• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, साउन ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

मूल प्रवाहको पहलमा भारतका यी शहरबाट घर फर्कंदैछन् नेपालीहरु


  •   मङ्गलबार, जेठ १३, २०७७ मा प्रकाशित
  • धनबिर पुन, हिसार ।
    मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति हिसार र रोहतकको आ–आफ्नो पहलमा हरियाणाको विभिन्न स्थानहरुमा अलपत्र परेका नेपाली श्रमिकहरुलाई सरकारी भाडा मै स्वदेश पुर्याउने तयारी भइरहेको जानकारी प्राप्त भएको छ । प्राप्त जानकारी अनुसार मूल प्रवाहको स्थानीय समितिहरुको पहलमा हरियाणा रोडवेजको माध्यमबाट सरकारी भाडा दरमा नै नेपालीहरुलाई भारत–नेपाल सीमानासम्म पुर्याउने तयारी पुरा भएको छ ।

    Advertisement

    भोली बुधबार २७ मई २०२० का दिन हिसारबाट १४६ जना स्वदेश जान लागेको हामीलाई नगर समितिका सचिव तारा सोमरेले जानकारी दिनुभएको छ । सोमरेको अनुसार १४६ जना कै सरकारी अस्पतालबाट मेडिकल परिक्षण गरि सकिएको छ । उनीहरुलाई सामाजिक दूरी कायम राख्दै ४ वटा वसमा यात्रा गराइने छ । यात्रीहरुमा अर्घाखाँची, पाल्पा, स्याङजा र प्यूठानका श्रमिकहरु रहेको सोमरेले बताउनु भयो ।

    उनीहरुलाई सीमानामा आ–आफ्ना स्थानीय निकायहरुले रिसिव गर्ने र क्वारेन्टाइनमा राखिने व्यवस्था भएको समेत सोमरेले हामीलाई जानकारी दिनुभएको छ ।

    रोहतक
    त्यस्तै रोहतकबाट पनि भोली बुधबार २७ मई २०२० का दिन नै सीमानासम्म हरियाणा रोडवेजको माध्यमबाट भारत–नेपाल बोर्डरसम्म नेपाली श्रमिकहरुलाई लैजाने तयारी रहेको नगर अध्यक्ष रेशम विक र नगर समितिका शुभाष गौतमले जानकारी दिनुभएको छ । “आज सांझसम्म स्वस्थ्य परिक्षण पुरा गरिने छ, भोली बस छुटाउने तयारीमा छौं” रेशम विकले भन्नु भयो । विकका अनुसार कपिलवस्तु, प्यूठान र अर्घाखाँचीका श्रमिकहरु स्वदेश जाँदै छन् । उनीहरुलाई बढ्नी बोर्डरबाट स्थानीय निकायले रिसिव गरि स्थानीय क्वारेन्टाइनमा राख्ने छ ।

    चण्डीगढ
    त्यस्तै चण्डीगढबाट पनि भोली बुधबार २७ मई २०२० का दिन नै मूल प्रवाह नगर समितिको पहलमा ३५ जना नेपाली श्रमिकहरुलाई भारत–नेपाल बोर्डरसम्म पुर्याउने तयारी रहेको खिमराज चालिसेले हामीलाई जानकारी दिनुभएको छ । चालिसेका अनुसार उनीहरु सबै प्यूठान गौमुखी गाउँपालिका हुन् । उनीहरुलाई बढ्नी बोर्डरबाट स्थानीय निकायले रिसिव गरि क्वारेन्टाइनमा राख्ने छ ।

    श्रीगंगानगर
    त्यस्तै राजस्थानको श्रीगंगानगरबाट ५ जुन २०२० का दिन राजस्थान रोडवेजका ४ बसमा करिब १६० जनालाई मूल प्रवाह नगर समिति श्रीगंगानगरको पहलमा भारत–नेपाल बोर्डरसम्म पुर्याउने तयारी रहेको त्रीभूवन भट्टराईले हामीलाई जानकारी दिनुभएको छ । भट्टराईका अनुसार उनीहरु प्यूठान र दाङ जिल्लाका बासिन्दा हुन् । उनीहरुलाई बढ्नी बोर्डरबाट स्थानीय निकायले रिसिव गरि क्वारेन्टाइनमा राख्ने छ ।

    हिमाचल मण्डी
    त्यस्तै हिमाचलको मण्डीमा २ महिनादेखि लकडाउनका कारण रोजगार गुमाई अलपत्र परेका २२ जना नेपाली श्रमिकहरुलाई आज २६ मईका दिन स्वदेश पठाइएको छ । उनीहरुलाई स्वदेश पठाउन मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले कागजात मिलाउने देखि लिएर प्रशासनसँग डिल गर्ने बारे सहयोग गरेको थियो । विभिन्न निकायहरुका धक्का खाँदै हिंडेका विष्णु आचार्यले हामीलाई फोन सम्पर्क गरि आवश्यक सहयोग मागेका थिए ।

    उनीहरुलाई प्रशासनसँग डिल गर्न आवश्य पर्ने सबै कागजात समेत पुरा गराई रुपडिया बोर्डरसम्म पुग्ने बाताबरण मिलाइएको हो । उनीहरु सबै दैलेख निवासी हुन् । आफूहरुलाई रुपडिया बोर्डरबाट स्थानीय निकायले रिसिव गरि क्वारेन्टाइनमा राख्ने तयारी भएको विष्णु आचार्यले हामीलाई जानकारी दिए ।

    स्मरण रहोस् यस अघि मूल प्रवाहका नगर समितिहरु राजस्थानको श्रीगंगानगर, विकानेर, मध्य प्रदेशको भोपाल, इन्दोर र हिमाचलको मनालीबाट करिब ५०० जना नेपाली श्रमिकहरुलाई सीमानासम्म पुग्नलाई पास व्यवस्थापन, स्वास्थ्य परिक्षण र यातायातको व्यवस्थाका लागि नगर समितिका कार्यकर्ताहरुले सहयोग गरिसक्नु भएको छ ।

    वैश्विक रुपमा फैलिएको कोरोना संक्रमण र त्यसलाई रोकथाम गर्नका लागि लगाइएको लकडाउनका कारण रोजगारी गुमाई अलपत्र परेका नेपालीहरुका समस्यालाई नै कमाइको माध्यम बनाउँदै विभिन्न बस व्यवसायीहरुले चर्को भाडा अशुली गरिरहेका छन् ।

    रोजगारी पनि नहुनु र वस व्यवसायीहरुको चर्को भाडादरको मारका कारण स्वदेश फर्कन समेत नसक्ने अवस्थामा पुगेका श्रमजिवी नेपालीहरुलाई सस्तो र सुलभ भाडामा स्वदेश पुग्ने बाताबरण मिलाउन मूल प्रवाहका विभिन्न नगर समितिहरुको स्वपहलमा सो कार्य गरिएको हो । मूल प्रवाहका स्थानीय कार्यकर्ताहरुको यो कार्यलाई श्रमजिवी नेपालीहरुले धन्यवाद प्रकट गरेका छन् ।

    यो पनि हेर्नुहोस्ः

    भारतमा अलपत्र नेपालीलाई मूलप्रवाहको पहलमा स्वदेश पठाईँदै

    सुरतमा विपत्तिमा परेका नेपालीलाई मूल प्रवाहको राहत

    मूल प्रवाहद्वारा भारतमा विचल्लीमा परेका नेपालीलाई राहत वितरण

    मङ्गलबार, जेठ १३, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
    आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.