• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

संघीयताविरुद्धको आन्दोलनलाई राष्ट्रियता र गणतन्त्र रक्षासँग जोडेर लैजाने मसालको निर्णय


  •   बिहिबार, चैत १४, २०८१ मा प्रकाशित
  • काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (मसाल) ले आगामी चैत २४ देखि ३० गतेसम्म गर्न लागेको राजधानी केन्द्रित आन्दोलनको नारा तय गरेको छ ।

    Advertisement

    चैत १२ गते बसेको उपलब्ध पीवीएम समेतको केन्द्रीय कार्यालयको बैठकले आन्दोलनको नारा ‘गणतन्त्र र राष्ट्रियताको रक्षा गरौँ, सङ्घीयता खारेज गरौँ’ कायम गरेको हो ।

    बैठकले गरेका निर्णयको जानकारी दिन जारी वक्तव्यमा मसालले प्रतिगमनको बढ्दै गइरहेको तथा राष्ट्रियतामाथि खतरा बढ्दै गएको सन्दर्भमा संघीयताविरुद्धको आन्दोलनलाई राष्ट्रियता र गणतन्त्रको रक्षासँग जोडेर लैजानुपर्नेमा जोड दिइएको छ ।

    ‘अहिले देशमा राजतन्त्रको पुनस्र्थापनाका पक्षमा र धर्मनिरपेक्षताका विरुद्ध राजावादीहरूको सक्रियता बढेर गएको छ’ महामन्त्री मोहनविक्रम सिंहद्वारा जारी वक्तव्यमा भनिएको छ, ‘भारतको उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथ योगीसँगको भेटघाटपछि नै पूर्व राजाको फागुन ०७ गतेको वक्तव्य आएको, राजावादीहरूको गतिविधि समेत बढेको तथा उनीहरूले आफ्नो प्रदर्शनमा आदित्यनाथ योगीको फोटो समेत प्रदर्शन गरेको कुराबाट भारतका कट्टर हिन्दुवादी शासकवर्गको आडमा नै राजावादीहरूको गतिविधि बढेको कुरामा कुनै शङ्का रहन्न ।’

    यस्तोे छ वक्तव्यको पूर्णपाठ
    १. हाम्रो पार्टीले पहिलेदेखि नै ‘गणतन्त्र र राष्ट्रियताको रक्षा गरौँ, सङ्घीयता खारेज गरौँ’ भन्ने नाराका साथ सङ्घर्ष गर्दै आएको छ । तर हामीले यही महिनाको चैत्र २४ गते देखि ३० गतेसम्म सङ्घीयता विरुद्धको राजधानी केन्द्रित आन्दोलनको मुख्य नारा सङ्घीयताको खारेजीलाई नै गराएका थियौँ ।

    २. अब हाम्रो पार्टीले पहिलेदेखि नै प्रतिगमनको बढ्दै गइरहेको खतरामाथि ध्यान दिँदै त्यसका विरुद्ध सशक्त सङ्घर्ष गर्नुपर्ने आवश्यकतामा जोड दिँदै आएको थियो । अहिले देशमा राजतन्त्रको पुनस्र्थापनाका पक्षमा र धर्मनिरपेक्षताका विरुद्ध राजावादीहरूको सक्रियता बढेर गएको छ । भारतको उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथ योगीसँगको भेटघाटपछि नै पूर्व राजाको फागुन ०७ गतेको वक्तव्य आएको, राजावादीहरूको गतिविधि समेत बढेको तथा उनीहरूले आफ्नो प्रदर्शनमा आदित्यनाथ योगीको फोटो समेत प्रदर्शन गरेको कुराबाट भारतका कट्टर हिन्दुवादी शासकवर्गको आडमा नै राजावादीहरूको गतिविधि बढेको कुरामा कुनै शङ्का रहन्न । त्यसबाट नेपालमा भारतीय साम्राज्यवादको खतरा पनि बढेर जाने देखिन्छ । त्यसैले अहिले गणतन्त्रका साथै राष्ट्रियताका लागि पनि सङ्घर्ष बढाएर लैजाने आवश्यकता पैदा भएको छ ।

    ३. नेपालको राजनीतिक इतिहासमा प्रतिगमनका विरुद्ध बारम्बार गठबन्धन हुँदै आएको छ र त्यसका महŒवपूर्ण ऐतिहासिक उपलब्धिहरू पनि रहने गरेका छन् । तर अहिले त्यस प्रकारको सम्भावना कम देखिन्छ । गतकालमा विभिन्न राजनीतिक शक्तिहरूका अवसरवादी नीतिहरूका कारणले प्रतिगमनका विरुद्ध बनेका कैयौँ गठबन्धनहरू टुट्ने गरेका छन् । अहिले गणतन्त्रको पक्षमा भएका राजनीतिक शक्तिहरूका बिचमा पनि सङ्घीयताको प्रश्नमा मतभिन्नता रहेको छ । हाम्रो पार्टीले सुरुदेखि नै सङ्घीयताको विरोध गर्दै आएको छ भने गणतन्त्रको पक्षमा भएका अन्य सबै राजनीतिक शक्तिहरूले सङ्घीयतालाई समर्थन गर्दछन् । त्यो मतभेदका कारणले पनि प्रतिगमनका विरुद्ध भएका राजनीतिक शक्तिहरूका बिचमा गठबन्धनको सम्भावना देखिन्छ, यद्यपि गतकालमा त्यो मतभेदका बावजुद प्रतिगमनका विरुद्ध उनीहरूका बिचमा एकता हुने गरेको छ ।

    ४. हाम्रो पार्टीले पहिले झैँ अहिले पनि सङ्घीयता वा अन्य कतिपय प्रश्नहरूमा हाम्रा बिचमा मतभेद भएपनि गणतन्त्रको पक्षमा भएका राजनीतिक शक्तिहरूका बिचमा एकता कायम गरेर प्रतिगमनका विरुद्ध सङ्घर्ष गर्नुपर्ने आवश्यकतामा जोड दिन्छ । अहिले यसको लागि हामीलाई खुसी लागेको छ कि प्रतिगमनका विरुद्ध उभिँदै आएका विभिन्न राजनीतिक शक्तिहरूले गणतन्त्रको रक्षाका लागि आवाज उठाउन थालेका छन् । उनीहरूसित हाम्रो कार्यगत एकता हुन नसकेपनि गणतन्त्रको पक्षको उनीहरूको आवाज र सङ्घर्षलाई हामीले समर्थन गर्दै आफ्नो स्वतन्त्र पहलमा पनि गणतन्त्रको रक्षाको सङ्घर्षमा पूरा जोड दिने हाम्रो कोशिस हुनेछ । राष्ट्रिय तहमा त्यस प्रकारको कुनै गठबन्धन बन्न नसके पनि स्थानीय तहमा त्यस प्रकारको कुनै सम्भावना देखा परेमा गणतन्त्रको पक्षमा अन्य शक्तिहरूसित पनि कार्यगत एकता गरेर सङ्घर्ष गर्ने हाम्रो नीति खुला हुनेछ ।

    ५. उपरोक्त परिस्थितिमा हामीले चैत २४ गते देखि ३० गते सम्म सङ्घीयता विरुद्धको राजधानी केन्द्रित आन्दोलनको नारालाई यस प्रकारले परिमार्जन गर्ने निर्णय गरेका छौँ : ‘गणतन्त्र र राष्ट्रियताको रक्षा गरौँ, सङ्घीयता खारेज गरौँ ।’

    ६. राष्ट्रिय जनमोर्चाले चैत २४ गते देखि ३० गतेसम्म सङ्घीयता विरुद्धको राजधानी केन्द्रित आन्दोलन गर्ने जुन कार्यक्रम निश्चित गरेको छ, त्यसलाई ने.क.पा. (मसाल) ले दृढतापूर्वक समर्थन गर्दै त्यसलाई सफल पार्न सम्पूर्ण जनतासित अपील गर्दछ । यो कुरा स्पष्ट छ कि देशमा सङ्घीयता कायम रहेमा त्यसले देशलाई विनासतिर नै लैजाने छ । त्यसकारण देशको राष्ट्रियता, सार्वभौमिकता, अखण्डता तथा दिगो विकासका लागि सङ्घीयताको खारेजी राष्ट्रिय आवश्यकता भएको छ । त्यसैले त्यसका विरुद्धको आन्दोलनलाई सफल पार्नु सम्पूर्ण देश र जनताको निर्णयात्मक जिम्मेवारी हुन गएको छ ।

    २०८१ चैत्र १३ गते ।
    मोहनविक्रम सिंह
    महामन्त्री)

     

    बिहिबार, चैत १४, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.