पोखरा । पोखराको पृथ्वीनारायण क्याम्पसमा रोकिएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन चैत १० गते (आइतबार) हुने भएको छ ।
देशकै ठूलो ९ हजार २ सय ७० मतदाता भएको पृथ्वीनारायण क्याम्पसमा निर्वाचन समितिले गडबड गरृेपछि चैत ५ गते स्ववियु निर्वाचनको मतदान प्रक्रिया रोकिएको थियो ।
समानुपातिक निर्वाचन प्रणालीमा अखिल (छैठौं) का अध्यक्षका उम्मेदवार मिलन सुनारको नाम रहेको तर मतदानको लागि कोष्ट नभएको भन्दै सो संगठनले आपत्ति जनाएको थियो ।
उनको उम्मेदवारीप्रति निर्वाचन समितिको बैठकमा नै जातीय रुपले अभद्र टिप्पणी गरिएको र समानुपातिक मतपत्रमा पनि कोष्ट नराखिएको भन्दै सो संगठनले नाराबाजी गर्नुका साथै क्याम्पस गेटमा तालाबन्दी गरेको थियो । पछि सर्वपक्षीय बैठक बसेर गल्ती सच्याउने र चुनावको मिति तय गर्ने सहमति भएको हो ।
निर्वाचन अधिकृत प्राडा रामचन्द्र पोखरेलले चुनाव भोलि (आइतबार) हुने जानकारी दिएका छन्।
पृथ्वीनारायण क्याम्पसको स्ववियुको २२ औं अध्यक्ष बन्न अखिल (छैठौं)का मिलनसहित ८ जना मैदानमा छन्।