• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

अपराधीलाई हदैसम्मको कारबाही र पीडितलाई क्षतिपूर्ति दिन सांसद राजेशको माग

"सिराहामा दलित उत्पीडन "

  •   शुक्रबार, चैत ०८, २०८१ मा प्रकाशित
  • काठमाडौँ । सिराहाको औरही–५ हुलाकी सडकछेउ बसिरहेका दीपक मरिक (डोम) को घर भत्काइएपछि राष्ट्रिय जनमोर्चाका केन्द्रींय सल्लाहकार तथा राष्ट्रियसभाका सांसद राजेश विश्वकर्मा (तुलप्रसाद) ले अपराधीलाई हदैसम्मको कारबाही गर्दै पीडितलाई क्षतिपूर्ति दिन माग गर्नुभएको छ ।

    Advertisement

    २०८१ चैत ८ गते शुक्रबार राष्ट्रियसभाको शून्य समयमा विषय उठान गर्दै सांसद विश्वकर्माले सो माग गर्नुभएको हो ।

    ‘सरकारले तुरुन्त ती अपराधीलाई पक्राउ गरेर हदैसम्मको कारबाही गरोस्’ उहाँले भन्नुभयो–’पीडितलाई क्षतिपूर्तिको व्यवस्था गरोस् भन्ने मैले माग गर्न चाहन्छु ।’

    मन्तव्यको क्रममा उहाँले औरही गाउँपालिकाका अध्यक्षको नेतृत्वमा घर भत्काइएको आरोप लगाउनुभयो ।

    उहाँले भन्नुभयो–’विष्णु महायज्ञ लगाउने ठाउँमा दलितहरू हिँडडुल गर्न नहुने भनेर दीपकको घर भत्काएर त्यहाँ जातीय छुवाछुत र भेदभावको चरम नमुना देखाइएको छ ।’

    सो स्थानमा यही चैत १७ गतेदेखि विष्णु महायज्ञ लगाउने भन्दै जनता आवाज कार्यक्रमअन्तर्गत गत ३० वर्षदेखि बस्दै आएका दीपकको घर भत्काइएको थियो । उनी बसेको घरको माटोसमेत अशुद्ध हुने भन्दै डोजर लगाएर त्यहाँको दुई फिट तलसम्मको माटो खनेर फ्याँकिएको थियो ।

    सांसद राजेशका अनुसार उनीहरू त्यहाँदेखि पाँच सय मिटर पर बिजुलीपानीको व्यवस्था नभएको स्थानमा अस्थायी रूपमा बसोबास गरिरहेका छन् ।

    पीडित दीपक गाउँपालिकाको सफाइ कर्मचारी भएकाले निजले विरोधको आवाज उठाउन नसकेको बताइएको छ ।

    घटनामा बजरङ्गी बाबा, गाउँपालिका अध्यक्ष शिवाजी यादव र पूर्व वडाअध्यक्ष दिलिप यादवलगायतको भूमिका रहेको सांसद राजेशले युगदर्शनलाई बताउनुभयो ।

    शुक्रबार, चैत ०८, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.