काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ एउटै मञ्चमा उभिएका छन् ।
Advertisement
बिहीबार एभरेष्ट होटल बानेश्वरमा आयोजित ‘नेपालको संक्रमणकालीन न्याय प्रक्रिया तथा द्वन्द्व पीडितहरूको सत्य, न्याय र परिपूरणीय अधिकार’ सम्बन्धी राष्ट्रिय सम्मेलनको बहालवाला र दुई पूर्वप्रधानमन्त्रीले संयुक्त रुपमा उद्घाटन गरेका हुन्।
सरकारले हालै पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको अध्यक्षतामा संक्रमणकालीन न्यायसम्बन्धी दुईवटा आयोगमा पदाधिकारी सिफारिस गर्न यसअघि बनाएको समितिलाई नै निरन्तरता दिने निर्णय गरेको थियो ।
प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा (एमाले) र माओवादी केन्द्रको सहमतिमा संक्रमणकालीन न्यायका लागि तेस्रोपटक आयोग गठन गर्न लागिएको हो ।