काठमाडौँ । क्रान्तिकारी पार्टी तथा सङ्गठनको अन्तर्राष्ट्रिय संयोजन (आइकोर) को आयोजनामा स्टालिनसम्बन्धी अन्तर्राष्ट्रिय गोष्ठी सम्पन्न भएको छ ।
नेकपा (मसाल) का प्रवक्ता रामप्रकाश पुरीका अनुसार सो गोष्ठी युरोपमा सम्पन्न भएको हो ।
प्रवक्ता पुरीद्वारा २०८१ चैत १३ गते बुधबार प्रेसवक्तव्य जारी गर्दै सो जानकारी दिइएको छ ।
गोष्ठीमा मसालका महामन्त्री मोहनविक्रम सिंहले भाग लिएर एउटा कार्यपत्र प्रस्तुत गर्नुभएको वक्तव्यमा जानकारी दिइएको छ ।
यस्तो छ, वक्तव्यको पूर्ण पाठ :
“आइसिओआर (आइकोर) को स्तालिनसम्बन्धी अन्तर्राष्ट्रिय सेमिनार हालै युरोपमा सम्पन्न भएको छ । त्यो सेमिनारमा ३६ भन्दा बढी मुलुकका आईकोर सम्बन्धित सङ्गठनका प्रतिनिधिले भाग लिएको जानकारी प्राप्त भएको छ । उक्त सेमिनारमा भाग लिएर नेपाल कम्युनिस्ट पार्टी (मसाल) का महामन्त्री कामरेड मोहनविक्रम सिंह हिजो स्वदेश फर्कनुभएको छ । सेमिनारमा उहाँले स्तालिनसम्बन्धी एक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । उक्त कार्यपत्र नेपाल कम्युनिस्ट पार्टी (मसाल) को वेबसाइट लअऊबकजब।ियचन मा प्रकाशित भएको छ । त्यो कार्यपत्रलाई नेपालीमा पनि अनुवाद गरेर छिट्टै प्रकाशित गरिने छ ।”