• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शुक्रबार, कार्तिक १३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

इनमसँगको म्यासेज प्रकरण : शुक्रबार सर्वोच्चको फुलकोर्ट बैठक

राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

बडादसैँ र तिहारको उमङ्गमा पाँचौँ पिवाइएससी कप सुरु (फोटासहित)

भालुबाङ अस्पतालमा स्क्रब टाइफसका बिरामी बढे

कुँवरको उपचारका लागि गल्कोट समाज टोकियो कान्तोद्वारा तीन लाख बढी सहयोग

चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

लेक लागेका पदयात्रीको हेलिकप्टबाट उद्धार

‘अर्नब’ चक्रवातको कारण भिभिन्न राजमार्गहरूमा पहिरोको उच्च जोखिम

कात्तिक १५ गतेदेखि सुरुङमार्गमा शुल्क लाग्ने

लोकप्रिय समाचार

  • १. श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

  • २. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ३. भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

  • ४. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ५. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ६. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ७. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ८. राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

  • ९. रङ्गीन फूलको एउटै माला बनाऔँ

  • १०. हिमाचलका नेपालीको दुर्घटना तथा स्वास्थ्य बिमा गर्न मूल प्रवाहको माग

काठमाडौँकेन्द्रित आन्दोलनको तयारीस्वरूप कपिलवस्तुका १२ ठाउँमा ऱ्यालीसहित सभा


  •   बिहिबार, चैत १४, २०८१ मा प्रकाशित
  • केरसिंह अदै, तौलिहवा ।

    Advertisement

    राष्ट्रिय जनमोर्चा कपिलवस्तुले सङ्घीयता विरुद्ध काठमाडौँकेन्द्रित आन्दोलन सफल पार्न मोटरसाइकिल ऱ्यालीसहित १२ ठाउँमा कोणसभा सम्पन्न गरेको छ ।

    २०८१ चैत १४ गतेका दिन जिल्लाको पिपरादेखि चन्द्रौटासम्म राजमोले सो कार्यक्रम सम्पन्न गरेको हो ।

    कार्यक्रमको उद्घाटन पिपरामा राजमो कपिलवस्तुका अध्यक्ष रामप्रसाद बेलबासेले गर्नुभएको थियो ।

    सो अवसरमा मन्तव्य राख्दै उहाँले सङ्घीयता विरुद्ध काठमाडौँकेन्द्रित आन्दोलन सफल पार्न सबै जनसमुदायको सहयोग र समर्थन आवश्यक रहेको बताउनुभयो । सभाको सञ्चालन अन्तर्राष्ट्रिय नेपाली एकता समाजका महासचिव खुम रायमाझीले गर्नुभएको थियो ।

    ४ नम्बर जितपुरमा आयोजित सभालाई राजमो केन्द्रीय सल्लाहकार दधिराम आचार्यले सम्बोधन गर्नुभएको थियो भने सञ्चालन हिमलाल बेलबासेले गर्नुभएको थियो ।

    बोधगाउँमा भएको कोणसभालाई अखिल नेपाल शिक्षक सङ्घ कपिलवस्तुका अध्यक्ष पिताम्बर खनालले सम्बोधन गर्नुभएको थियो भने सञ्चालन किसान महासङ्घ (अप्फा) कपिलवस्तुका अध्यक्ष सिद्धि आचार्यले गर्नुभएको थियो ।

    वनगाईमा सम्पन्न कोणसभालाई मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका प्रतिनिधि मणिराम अधिकारीले सम्बोधन गर्नुभएको थियो भने सञ्चालन भविलाल गौतमले गर्नुभएको थियो ।

    कोइली वनगाउँमा सम्पन्न कोणसभालाई अन्तर्राष्ट्रिय एकता समाजका महासचिव रायमाझीले सम्बोधन गर्नुभएको थियो भने सञ्चालन युवक सङ्घका विक्रम केसीले गर्नुभएको थियो ।

    गोरुसिङ्गेचोकमा आयोजित कोणसभालाई शिक्षक सङ्घका हिमलाल बेलबासेले सम्बोधन गर्नुभएको थियो भने सञ्चालन नरबहादुर घर्तीले गर्नु भएको थियो ।

    गोरुसिङ्गेबजारमा आयोजित अर्को कोणसभालाई राजमो राजमो कपिलवस्तुका अध्यक्ष बेलबासेले सम्बोधन गर्नुभएको थियो भने सञ्चालन रक्तिम सांस्कृतिक अभियान कपिलवस्तुका अध्यक्ष बेगम बुढामगरले गर्नुभएको थियो ।

    बुद्धिचोकमा सम्पन्न भएको कोणसभालाई अप्फा केन्द्रीय उपाध्यक्ष शिव पौडेलले सम्बोधन गर्नुभएको थियो भने सञ्चालन मूल प्रवाहका अधिकारीले गर्नुभएको थियो ।

    इमलियामा आयोजित कोणसभामा नेकपा (मसाल) कपिलवस्तुका प्रवक्ता माधव भाटक्षेत्रीले मन्तव्य राख्नुभएको थियो भने सञ्चालन अन्तर्राष्ट्रिय नेपाली एकता समाजका महासचिव रायमाझीले गर्नुभएको थियो ।

    खरेन्द्रपुरमा आयोजित अर्को सभालाई अन्तर्राष्ट्रिय एकता समाजका महासचिव रायमाझीले सम्बोधन गर्नुभएको थियो भने सञ्चालन मूल प्रवाहका अधिकारीले गर्नुभएको थियो ।

    त्यसैगरी, चन्द्रौटामा भएको सभालाई नेकपा (मसाल) कपिलवस्तुका प्रवक्ता माधव भाटक्षत्रीले र अप्फाका उपाध्यक्ष पौडेलले सम्बोधन गर्नुभएको थियो । सभाको सञ्चालन राजमो कपिलवस्तुका सचिव केरसिंह अदैले गर्नुभएको थियो ।

    राजमो कपिलवस्तुका सचिव अदैका अनुसार काठमाडौँकेन्द्रित आन्दोलन सफल पार्न जिल्लाव्यापी प्रचारप्रसार, आर्थिक अभियान सञ्चालन, जनभेटघाटजस्ता कार्यक्रम सम्पन्न गरिसकिएको छ ।

    बिहिबार, चैत १४, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    इनमसँगको म्यासेज प्रकरण : शुक्रबार सर्वोच्चको फुलकोर्ट बैठक
    राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु
    बडादसैँ र तिहारको उमङ्गमा पाँचौँ पिवाइएससी कप सुरु (फोटासहित)
    भालुबाङ अस्पतालमा स्क्रब टाइफसका बिरामी बढे
    कुँवरको उपचारका लागि गल्कोट समाज टोकियो कान्तोद्वारा तीन लाख बढी सहयोग
    चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

    • २.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ३.
      भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

    • ४.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ५.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ६.
      दिमाग, तँ कहाँ गा’को थिइस्

    भर्खरै

    • १.
      इनमसँगको म्यासेज प्रकरण : शुक्रबार सर्वोच्चको फुलकोर्ट बैठक

    • २.
      राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

    • ३.
      बडादसैँ र तिहारको उमङ्गमा पाँचौँ पिवाइएससी कप सुरु (फोटासहित)

    • ४.
      भालुबाङ अस्पतालमा स्क्रब टाइफसका बिरामी बढे

    • ५.
      कुँवरको उपचारका लागि गल्कोट समाज टोकियो कान्तोद्वारा तीन लाख बढी सहयोग

    • ६.
      चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

    • ७.
      लेक लागेका पदयात्रीको हेलिकप्टबाट उद्धार

    • ८.
      ‘अर्नब’ चक्रवातको कारण भिभिन्न राजमार्गहरूमा पहिरोको उच्च जोखिम

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.