काठमाडौँ । प्रतिनिधि सभाको बैठकमा नेकपा एमालेका सांसद र राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाही (ज्ञानेन्द्र शाही) बीच चर्काचर्की परेको छ।
सांसद पन्तले तत्कालीन राजा वीरेन्द्र शाहले भारतको कोलकातामा स्त्रीसँग सम्बन्ध राखेको भनेपछि शाहीले आपत्ति जनाएका थिए। पन्तले त्यतिबेला भारतका प्रधानमन्त्रीले नेपालका राजामाथि प्रश्न उठाएको दाबीसहित प्रसंग उठाएका थिए।
आइतबारको बैठकमा पन्तले राजतन्त्रकालका घटनाका विषयमा धारणा राख्दा सांसद शाहीले नियमापत्ति भन्दै उठेर सभामुख देवराज घिमिरेसमक्ष समय माग गरे।
सभामुखले तत्कालै भने, ‘मैले समय दिएको छैन माननीयज्यू, आसनग्रहण गर्नुस्।’
‘म इतिहासबाट साबित गर्न सक्छु। मसँग बहस गर्ने हो भने इतिहास पढेर आउने मिस्टर माननीय,’ पन्तले भने, ‘जुम्लामा हाहु गरेर आएको जस्तो होइन।’
राप्रपाका प्रमुख सचेतक शाहीले भने आफूसँग बहस गर्ने भए इतिहास पढेर आऊ भनेका एमालेका सांसद पन्तलाई मदन भण्डारीको हत्यारा पत्ता लगाउन कसले रोक्यो भन्दै प्रश्न गरे । शाहीले संसद्मा जे मन लाग्यो त्यो बोल्न नहुने बताए।
पन्तले राजाको कालमा हत्याका घटनाहरू भएका थिए भन्नेबारे अभिव्यक्ति दिएपछि शाहले यसको जवाफ दिँदै भने, ‘यहाँ आएर जे मन लाग्यो त्यही बोल्ने ? अघि हत्याराका कुरा गर्नुभएको थियो, मदन भण्डारीको हत्या कसले गर्यो ? त्यो हत्या पत्ता लगाउँछु भन्ने मान्छे अहिले प्रधानमन्त्री हुनुहुन्छ। मदन भण्डारीको हत्यारा पत्ता लगाउन कसले रोक्यो ? यसको जवाफ यस संसद्लाई चाहिन्छ।’
उनले पटकपटक सरकारको नेतृत्व गरेको एमालेलाई मदन भण्डारीको हत्याको याद आयो कि आएन भनेर पनि प्रश्न गरे।
‘हत्याको कुरा गर्नुहुन्छ ? राष्ट्रपति तपाईंहरूकै थिए। प्रधानमन्त्री तपाईंहरू नै हुनुहुन्थ्यो। संसद्मा दुईतिहाइ थियो। अनि, मदन भण्डारीको हत्याको याद आएन ?’
उनले प्रश्न गरे, ‘काण्ड सम्झाइदिऊँ ? निर्मला पन्तको हत्यारा पत्ता लगायौ ? बाँदरमुडे घटना याद छ। निहत्था नागरिकलाई बम हानेर मारेको हो कि होइन ? लमजुङका शिक्षक मुक्तिनाथ अधिकारीका हत्याराहरू यही संसद्मा सांसद बनेर हिँडिरहेका छन्। यसको जवाफ चाहिन्छ कि चाहिँदैन ?’
शाहीले सिन्धुपाल्चोक पुगेर शुक्रबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले दिएको अभिव्यक्तिप्रति पनि आपत्ति जनाए।
दाहालले पूर्वराजा ज्ञानेन्द्र शाहीलाई भाइमारा, तस्कर र चोर भनेका थिए।
‘खुल्लामञ्चमा उभिएर पाँच हजार मान्छे मैले मारेको हुँ भन्ने व्यक्ति यो देशको प्रधानमन्त्री बन्न पाउने व्यवस्था हो,’ शाहीले भने, ‘भारतको दिल्लीमा नेपालमा निहत्था मान्छे मार्नुपर्छ भनेर अघि बढ्ने व्यक्ति यही देशको सांसद र मन्त्री बन्न पाउने व्यवस्था उत्तम हो ?’