नेपाल ल क्याम्पस स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन यही चैत १९ गते हुने भएको छ।
Advertisement
स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन समितिले आज (आइतबार) निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो।
निर्वाचन समितिले कार्यतालिकालाई हेरफेर गरिएको जारी सूचनामा उल्लेख छ।
निर्वाचन कार्यतालिका अनुसार चैत ११ गते संघ/संगठन दर्ता चैत १३ र मतदान चैत १९ गते विहान ८ देखि अपरान्ह ४ बजेसम्म तोकिएको निर्वाचन अधिकृत सह प्राध्यापक कैशरमणि अर्यालद्वारा जारी सूचनामा उल्लेख छ।
