हिसार । वैश्विक महामारी कोरोना संक्रमणसँगै शुरुभएको लकडाउनका कारण रोजगारी गुमाई अलपत्र अवस्थामा पुगेका हरियाणा हिसारका १५६ नेपाली श्रमजिवीहरुलाई शकुसल कृष्णनगरसम्म पुर्याइएको छ । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति हिसारको पहलमा उनीहरुलाई स्वदेश पुर्याइएको हो ।
यस्तै, आज ३९ जना श्रमिक नेपालीहरूलाई स्वदेश रवाना गराइएको तारा सोमरेले हामीलाई जानकारी दिनु भएको छ । १५६ जनालाई आ–आफ्ना स्थानीय निकायले कृष्ण नगरदेखि आफ्नो गाउँसम्म लगि क्वारेन्टिनमा राखेका छन् ।
‘नगर समिति हिसारका जिम्मेवार नेता कार्यकर्ताहरु गत १० दिनदेखि लगातार खटिरहेका थियौं’ तारा सोमरेले भन्नु भयो– ‘हिसारको जिल्ला प्रशासन कार्यालयसँगको सहकार्यमा उक्त १९५ जनालाई स्वास्थ्य परिक्षण गरि ५ वटा वसमा स्वदेश भित्र्याउन सफल भएका छौं ।’ सोमरेले यस कार्यमा खट्नु भएका सम्पूर्ण स्तरका नेता कार्यकर्ताहरुलाई धन्यवाद समेत प्रकट गर्नुभएको छ ।
अर्घाखाँची, पाल्पा, स्याङ्जा, गुल्मी, दाङ, कपिलवस्तु, रुपन्देहीका बासिन्दाहरु जो हाल हरियाणाको आदमपुर, तोशाम, हिसार, फतेबादमा नोकरी गरी आफ्नो परिवारको जिबिका चलाउँदै आएका श्रमजीवी नेपालीलाई कोरोना भाइरस संक्रमणलाई रोकथामका लागि गरिएको लकडाउनका कारणके जिबिका चलाउन अत्यन्तै गार्हो पर्दै आइरहेको थियो । उनीहरुलाई मूल प्रवाह नगर समिति हिसारको पलहलमा स्वदेश पठाइएको हो ।
हालसम्म मूल प्रवाहको पहलमा राजस्थानबाट ७०० सय, हिमाञ्चलबाट १२००, हरियाणाबाट २००, मध्य प्रदेशबाट ३०० र पञ्जाबाट ३५ जनालाई स्वदेश पठाइ सकिएको केन्द्रीय सचिव ठाकुर खनालले जानकारी दिनुभएको छ ।
खनालका अनुसार हरियाणाको हिसार, रोहतक, राजस्थानको श्रीगंगानगर, जयपुर लगायतका स्थानहरुबाट अझै स्वदेशका विभिन्न स्थानहरुका नेपाली श्रमिकहरुलाई स्वदेश पठाउने तयारी रहेको छ ।
यो पनिः
गाजीपुरमा २१ दिनदेखि रोकिएका नेपाली मूल प्रवाहको पहलमा स्वदेश फर्किए
मूल प्रवाहको पहलमा भारतका यी शहरबाट घर फर्कंदैछन् नेपालीहरु

