नवीन बस्याल ##
Advertisement
चिराचिरा हुन्छ नेपाल सङ्घीयता नफाले ।
सचेत नागरिक ब्युँझिएर सडक सदन नबाले ।१।
नामको मात्रै गणतन्त्र जनतालाई गन्ध मात्रै ।
अझै दुःख झेल्नुपर्छ हामीले भ्रष्टाचारी पाले ।२।
हुँदैन जित किसान मजदुर अझै नजुर्मुराए ।
ल्याउनुपर्छ देशमा शासन जनमुखी खाले ।३।
मिली बसेको हाम्रो देशलाई चाहिँदैन विखण्डन ।
खारेज हुन्न संघीयता एक दुई जनाको चाहाले ।४।
मधेस उठ हिमाल जाग ब्युँझ पहाड नेपाली हो ।
हुँदैन खारेज सङ्घीयता हामीले विचार नगाले ।५।