• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

‘सुन्दर भविष्यको ढोका खोल्न चेतनाको बन्द ढोका पहिला उघारौं’


  •   बिहिबार, जेठ १५, २०७७ मा प्रकाशित
    • अनुराग रोशन

    नेपालमा राजा, राणा, पञ्चायत, बहुदल हुँदै, गणतन्त्रसम्म आइपुग्दा धेरै राजनीतिक परिवर्तन भएका छन् । राजनीतिक परिवर्तनसँगै नेपालका गरिब, किसान, मजदुरलगायत सम्पूर्ण शोषित, उत्पीडित वर्ग र समुदायले आफूमाथि भइरहेको विभेदको अन्त्य गरी देशमा रोजगार र विकासको अपेक्षा गरेका थिए, जुन अपेक्षा स्वाभाविक थियो । तर यहाँका सरकार र मुख्य राजनीतिक दलहरूले जनअपेक्षाबमोजिम नै आफू र मुलुकलाई अगाडि बढाइरहेका छन् त भनेर गम्भीर प्रश्न गर्ने बेला आएको छ ।

    Advertisement

    हिजोको पुरानो राजनीतिक व्यवस्थाद्धारा समाजमा विकास र उन्नति सम्भव छैन भनेर हामीले जनताको बलिदानीपूर्ण सङ्घर्षद्धारा नयाँ राजनीतिक व्यवस्था गणतन्त्र ल्याएको पनि करिब डेढ दशक हुनै लागेको छ । झन् अहिले त केपी शर्मा ओलीको नेतृत्वमा दुईतिहाइ बहुमतनजिकको केन्द्र सरकार छ भने सात प्रदेशमध्ये छ प्रदेशमा पनि नेकपाकै सुविधाजनक सरकार कायम रहेको छ ।

    हिजोसम्म हाम्रो प्रगतिको मुख्य बाधक अस्थिर राजनीति मान्दै आएका आमयुवाले स्थीर सरकार र दिगो विकासका निम्ति चुनावमा नेकपालाई प्रचण्ड बहुमत दिई अत्यधिक रूपमा विजय गराएका थिए र चुनावी नतिजापछि केपी शर्मा ओलीको नेतृत्वमा इतिहासकै पहिलोचोटी शक्तिशाली सरकार नेकपाले बनाउँदै गर्दा युवामा एक किसिमको उत्साह जागिरहेको थियो । तर त्यो उत्साह आज निराशामा परिणत हुने अवस्था स्वयम् सरकारको कारणले आइरहेको छ ।

    आज पनि सत्तामाथिको खिचातानी उस्तै छ । पदको लडाइँ झन् नग्न रूपमा देखिएको छ । संविधानमा ‘समाजवाद उन्मुख’ लेखिए पनि नेताहरूको व्यवहार उही पदपैसा र प्रतिष्ठान्मुख नै देखिएको छ । फेरिएको व्यवस्थामा पनि पदप्राप्तिका लागि नेताहरू गणतन्त्र, संविधान र संसदीय व्यवस्थाको समेत आचरण विपरीत जस्तोसुकै हतकण्डा अपनाउन तयार छन्, जसका कारण आम सर्वसाधारण जनताले हिजोको व्यवस्था र आजको व्यवस्थाबिच तुलनात्मक रूपमा समेत फरक अनुभूति गर्न पाएका छैनन् ।

    कुर्सीमा बसेका नेताहरूको गलत प्रवृत्ति र आचरणका कारण जनताको कठिन सङ्घर्ष र बलिदानीबाट प्राप्त गणतन्त्रप्रति नै अहिले जनतामा वितृष्णा पैदा हुन थालेको छ, जसका कारण अहिलेसम्म प्राप्त गणतन्त्र, धर्म निरपेक्षलगायत जेजति प्रगतिशील परिवर्तन भएका छन्, त्यो नै गुम्ने खतरा देखिएको छ । यो हामी प्रगतिशील र गणतन्त्र पक्षधरका निम्ति धेरै नै दुःख र चिन्ताको विषय हो । त्यसैले स्वार्थको लडाइँ र पदको खिचातानीबाट आजित युवाहरूले अहिले ‘चाहे राजा आवोस्, चाहे काङ्ग्रेस आओस् वा कम्युनिस्ट आओस्, हामीलाई केही मतलब छैन, हामीलाई सिर्फ रोजगार र विकास भए पुग्छ’ भन्न थालेका छन् ।

    राज्यप्रति यस्तो चाहना राख्नु नागरिकको हकमा अस्वाभाविक होइन, तर एउटा सचेत नागरिकको हकमा भने यो निरर्थक चाहना हो । त्यसैले विषेशगरी उर्जाशील युवामा राज्यसत्तालाई हेर्ने, समाजलाई बुझ्ने र आफ्नै जीवनलाई सार्थक र गतिशीलता प्रदान गर्न स्पष्ट दृष्टिकोण हुन आवश्यक छ । त्यसपछि मात्र हाम्रो सोच, व्यवहार र अपेक्षाले अर्थात् विकासप्रतिको हुटहुटीले सार्थकता पाउने सम्भावना रहन्छ । किनभने स्पष्ट विचारविहीनहरू अरूको फलोअर मात्र हुन सक्छ तर आफ्नो लक्ष्य र गन्तव्य कहिल्यै ठम्याउन सक्दैन ।

    अहिलेका युवाहरू धेरै शिक्षित छन् तर एकदम थोरै मात्र सचेत छन् । शिक्षाले निरक्षरताबाट मुक्ति दिलाउँछ, तर सचेतनाले हरेक कुराको विवेचना गर्न सिकाउँछ । यही सचेतनाको कमीले अहिलेका युवाहरू शिक्षित भए पनि विभिन्न गलत प्रवृत्तिका शिकार भइरहेका छन्, जसको फाइदा कालान्तरमा मुट्ठीभरका शासक वर्गले नै आजपर्यन्त लिँदै आइरहेका छन् । अस्पष्ट दृष्टिकोणको सवालमा अहिलेका ‘चर्चित’ भ्रष्टाचार विरोधी अभियन्ता भनेर चिनिने ज्ञानेन्द्र शाहीलाई नै उदाहरणको रूपमा लिन सकिन्छ । उनले धेरै युट्युब च्यानलसँगको आफ्नो अन्तर्वार्तामा भन्ने गरेका छन्– ‘मलाई राजा आओस्, राणा आवोस्, काङ्ग्रेस, कम्युनिस्ट जोसुकै सत्तामा आवोस्, त्योसँग कुनै सरोकार छैन, मात्र विकास चाहियो ।’

    तर यो निरपेक्ष विकासको कुरा हो । साँच्चै भन्नुपर्दा कहिल्यै विकासै नहुने भावनामा बगेर अन्धजोशमा गरिएको कुरा हो र यहाँ विकास हुनु नै सबै समस्याको समाधान होइन भन्ने कुरा पनि अहिलेका विकसित मानिएका राष्ट्रलाई हेर्दा नै थाहा हुन्छ । यसरी ज्ञानेन्द्र शाहीजस्ता पढेलेखेका र एउटा सामाजिक ‘पहिचान’ बनाएका युवाले समेत राज्यको चरित्र र त्यसले अवलम्बन गरेका नीतिबारे मौन रहेर एकोहोरो निरपेक्ष विकासको मात्र माग गर्नु वा आशा गर्नु विचारकै समस्या हो । राज्यको चरित्र र आफ्नो उद्धेश्यबारे स्पष्ट नभई विकास र समृद्धिको मात्र कुरा गर्नु काग कुहिरोभित्र हराएर कराउनुजस्तो मात्रै हो । त्यसैले अहिले ज्ञानेन्द्र शाही र उनले व्यक्त गर्ने अस्पष्ट विचार धेरैजसो युवाको एउटा प्रतिनिधि पात्र हुन् ।

    अब हामी स्पष्ट हुन कहाँ जरुरी छ भने, कुनै पनि देशको वास्तविक विकास र समृद्धिको जग स्पष्ट विचारधारा र स्थाई सरकार नै हो । यसमा पनि कुन विचारधारा हो भन्नेबारे अर्कोचोटी छलफल गरौँला । त्यसैले जब हामी हिँड्ने बाटो र पुग्ने गन्तव्य नै थाहा छैन भने हामी कहिले पनि आफ्नो लक्ष्यमा पुग्न सक्दैनौँ । तसर्थ अहिले युवामा पनि समस्या छ । त्यो समस्या भनेको वैचारिक सङ्कट नै हो, जसको कारण आज इतिहासका निर्माता युवाशक्ति दिशाविहीन बनेका छन्, कुहिरोभित्रको कागजस्तै बनेका छन् । चुनावमा पैसासँग आफ्नो अमूल्य मत साट्न थालेका छन् ।

    अहिले पनि धेरै युवाहरूले ‘अब आउने चुनावमा जसले पैसा दिन्छ, उसैलाई भोट दिने हो’ भन्ने गरेको कुरा स्वयम् यो पङ्क्तिकारले प्रत्यक्ष सुन्दै आइरहेको छ । युवाहरूमा यो मनस्थिति अझै रहनु भनेको हाम्रो सुन्दर भविष्य अझै क्षितिजमै रहनु हो । त्यसैले अब कत्ति पनि विलम्ब नगरी क्षितिजमा रहेको हाम्रो सुन्दर भविष्यको ढोका उघार्न बन्द रहेको हाम्रो चेतनाको ढोका पहिला उघारौँ ।

    बिहिबार, जेठ १५, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जनजाति मुक्ति आन्दोलन
    भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ
    पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका
    उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका
    व्यक्तिगत स्वार्थ

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.