नवलपुर । राष्ट्रिय जनमोर्चा, नवलपुरले संघीयताविरुद्ध चोरमारा, अरुणखोला र दुम्किवास बजारमा कोणसभासहित वालपेन्टिङ गरेको छ ।
चैत २४ गतेदेखि हुन लागेको काठमाडौँ केन्द्रित आन्दोलनको तयारीका क्रममा राजमोले विभिन्न ठाउँमा प्रचारात्मक कार्यक्रम गरेको हो ।
कोणसभामा राजमो केन्द्रीय सदस्यहरू भागिरथ भट्टराई, राजेन्द्र ढुंगाना र दीपक पान्डेले सम्बोधन गर्नुभएको थियो ।
यस्तै, मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका नेता प्रेम सापकोटा, अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुक)का महासचिव सालिकराम सापकोटा, राजमो नवलपुरका अध्यक्ष गिरबहादुर महतरा, नेकपा (मसाल) जिल्ला प्रवक्ता चन्द्र सापकोटा र राजमो नवलपुरका नेता बिकाराम चौधरीले पनि सम्बोधन गर्नुभएको थियो ।
यसैगरी विभिन्न ठाउँमा राजमो चितावनका सदस्य गोविन्दलाल विश्वकर्मा, युवा नेता गोबिन्द अम्बाई, राजमो गैँडाकोट नगर अध्यक्ष होमनाथ पराजुली मूल प्रवाहका शिवलाल लामिछाने, राजमो चितवनका नेता कृष्ण केसी लगायत राजमो नेता कार्यर्ताहरूको सहभागिता थियो ।