दाङ । राष्ट्रिय जनमोर्चा दाङले सङ्घीयताको विरुद्धमा मोटरसाइकिल ऱ्याली सम्पन्न गरेको छ ।
आगामी चैत २४–३० मा आयोजित सङ्घीयता विरोधी काठमाडौँकेन्द्रित आन्दोलनको प्रचार प्रसारको क्रममा २०८१ फागुन २० गते मङ्गलबार सो कार्यक्रम सम्पन्न गरिएको हो ।
घोराहीको ट्राफिकचोकमा राजमो केन्द्रीय सदस्य तथा दाङ जिल्ला अध्यक्ष गणेश आचार्यको सम्बोधनसँगै ऱ्याली अगाडि बढेको थियो ।
सो स्थानको कोणसभाको सञ्चालन अखिल नेपाल जनजाति सम्मेलनका पूर्व केन्द्रीय सदस्य रामबहादुर जिएमले गर्नुभएको थियो ।

जुलुस अगाडि बढ्दै जाँदा घोराही बजार परिक्रमा गरी तुलसीपुर पुगेको थियो । तुलसीपुरका विभिन्न ठाउँमा परिक्रमा गरी बसपार्कमा पुगेपछि सो जुलुक कोणसभामा परिणत भएको थियो ।
कोणसभालाई केन्द्रीय सदस्य आचार्य, अर्का पूर्व केन्द्रीय सदस्य भरत भण्डारी र अखिल (छैठौं) का केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष सेवक भट्टराईले गर्नुभएको थियो ।
कार्यक्रमको सञ्चालन अखिल नेपाल किसान महासङ्घ (अप्फा) दाङका अध्यक्ष ऋषिराम पौडेलले गर्नुभएको थियो ।
