काठमाडौँ । प्रहरीले काठमाडौँमा २० करोडभन्दा बढी रकम बरामद गरेको छ ।
Advertisement
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले टोखा नगरपालिका–१ झोर क्षेत्रबाट उक्त रकम बरामद गरेको हो ।
ना१ख १६५२ नम्बरको ट्रकबाट नेपाली रुपैयाँ, अमेरिकी डलर, युरोलगायत विभिन्न मुलुकका मुद्रा बरामद गरिएको प्रहरी वरिष्ठ उपरीक्षक रमेश बस्नेतले बताए।
उक्त रमकसहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ परेका व्यक्तिको नाम खुलाइएको छैन।
घटनाबारे विस्तृत विवरण पत्रकार सम्मेलन गरी सार्वजनिक गरिने प्रहरीले जनाएको छ।