनामंगल, रोयल रेस्टुराँ सिनामंगल र एरोम्याक्सको कार्यालय रहेको भवन सिनामंगलमा आगजनी भएको हो।

    त्यसैगरी तोडफोड भएका संस्था तथा कार्यालयहरुमा अन्नपूर्ण मिडिया नेटवर्क तीनकुने, कान्तिपुर मिडिया हाउस बानेश्वर, केएमसी अस्पताल सिनामंगल, सिनामंगलकै डीआईएअगाडिको नयाँ भवन, सिनामंगलमा रहेका प्रहरीका दुई सीसीटीभी, प्रहरी बिट सिनामंगल भत्केको पुल, प्रहरी प्रभाग कोटेश्वर, ट्राफिक प्रहरी प्रभाव कोटेश्वर र समाजवादी पार्टी कार्यालय बागमती करिडोर छन्।

    प्रदर्शनका क्रममा कोटेश्वरमा रहेको भाटभटेनी सुपरमार्केटमा लुटपाट समेत भएको छ।

    मानवीय क्षति
    मृत्यु २ (कीर्तिपुर-४, गाम्छा बस्ने वर्ष २९ को सविन महर्जन, कोटेश्वरस्थित प्रदर्शनको क्रममा घाइते भई शिक्षण अस्पताल महाराजगन्जमा १६:५ बजे मृत्यु घोषणा, सुरेश रजक तीनकुनेस्थित मार्बल हाउसमा मृत अवस्थामा फेला)

    नेपाल प्रहरी घाइते ५३
    सशस्त्र प्रहरी घाइते २२
    प्रदर्शनकारीतर्फ घाइते ३५

    सवारी साधन क्षति
    सरकारी सवारी साधन ९
    सरकारीरनिजी नखुलेको सवारी ६
    जम्मा १५

    तोडफोड, आगजनी विवरण
    आगजनीको संख्या १४
    तोडफोड भएका संस्था एवं कार्यालय ९
    तोडफोड तथा लुटपाट भएको संख्या १

    आगजनी भएको स्थान
    १) तीनकुने अन्नपूर्ण कम्प्लेक्स,
    २) मार्बल हाउस, तीनकुने
    ३) कोटेश्वर महादेवस्थान,
    ४) कार्गोको कम्पाउन्डभित्र,
    ५) कोटेश्वर गणेश चोक,
    ६) भाटभटेनीनजिक सरकारी गाडी,
    ७) जडिबुटी उत्पादन तथा प्रशोधन केन्द्र,
    ८) एकीकृत समाजवादी पार्टी कार्यालय,
    ९) बालकुमारीबाट काठमाडौंतर्फ करिडोर बाटो
    १०) बानेश्वर पुल पारीपट्टि,
    ११) एयरपोर्टको फोहोरमा,
    १२) इन्द्रेणी सहकारीको कार्यालय रहेको भवन, सिनामंगल
    १३) रोयल रेस्टुरेन्ट, सिनामंगल
    १४) एरोम्याक्सको कार्यालय रहेको भवन, सिनामंगल

    तोडफोड भएका संस्था एवं कार्यालय
    १) अन्नपूर्ण मिडिया हाउस, तीनकुने
    २) कान्तिपुर मिडिया हाउस, बानेश्वर

    ३) केएमसी अस्पताल, सिनामंगल
    ४) सिनामंगलस्थित विमानस्थलअगाडि बन्दै रहेको नयाँ भवन
    ५) सिनामंगलमा रहेको नेपाल प्रहरीद्वारा जडित २ थान सीसीक्यामेरा
    ६) प्रहरी बिट, सिनामंगल, भत्केको पुल
    ७) प्रहरी प्रभाग, कोटेश्वर
    ८) ट्राफिक प्रहरी प्रभाग, कोटेश्वर
    ९) समाजवादी पार्टी कार्यालय, बागमती करिडोर

    तोडफोड तथा लुटपाट भएको स्थान
    १) कोटेश्वरस्थित भाटभटेनी सुपर मार्केट

    शनिबार, चैत १६, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.