काठमाडौँ । काठमाडौँको गोकर्णेश्वर नगरपालिका र कपिलवस्तुको कपिलवस्तु नगरपालिकाबाट डिजिटल सामूहिक बिमा आबद्धता तथा नवीकरण सेवा सुरु भएको छ ।
Advertisement
स्वास्थ्य बिमा बोर्डका प्रवक्ता डा. पवनकुमार साहले २०८३ कात्तिक १८ गते सो जानकारी दिएका हुन् ।
साहका अनुसार कात्तिक १७ गतेदेखि स्वास्थ्य बिमाको इपोर्टलमार्फत प्रदेश र स्थानीय तहका लागि सो कार्यक्रम सुरु गरिएको हो ।
डिजिटल प्रणाली सुरु भएपछि प्रदेश र स्थानीय तहले आफ्नै ड्यासबोर्डबाट आबद्धता, नवीकरण, योगदान रकम भुक्तानी तथा अभिलेख व्यवस्थापन गर्न सक्नेछन् ।
बोर्डले सम्बन्धित प्रदेश तथा जिल्ला कार्यालयसित समन्वय गरेर सबै स्थानीय तहसित सो सेवा सञ्चालन गर्न अनुरोध गरिएको छ ।






