• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, कार्तिक १८, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

ट्रम्पको स्वीकारोक्ति : इरान युद्धलाई चुनावी हारको कारण

“सही समय”

बैनी, तेरो मृत्युमा (शोककविता)

बाजुरामा सिँचाइ सुविधा विस्तार, २३ प्रतिशत जमिन सिञ्चित

अमेरिकी कङ्ग्रेसका दुवै सदनमा डेमोक्रेटको बहुमत, सदनमा डेमोक्रेटको जित स्वीकार्न ट्रम्प तयार

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

गोकर्णेश्वर र कपिलवस्तुबाट डिजिटल सामूहिक बिमा कार्यक्रम सुरु

च्याउखेतीले देखाएको आत्मनिर्भरताको बाटो

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

लोकप्रिय समाचार

  • १. चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

  • २. ब्राजिलका बोल्सोनारो र नेपालका कठपुतलीको भविष्य

  • ३. राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

  • ४. अमेरिकी मध्यावधि चुनावमा डेमोक्रेटको अग्रता

  • ५. सरकारको राष्ट्रघाती चरित्र संस्थागत रूपमा नै सतहमा आएको मसालको निष्कर्ष

  • ६. चन्डिगढमा मूल प्रवाहको प्रगतिशील देउसीभैलोको तयारी भेला (फोटासहित)

  • ७. सामन्ती बर्बराहट : टुप्पाबाट पलाएकाहरू

  • ८. १० बुँदे सहमतिसहित नेकपा र उमा भुजेल नेतृत्वको पार्टीबीच एकता

  • ९. हैदरावादमा मृत्यु भएकी जानकीको प्युठान पठाइयो

  • १०. पर्यटन विकासको सम्भावना र सरकारको दायित्व

बाजुरामा सिँचाइ सुविधा विस्तार, २३ प्रतिशत जमिन सिञ्चित


  •   बुधबार, कार्तिक १८, २०८३ मा प्रकाशित
  • बाजुरा । जिल्लामा पछिल्लो समय सिँचाइ सुविधा विस्तार हुँदै गएको छ । गत वर्षसम्म जिल्लामा कुल खेतीयोग्य जमिनमध्ये करिब ८० प्रतिशतमा खेती हुँदै आएकामा यस वर्ष तीन प्रतिशतले सिँचाइ सुविधा वृद्धि भएको छ ।

    Advertisement

    कृषि ज्ञान केन्द्र बाजुराका अनुसार गत आव २०८२/८३ मा तीन प्रतिशत वृद्धि हुँदा यहाँ २३ प्रतिशत खेतीयोग्य जमिनमा सिँचाइ सुविधा पुगेको हो । यहाँका धेरैजसो किसान अझै पनि आकासे पानीको भरमा खेती गर्न बाध्य छन् । विशेषगरी वर्षायाममा मात्रै खेती गर्न सकिने र हिउँदमा जमिन बाँझै राख्नुपर्ने अवस्था ग्रामीण भेगका किसानहरुले भोग्दै आएका छन् । सिँचाइ सुविधा नहुँदा पर्याप्त जमिन हुँदाहुँदै पनि किसानले अपेक्षित उत्पादन लिन सकिरहेका छैनन् ।

    जिल्लामा २८ हजार १३५ हेक्टर खेतीयोग्य जमिनमध्ये २६ हजार १६० हेक्टर क्षेत्रफल जमिनमा खेती हुँदै आइरहेको छ ।

    कृषि ज्ञान केन्द्रका प्रमुख हरिशबहादुर विष्टका अनुसार जिल्लामा २० प्रतिशत जमिनमा सिँचाइ पुगेकामा गत वर्ष तीन प्रतिशतले वृद्धि भएको छ । “जिल्लाको धेरैजसो भूभाग भिरालो हुँदा पाखो जमिनमा खेती गर्नुपर्ने बाध्यता छ”, उहाँले भन्नुभयो, “पछिल्लो समय सिँचाइ पोखरी तथा कुलो निर्माण हुन थालेपछि सिञ्चित जमिनसमेत बढ्दै गएको छ ।”

    प्रमुख विष्टले गत आर्थिक वर्षमा कार्यालयबाट साना सिँचाइ कार्यक्रमअन्तर्गत ६१ वटा पोखरी तथा कुलो निर्माण गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार चालु आवमा पनि उक्त कार्यक्रममार्फत सिँचाइ सुविधा विस्तारका लागि करिब रु ५५ लाख सुदूरपश्चिम प्रदेश सरकारबाट विनियोजन भएको छ ।

    यहाँका नौ वटा स्थानीय तहमध्ये खेत क्षेत्र बढी भएका बुढीगङ्गा, बडीमालिका नगरपालिका, खप्तड छेडेदह गाउँपालिका र बुढीनन्दा नगरपालिकामा सबैभन्दा बढी सिँचाइ सुविधा पुगेको कार्यालयले जनाएको छ । “सिँचाइ सुविधा नपुगेको पाखो जमिनमा आकासे पानीको भरमा खेती हुँदै आएको छ । जिल्लामा सिँचाइ सुविधा विस्तारको गति अझै पर्याप्त हुनसकेको छैन । खेतीयोग्य जमिनको ठूलो हिस्सा अझै सिँचाइ सुविधाबाट वञ्चित छ”, प्रमुख विष्टले भन्नुभयो ।

    भौगोलिक विकटता, बजेटको अभाव, पानीका स्रोतको सीमितता तथा निर्माण भएका सिँचाइ आयोजनाको नियमित मर्मतसम्भार नहुँदा समस्या भइरहेको किसानहरू बताउँछन् ।

    जलस्रोत तथा सिँचाइ विकास सव डिभिजन कार्यालय बाजुराका अनुसार जिल्लामा गत आर्थिक वर्षमा १०६ कुलो र ६०० मिटर तटबन्धन निर्माण गरिएको थियो । पछिल्लो समय सिँचाइका संरचना विस्तार हुन थालेपछि केही क्षेत्रमा बाह्रै महिना खेती गर्न सकिने अवस्था सिर्जना हुँदै गएको छ ।

    सिँचाइ सुविधा पुगेका क्षेत्रमा तरकारी, धान, गहुँ, आलु तथा अन्य मौसमी र बेमौसमी बाली लगाउन किसानलाई सहज भएको बडीमालिका—८ का स्थानीय किसान लालबहादुर ऐडीले बताउनुभयो । उहाँले सिँचाइ सुविधा हुँदा यसले खाद्यान्न उत्पादन बढाउनुका साथै किसानको आयआर्जनमा समेत सहयोग पुग्ने बताउनुभयो ।

    विशेषगरी हिमाली तथा पहाडी भूगोलका कारण सिँचाइका संरचना निर्माण गर्न कठिनाइ हुने गरेको छ । कतिपय ठाउँमा पानीको स्रोत भए पनि खेतसम्म पानी पुर्याउन आवश्यक संरचना नहुँदा किसानले समस्या भोगिरहेका छन् ।

    निर्माण भएका कतिपय कुलो तथा नहर पनि बाढीपहिरोका कारण क्षतिग्रस्त हुने गरेको खप्तड छेडेदह–३ का किसान वीरबहादुर बुढाले बताउनुभयो ।

    जिल्लामा कृषि उत्पादन वृद्धि गर्ने र किसानलाई व्यावसायिक खेतीतर्फ आकर्षित गर्ने उद्देश्यले विभिन्न सिँचाइ आयोजना निर्माण तथा विस्तारका काम भइरहेका छन् । स्थानीय तहसँगै सङ्घ, प्रदेश सरकार तथा सम्बन्धित निकायमार्फत साना सिँचाइ कुलो, नहर, पाइप लाइन तथा अन्य सिँचाइ संरचना निर्माण र मर्मतका पर्याप्त बजेट विनियोजन गरेर दीर्घकालीन र परिमाणमुखी काम गर्न सके त्यसको प्रत्यक्ष लाभ यहाँका किसानलाई हुने देखिन्छ ।

    बुधबार, कार्तिक १८, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ट्रम्पको स्वीकारोक्ति : इरान युद्धलाई चुनावी हारको कारण
    अमेरिकी कङ्ग्रेसका दुवै सदनमा डेमोक्रेटको बहुमत, सदनमा डेमोक्रेटको जित स्वीकार्न ट्रम्प तयार
    सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
    गोकर्णेश्वर र कपिलवस्तुबाट डिजिटल सामूहिक बिमा कार्यक्रम सुरु
    च्याउखेतीले देखाएको आत्मनिर्भरताको बाटो
    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

    • २.
      ब्राजिलका बोल्सोनारो र नेपालका कठपुतलीको भविष्य

    • ३.
      राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

    • ४.
      अमेरिकी मध्यावधि चुनावमा डेमोक्रेटको अग्रता

    • ५.
      सरकारको राष्ट्रघाती चरित्र संस्थागत रूपमा नै सतहमा आएको मसालको निष्कर्ष

    • ६.
      चन्डिगढमा मूल प्रवाहको प्रगतिशील देउसीभैलोको तयारी भेला (फोटासहित)

    भर्खरै

    • १.
      ट्रम्पको स्वीकारोक्ति : इरान युद्धलाई चुनावी हारको कारण

    • २.
      “सही समय”

    • ३.
      बैनी, तेरो मृत्युमा (शोककविता)

    • ४.
      बाजुरामा सिँचाइ सुविधा विस्तार, २३ प्रतिशत जमिन सिञ्चित

    • ५.
      अमेरिकी कङ्ग्रेसका दुवै सदनमा डेमोक्रेटको बहुमत, सदनमा डेमोक्रेटको जित स्वीकार्न ट्रम्प तयार

    • ६.
      सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

    • ७.
      गोकर्णेश्वर र कपिलवस्तुबाट डिजिटल सामूहिक बिमा कार्यक्रम सुरु

    • ८.
      च्याउखेतीले देखाएको आत्मनिर्भरताको बाटो

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.