• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस ८ मार्चबारे


  •   शनिबार, फागुन २४, २०८१ मा प्रकाशित
  • कृष्णा राना ##

    Advertisement

    मजदुर महिलामाथि भएको अन्यायको विरुद्धमा गरेको सडक आन्दोलनको उपलब्धिले प्राप्त गरेको दिनको सम्झनास्वरूप ८ मार्चलाई लिइन्छ । अमेरिकाका कारखानामा काम गर्ने मजदुर महिलाले आफूमाथि लादिएको अनिश्चित समयको मापदण्ड, जीवन असुरक्षा र ज्यालामा असमानताको विरुद्धमा समाजवादी महिलाहरू रोजा लक्जमबर्ग र क्लारा जेट्किनको र अन्य अगुवा महिलाले नेतृत्व गरेको आन्दोलनको उपलब्धि नै ८ मार्चको सान्दर्भिकता आजसम्म रहेको छ ।

    ८ मार्च खासगरी मजदुर महिलाका हकअधिकार सुनिश्चित गर्नका लागि भएको थियो । ती मागमा महिलाको मतदानको अधिकार, आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जन र समान ज्याला थिए । अमेरिकाका हजारौँ मजदुर महिलाको सहभागितामा उक्त आन्दोलन सफल भएको थियो ।

    सन् १९०७ मा जर्मनीमा भएको अन्तर्राष्ट्रिय सम्मेलनले क्लारा जेट्किनलाई सचिव चुनेको थियो । सन १९०८ र १९०९ मा यो महिला मजदुर आन्दोलनले निरन्तरता पायो । पछि सन् १९१० कोपेनहेगनमा दोस्रो अन्तर्राष्ट्रिय समाजवादी महिला सम्मेलन कम्युनिस्ट क्लारा जेट्किनले महिला दिवस स्थापना गर्ने पहल गरिन् । सन् १९११ देखि यो ८ मार्च विभिन्न देशमा मनाउन थालियो ।

    आजको सन्दर्भमा ८ मार्चलाई नियाँल्दा सबै देशमा मनाएको पाइए पनि निश्चित उद्देश्यलाई लक्षितभन्दा पनि देखासिकीको रूप मनाउने चलन बढेर गएको छ तर हामीले ८ मार्चलाई यसका उद्देश्य र कर्तव्यलाई गरिखाने मजदुर महिलाको बिचमा पुऱ्याउन र ८ मार्चलाई आजको दिनमा झन् निरन्तरता दिन आवश्यक छ किनभने अहिले पनि मजदुर महिलाको मुक्ति र क्रान्तिकारी उपलब्धिको रक्षा गर्न आवश्यक छ ।

    आज साम्राज्यवादीहरू युद्धको चलखेल गरिरहेका छन् । यिनीहरूका चलखेलका विरुद्ध मानवताको रक्षा गर्न विश्वभरिका समाजवादी महिलाको कर्तव्य झन् बढेर गएको छ ।

    अहिले संसारभरिका महिला र बालबालिकाको जीवनयापन पीडादायी छ । अभाव, गरिबी, हिंसा, दुःख, बलात्कार र यौनजन्य घटना झनै बढेर गएका छन् । मजदुर महिलाहरू बढ्दो बेरोजगारबाट पीडित छन् । ८ मार्चको सर्वहारा महिला आन्दोलनको एउटा पाटो हो । हामीले सबै मजदुर महिलाको मुक्तिका लागि यो सचेतना जगाउन आवश्यक छ कि महिलाको उत्पीडन, शोषण सबै पक्ष पुँजीवादी व्यवस्थामा निहित छ । यसलाई चिरफार गर्नका लागि मुक्तिकामी महिलाहरू एकजुट हुन आवश्यक छ र ८ मार्चलाई आन्दोलनको रूपमा निरन्तरता दिनुपर्छ ।

     

    शनिबार, फागुन २४, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जनजाति मुक्ति आन्दोलन
    भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ
    पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका
    उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका
    व्यक्तिगत स्वार्थ

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.