काठमाडौँ । आगामी चैत ५ गते हुन गइरहेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनमा अखिल (छैठौं) ले त्रिविसहित देशैभरिका क्याम्पसमा सभापतिमा उम्मेदवारी दिएको छ ।
अध्यक्ष सुवास जिसीद्वारा २०८१ फागुन २१ गते बुधबार प्रेसवक्तव्य जारी गर्दै सो जानकारी दिइएको हो ।
अखिल (छैठौं) ले काठमाडौँको त्रिभुवन विश्वविद्यालय, सरस्वती क्याम्पस, त्रिचन्द्र क्याम्पस र रत्नराज्य क्याम्पस, बुटवलको बुटवल बहुमुखी क्याम्पस, बाँकेको महेन्द्र बहुमुखी क्याम्पस, पाल्पाको त्रिभुवन बहुमुखी क्याम्पस, पोखराको पृथ्वीनारायण क्याम्पस, घोराहीको महेन्द्र क्याम्पस र प्युठानको गौमुखी क्याम्पसमा उम्मेदवारी तय गरेको छ ।
युनियनले अन्य क्याम्पसका उम्मेदवारी क्रमशः सार्वजनिक गर्दै जाने जानकारी दिएको छ ।
उम्मेदवारको नाम उल्लेख गरिएको प्रेसवक्तव्यको पूर्ण पाठ यस्तो छ :
“आगामी २०८१ चैत ५ गते हुन गइरहेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा अखिल (छैठौं) को तर्फबाट निम्नलिखित क्याम्पसहरूमा सभापतिका लागि तपशिलबमोजिमका उम्मेदवारहरू तय भएको जानकारी गराउँदै हाम्रो युनियनका उम्मेदवारलाई विजयी बनाउन सम्पूर्ण विद्यार्थी साथीहरूलाई हार्दिक अपिल गर्दछौं ।
१. त्रिभुवन विश्वविद्यालय, कीर्तिपुर – खड्क जिसी
२. सरस्वती क्याम्पस, ठमेल – मदन भुसाल
३. त्रिचन्द्र क्याम्पस, घण्टाघर – सगर सुवेदी
४. रत्नराज्य क्याम्पस, प्रदर्शनीमार्ग – सङ्गीता खत्री
५. बुटवल बहुमुखी क्याम्पस – सागरजङ्ग एमसी
६. महेन्द्र बहुमुखी क्याम्पस, बाँके – महेश शर्मा
७. त्रिभुवन क्याम्पस, पाल्पा – ज्योति दर्लामी
८. पृथ्वीनारायण क्याम्पस, पोखरा – मिलन सुनार
९. महेन्द्र क्याम्पस, घोराही – दिनेश रैदास
१०. गौमुखी क्याम्पस, मच्छी – प्रविन जिसी