काठमाडौँ । गृहमन्त्रालयले राजावादी आन्दोलन राजनीतिक नभएर विशुद्ध हिंसा, अमानवीय र लुटपाटको लागि गरिएको आन्दोलन भन्दै अब सरकारले संयम नराख्ने प्रस्ट पारेको छ ।
Advertisement
२०८१ चैत १५ गते शुक्रबार साँझ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता छवि रिजालले कुनै पनि दृष्टिले आजको आन्दोलन राजनीतिक उद्देश्यबाट नरहेको बताएका हुन् ।
उनले व्यक्तिको सम्पत्ति लुटपाट, आगजनी र विमानस्थलजस्तो संवेदनशील क्षेत्रमा आगजनी भएको भन्दै सरकारले फरक रणनीतिका साथ नियन्त्रणमा लिने बताए ।
राजावादी आन्दोलनमा करिब १० देखि १२ हजार मान्छे सहभागी भएको र उनीहरू दुर्गा प्रसाईंको नेतृत्वमा अराजनीतिक भिड भएको प्रवक्ताले बताए ।
आन्दोलनकारीको आक्रमणबाट १५ सुरक्षाकर्मी घाइते भएको जानकारीसमेत मन्त्रालयले दिएको छ ।