• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

अमेरिकाबाट फिर्ता पठाइएका नेपाली : मानवअधिकार उल्लङ्घन भएको अन्तर्राष्ट्रियको निष्कर्ष


  •   सोमबार, फागुन २६, २०८१ मा प्रकाशित
  • काठमाडौँ । अन्तर्राष्ट्रिय नेपाली एकता समाजले अमेरिकाबाट अवैध आप्रवासीको नाममा फिर्ता पठाइएका नेपालीको सन्दर्भमा मानवअधिकार उल्लङ्घन भएको निष्कर्ष निकालेको छ ।

    Advertisement

    अध्यक्ष शक्तमान बुढाथोकीको हस्ताक्षरमा २०८१ फागुन २६ गते सोमबार जारी प्रेसवक्तव्यमा समाजले सो निष्कर्ष निकालेको हो ।

    आप्रवासीका बारेमा निर्णय गर्ने अमेरिकाको अधिकार भए पनि उनीहरू फिर्ता पठाउने सन्दर्भमा व्यक्त भएको रवैयालाई समाजले मानवअधिकारको उल्लङ्घन बताएको छ ।

    वक्तव्यमा आप्रवासी फिर्ताले नेपालमा मानव तस्करी गम्भीर रूपमा विद्यमान रहेको बताउँदै त्यसका लागि जिम्मेवारी सरकारी निकायका व्यक्तिलाई समेत छानबिनको दायरामा ल्याउनुपर्ने आवश्यकतामा जोड दिइएको छ ।

    यस्तो छ, प्रेसवक्तव्यको पूर्ण पाठ :
    अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएपछि अवैध रूपमा त्यहाँ रहेका विदेशी आप्रवासीलाई फिर्ता पठाउने सिलसिलामा कैयौँ नेपाली पनि फिर्ता भएका छन् । त्यसै सन्दर्भमा २०८१ फागुन २१ गते एक महिलासँगै ८ जना नेपालीलाई नेपाल फिर्ता गरिएको छ । आफ्नो देशमा रहेका आप्रवासीको बारेमा निर्णय गर्ने अधिकार अमेरिकासँग पनि भएको आफैमा स्पष्ट छ तर त्यसरी फिर्ता पठाउने सवालमा जुन तरिका अपनाइएको छ, त्यसबारे अन्तर्राष्ट्रिय नेपाली एकता समाजको गम्भीर ध्यान आकर्षण भएको छ ।

    सञ्चारमाध्यमबाट प्राप्त जानकारीअनुसार अमेरिकाबाट नेपाल फिर्ता गर्ने क्रममा ती आप्रवासी नेपालीलाई हत्कडी र नेल लगाइएको थियो ।

    यस खालको क्रियाकलाप अन्तर्राष्ट्रिय मानवअधिकारको विपरीत भएको स्पष्ट छ । अमेरिकाको यस्तो क्रियाकलापबाट उसको कथित लोकतान्त्रिक चरित्र उदाङ्गो भएको छ । विदेशी नागरिकसित गरिएको त्यस प्रकारको क्रियाकलापबाट मानवअधिकारको उल्लङ्घन भएको निष्कर्षका साथ हामी सो क्रियाकलापको विरोध गर्दछौँ ।

    हालसम्म अमेरिकाबाट ३७ जना नेपाली अवैध आप्रवासीको रूपमा नेपाल फिर्ता भएका छन् । यसबाट नेपालबाट ठुलो सङ्ख्यामा मानव तष्करी भइरहेको स्पष्ट हुन्छ । यसरी प्र्रतिव्यक्ति लाखौँ रुपियाँ लिएर सङ्गठित रूपमा मानव तष्करी गरिनु गम्भीर चिन्ताको विषय हो ।

    आखिर राज्यका निकायको दुरुपयोगबिना यस खालका क्रियाकलाप सम्पन्न हुन सक्दैनथ्यो । त्यसैले यस विषयमा उच्चस्तरीय छानबिन गरेर मानव तष्करीमा सामेल सम्बन्धित व्यक्तिरसंस्थाका साथै राज्यको निकायका व्यक्तिसमेतलाई कानुनको सीमाभित्र ल्याउनुपर्ने र उनीहरूलाई पनि कानुनअनुसार कारबाही हुनुपर्ने आवश्यकतामा हाम्रो समाजले जोड दिन्छ ।”

    सोमबार, फागुन २६, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.