• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

सङ्घीयताका कारणले देश टाट पल्टिँदैछ : शर्मा


  •   शुक्रबार, चैत ०८, २०८१ मा प्रकाशित
  • गोविन्दकुमार शर्मा, चरिकोट (दोलखा) ।

    Advertisement

    राष्ट्रिय जनमोर्चाका केन्द्रीय सल्लाहकार आनन्द शर्माले सङ्घीयताका कारणले देश आर्थिक रूपमा टाट पल्टिँदै गइरहेको बताउनुभएको छ ।

    २०८१ चैत ८ गते दोलखाको सदरमुकामको सदरमुकाम चरिकोट सातदोबाटोमा आयोजित कोणसभालाई सम्बोधन गर्दै उहाँले यस्तो अभिव्यक्ति दिनुभएको हो ।

    संविधानसभाको सार्वभौम अधिकारलाई बाइपास गराउँदै विदेशी शक्तिकेन्द्रको चाहनाअनुसार सङ्घीयता भित्राइएको बताउँदै उहाँले त्यसबाट नेपाली जनतामा अधिकार, समृद्धि र सुविधा प्राप्त हुने गरेको सङ्घीयतावादीको तर्क उद्धृत गर्नुभयो ।

    ‘सङ्घीयता स्वीकार गर्ने बेलामा त्यसका पक्षधरले जनतालाई अधिकार मिल्नेछ, समृद्धि प्राप्त हुनेछ, राज्य घरघरमा पुग्नेछ भनेका थिए तर सङ्घीयता कार्यान्वयन भएको यतिका वर्षमा के भयो ?’ उहाँले अगाडि भन्नुभयो– ‘सङ्घीयताले नेपाली जनतालाई अधिकार दिएन, समृद्धि दिएन, सुविधा पनि दिएन बरु देश झन्पछि झन् आर्थिक रूपमा टाट पल्टिँदै गइरहेको छ ।’

    सङ्घीयताका कारण देशको ऋण बढ्दै गइरहेको बताउँदै उहाँले अहिले देशको कुल ऋण २६ अर्ब पुगिसकेको बताउनुभयो ।

    सङ्घीयता धान्नका लागि जनतासित चर्को कर उठाउने गरिएको प्रसङ्ग पनि उहाँले जोड्नुभयो ।

    ‘कतिपय पालिकाले गुन्द्रुकको प्याकेटमा पनि कर लगाइरहेका छन्’ उहाँले भन्नुभयो– ‘राष्ट्रमाथि प्रत्येक वर्ष ऋण थपिँदैछ । अहिलेसम्म २६ खर्ब ऋण पुगिसकेको छ । त्यो ऋण तिर्ने आम नेपाली जनताले नै हो ।’

    उहाँले सङ्घीयताका लागि प्रत्येक वर्ष खर्च गरिँदै ऋण स्वास्थ्य र शिक्षा क्षेत्रमा लगानी गर्ने हो यी दुवै क्षेत्रलाई निःशुल्क बनाउन सकिने उहाँको धारणा थियो ।

    शर्माले भन्नुभयो– ‘यी सबै तथ्यबाट स्पष्ट हुन्छ, हाम्रो देशमा सङ्घीयता धान्न सकिँदैन ।’

    आफूहरू सामन्ती केन्द्रीकृत व्यवस्थाको विकल्पमा प्रजातान्त्रिक विकेन्द्रीकरण र स्थानीय स्वायत्त शासनमाथि आधारित रहेको एकात्मक शासनको पक्षमा रहेको उहाँले स्पष्ट पार्नुभयो ।

    देशमा राजावादी खतरा बढ्दै गइरहेको सन्दर्भमा उहाँको भनाइ थियो– ‘राजाको शासन हामीले ढाई सय वर्षसम्म व्यहोरेका हौँ । त्यसले राजाको शासनबाट जनताको समस्या समाधान हुन्न ।’

    उहाँले राजवादी खतराका विरुद्ध नेपाली जनता एकपटक फेरि उठ्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

    राजमोले आगामी चैत २४ देखि ३० गतेसम्म सङ्घीयता खारेजीका लागि काठमाडौँकेन्द्रित आन्दोलनन सञ्चालन गरिरहेको जानकारी दिँदै नेता शर्माले सो आन्दोलनमा सहभागी हुन आम जनतासित अपिल गर्नुभयो ।

    कार्यक्रमममा राजमो केन्द्रीय सदस्य तथा बागमती प्रदेश समितिका अध्यक्ष लालबहादुर थापा र अखिल नेपाल जनजाति सम्मेलनका अध्यक्ष निमबहादुर बुढाथोकीले पनि मन्तव्य राख्नुभएको थियो ।

    सभाको आयोजना राजमो बागमती प्रदेश समितिले गरेको थियो ।

    शुक्रबार, चैत ०८, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.