• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

प्युठानको अनावश्यक हल्ला र वास्तविकता


  •   बुधबार, जेठ १४, २०७७ मा प्रकाशित
  • श्यामलाल पोखरेल

    Advertisement

    सामाजिक सञ्जालमा आएका सूचना र केही कुप्रचारले प्युठानको गतिविधि बाहिर आएका छन् । कोराना सङ्क्रमितलाई सीमानाकाबाट उद्धारको विषय र झिमरुक गाउँपालिकाका अध्यक्षसँग भएका कुराकानीको अडियो सार्वजनिक भएको छ । यी विषय केही दिनयतादेखि राजनीतिकरण गर्न खोजिएर छताछुल्ल भएका छन् । प्युठानका गतिविधि, राजनीतिमा अपरिपक्कता तथा काँचोपन र राजनीतिक पार्टीको आडमा राजनीतिलाई अवसरवादीले कसरी व्यापारको रूपमा प्रयोग गर्दा रहेछन् भन्ने नागरिकलाई बुझ्ने अवसर मिल्यो ।

    विचारको आधारमा राजनीति गर्नेहरूले खबरदारी गर्नु र जनतालाई सचेत गराउनु सकारात्मक पक्ष हो । यसमा यो पङ्क्तिकारको विमति छैन । सत्ता वा राज्य र सरकारले गरेका गलत निर्णयको खबरदारी गर्ने र आफ्नो पक्षमा जनमत तयार गर्ने राजनीतिकर्मीको दायित्व पनि हो । तर राजनीतिक कर्मीको दायित्य त्यो होइन कि अनावश्यक कुनै अमूक पार्टीको आडमा अनावश्यक कुप्रचार गर्नु ।

    त्यो राजनीतिक अपराध हो । त्यसले राजनीतिलाई सेवा नबनाएर पेशा–व्यवसाय र उद्योग बनाएर आफ्नो स्वार्थपूर्ति गर्न खाजेको प्रष्ट हुन्छ । सेवाको रूपमा राजनीति नगर्नेहरू कुनै पनि पार्टीका नेता र कार्यकर्ताको आशाअपेक्षा गर्नु हुदैन र सकिन्न । त्यस्ता व्यक्ति राजनीतिक क्षेत्रमा ढिलो वा चाँडो जनताका अगाडि नाङ्गिने र आफ्नै पार्टीमा त्यस्ता व्यक्ति लामो समय टिक्दैनन् ।

    यो हाम्रो देशको राजनीतिक वृत्तमा प्रष्ट देखिएको छ, जसले पार्टीलाई भजाएर पार्टीको नाममा सस्तो लोकप्रियता कमाउनेहरू अन्ततः पाखा लाग्ने छन् । त्यसका लागि राजनीतिमा धैर्यता चाहिन्छ । जो आफ्नो स्वार्थका लागि राजनीतिमा लागेको छ, त्यसको वर्तमानमा केही चुरीफुरी होला तर राजनीतिमा उसको भविष्य हुँदैन । त्यस्ता व्यक्ति वा नेता पतन भएको हेर्नका लागि राजनीतिमा धैर्यता चाहिन्छ । तातै खाने छिटै मर्ने स्वभाव र व्यवहार राजनीतिमा फस्टाउँदैन, यो पङ्क्तिकार बुझाइमा ।

    विश्वभरि ठुलो महामारीको रूपमा फैलिरहेको कोराना भाइरस नियन्त्रण, रोकथाम तथा आफ्ना नागरिक उद्धारको विषयमा प्युठानमा भएका काम र सामाजिक सञ्जालमा आएका सूचना र प्रचारबारे अहिले सामान्य चर्चाको विषय बनेको छ । यसलाई स्वाभाविक रूपमा लिनुपर्छ । कसैप्रति आपत्ति पनि छैन । कोरोना महामारीको रोकथाम तथा नियन्त्रण, राहत वितरण र आफ्ना नागरिक उद्धारको विषयमा समग्रमा प्युठानमा केही कमजोरी भएकै हो ।

    काम गर्ने क्रममा गल्ती–कमजोरी हुन्छन् । गल्ती–कमजोरी सच्चाउँदै जानुपर्छ । राम्रा कामहरूको प्रोत्साहनका साथ अगाडि बढाउने र काम गर्दा भएका गल्ती–कमजोरीलाई सच्चाएर अगाडि बढ्नु नै मानवजातिमा महानता हो । जसले आफ्ना कमजोरीलाई सहजै स्वीकार गर्छ, त्यो व्यक्ति, त्यो नेता तथा कार्यकर्ता, जनप्रतिनिधि वा समाजसेवी त्यही नै भोलिका दिनमा सफल हुने हो । तर अनावश्यक रूपमा राजनीतिलाई भजाएर भएर गरेका सकारात्मक कामको कुप्रचार गर्नु राम्रो होइन । अहिले प्युठानको हकमा त्यस्तै भएको छः राम्रा काम नदेख्ने र सामान्यभन्दा सामान्य कमजोरीका विषयलाई लिएर तिललाई पहाड बनाउने ।

    समग्रमा हेर्दा कोरोना रोकथाम तथा नियन्त्रणको विषयमा देशभरको अवस्था कमजोर नै छ । त्यसमा प्युठान पनि अछुतो छैन । प्युठान र प्युठानका जनप्रतिनिधि छुट्टै ग्रहका होइनन् । देशभरका क्वारेन्टाइन कमजोर अवस्थाका छन् ।

    उपचारका लागि अस्पताल छैनन् । भएकाको पनि सरकारले उचित व्यवस्थापन गर्न सकेको छैन । कोरोना भाइरसको महामारी आउँछ भनेर सरकारले पहिल्यै क्वारेन्टाइन र अस्पताल बनाउनुपर्ने पनि थिएन । त्यही भएर पनि हाम्रोजस्तो अल्पविकसित देशमा यती ठुलो महामारी आउँदा समस्या हुनु पनि स्वाभाविकै हो । तर धेरै विषयमा सरकारले कमजोरी गरेको छ । त्यो सरकारले सुधार्दै लैजानुपर्छ । प्युठानको हकमा पनि ठ्याक्कै त्यही होजस्तो लाग्छ ।

    प्युठानमा मात्र होइन, अरू जिल्लामा अझै समस्या छन् । यातायात व्यवसायीले व्यवहारमा सरकारलाई सहयोग गरेनन् । विशेष गरेर केन्द्रीय सरकार मूकदर्शक बन्यो, यातायातका साधन चलाउने विषयमा । सरकारको आफ्ना गाडी नभएको र व्यवसायीका गाडी चलाउन नसक्दा नागरिकले सास्ती भोग्नुपरेकै हो । यस्तो अवस्थामा प्रदेश सरकारको कुनै भूमिका देखिएन । स्थानीय सरकारले सक्दो गरेकै देखिन्छ ।

    केन्द्रीय सरकारले यातायातका साधन चलाउन नसकेको अवस्थामा प्युठानका स्थानीय सरकारले त झनै चलाउन सक्ने अवस्था नरहन सक्छ । जिल्लामा भएका गाडी चलाउन स्थानीय सरकारले प्युठानमा पहल गरेकै हुन् । यो छर्लङ्ग नै छ । गाडीधनीहरूले गाडी दिँदा पनि चालकहरू गाडी चलाउन नमान्दा पनि समस्या आएको हो । प्युठानमा भने यातायात व्यवसायी तथा गाडीधनीहरूको मानवीय भूमिका कमजोर देखिएकै हो ।

    उद्धार भन्ने नै जे जस्तो हुन्छ, त्यसैमा गर्ने हो । तर जिल्लामा गाडी हुँदाहुँदै ट्रक र टिप्पर प्रयोग नगरेको भए अति उत्तम हुने थियो । गाडीवालाहरू उद्धारका लागि ढुक्क भएर सीमा वा बोर्डरमा जान नमानेपछि ट्रक र टिप्परमा भए पनि उद्धार गरेर आफ्नै गाउँघरमा पूराउनुलाई बढी आलोचना नर्गदा नै राम्रो हुने छ । किनकि यो बेला राजनीति गर्ने होइन, महामारीका विरुद्व एक हुनु हो ।

    आपत्मा परेका जिल्लावासी ट्रक र टिप्परमा भए पनि गाउँघरमा जान सहमत भएपछि उनीहरूकै खुशीमा उद्धार गरिएको हो । आपत्मा परेकालाई उद्धार गर्नु नै मानवीय धर्म हो । त्यसैले आपत्मा परेका नागरिकलाई प्युठानका सबै स्थानीय सरकारले साइकल, मोटरसाइकल, ट्याक्टर, ट्रक, भ्यान, बस वा अरू कुनै साधनमा भए पनि, जसरी भए पनि उद्धार गर्नु नै राम्रो हुने छ । उद्धार भनेको नै जे जस्तो सम्भव हुन्छ, जसरी हुन्छ, नागरिकको जीवन रक्षा गर्ने हो । यस विषयमा कसले के भन्छ ? के भन्दैन भन्ने विषयमा स्थानीय सरकारका प्रमुखले उद्धार कार्यमा लाग्नु आवश्यक छ ।

    भारतको विभिन्न ठाउँबाट सीमामा आएका नागरिक पैदल, साइकलबाट गृहजिल्ला प्युठान पुग्न बाध्य भए । बस चल्न नसके पनि, ट्रकटिप्परबाट भए पनि आपत्बिपत्मा परेका आफ्ना नागरिकलाई उद्धार गरी गाउँघरमा ल्याउने काम गरेर प्युठानका स्थानीय सरकारले राम्रो काम गरेका हुन् । मालसामान बोक्ने ढुवानीका साधनमा नागरिकलाई भेडाबाख्राजस्तै कोचेर उद्धार गर्न हुने थिएन भन्ने कुरो पनि नराम्रो होइन ।

    जिल्लामा थुप्रै गाडी थन्केर बसेको अवस्थामा ट्रकटिप्परको प्रयोग गर्नु त्यति राम्रो हुँदै होइन । तर आपत्कालीन अवस्थामा सीमानाकामा अलपत्र परेका नागरिकलाई ट्रकटिप्परमा भए पनि आफ्नो गाउँघरमा ल्याउने काम गरेर प्युठानका स्थानीय निकायले गुन लगाएकै हो ।

    हरेक विषयवस्तुलाई द्वन्द्वात्मक तरिकाले बुझ्न र विश्लेषण गर्नुपर्छ । प्युठानका प्रतिपक्ष साथीहरूको यसैमा ठुलो कमजोरी रह्यो । यसैलाई भनिन्छ, राजनीतिमा अपरिपक्ता, काँचोपन, केटौलेपन र अदुरदर्शिता, जसले गर्दा राजनीति कमाउने भाँडो र व्यापार बन्यो प्युठानमा ।

    यस्तो महामारीको बेलामा कसैलाई अनावश्यक आक्षेप लगाएर पानीमाथिको ओभानो बन्नु हुँदैन । यदि स्थानीय सरकार प्रमुखले आफ्ना नागरिकलाई उद्धारका लागि बस सञ्चालनका लागि पहल गरेका हैनन भने उनीहरूको ठुलो गल्ती हुने छ । त्यो भन्दा ठुलो गल्ती केही हुने छैन ।

    त्यस्तो हो भने सार्वजनिक रूपमा माफी माग्नुपर्छ, स्थानीय सरकार प्रमुखले । तर प्युठानका स्थानीय सरकार प्रमुखले पहल गरे पनि समयमा बसको व्यवस्था हुन नसकेको र भारतको विभिन्न ठाउँबाट सीमामा आएर अलपत्र परेका नागरिकलाई छिटो उद्धार गर्नुपर्ने भएकाले ट्रक र टिप्पर प्रयोग गर्नुपरेको हो । यो कुरा अलपत्र पीडितले राम्रोसँग बुझेका छन् ।

    केही व्यक्तिको राजनीतिक प्रभावमा परेका केहीले यो विषयमा बुझ्दै जाने छन् । अहिले आक्षेप लागेका स्थानीय सरकार र जनप्रतिनिधिले आपत्बिपत्को अवस्थामा गरेको कामको मूल्याङ्कन भविष्यमा हुने छ । तर स्थानीय सरकार र जनप्रतिनिधिले पनि काम गर्दा भएका कमी–कमजोरीलाई जनताको पक्षमा सुधार गर्दै जानुपर्ने हुन्छ । त्यसो गर्न नसके जनताले बहिष्कार गर्नेछन् ।

    उद्धारको विषयमा झिमरुक गाउँपालिकाका अध्यक्ष तिलक जिसी र काङ्गे्रसका प्रमोद पोखरेलबिच मोबाइलमा भएको कुराकानी सुनियो । सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गरिएको अडियोको कुरा दुवै जनाको आआफ्नो ठाउँमा ठिक छन् । स्थानीय सरकारको नियम पालना गर्नु गाउँपालिकाका अध्यक्षसहित जनप्रतिनिधिको प्रमुख दायित्व हो । हामीले उद्धार गर्छौं भन्नु पनि नराम्रो पक्ष होइन ।

    तर सरकारको एकद्वारा प्रणाली मान्दैन, मैले उद्धार गर्छु भन्न खोज्नुले राजनीतिक अभीष्ट पूरा गर्न खोजिएको प्रष्ट हुन्छ । यस्तो महामारीका बेला सबै मिलेर कोराना भाइरससँग लड्नुपर्छ र विदेशस्थित नेपाली नागरिकको उद्धार गर्नुपर्छ । गाउँपालिकाका अध्यक्षले सरकारको नीतिनियम मान्दा कसैले पनि आपत्ति मान्नु पर्दैन । गाउँपालिकाका अध्यक्ष तिलक जिसी, काङ्गे्रसका प्रमोद पोखरेललाई जे उत्तर दिएका छन्, त्यो ठिक छ ।

    अध्यक्ष कहिँ कतै चुकेका छैनन् । खरो स्वभावका अध्यक्ष मसिनो स्वरले बोलेका मात्र सुनिन्छ । उनको कमजोरी त्यसैमा छ । पालिकाको कोषमा पैसा जम्मा गर्नुस्, गाउँपालिकाको मातहतमा काम गरौँ भनेर अध्यक्ष तिलक जिसी कहिँ कतै चुकेका छैनन् । धमिलो पानीमा माछा मारेर राजनीतिक स्वार्थ कसैको पूरा हुँदैन । न त गाउँपालिकाका अध्यक्ष वा अरू कुनै को ।

    यो विषयमा अनावश्यक राजनीति गर्न खोजिएको प्रष्ट छ । देशभरका सबै गाउँपालिकाले भन्दा पहिल्यै झिमरुकवासी विदेशमा कति छन् भन्ने तथ्याङ्क निकाल्ने गाउँपालिका पहिलो हो । २९ देशमा ४७ सय नागरिक रहेको तथ्याङ्क सार्वजनिक गर्ने पहिलो गाउँपालिका झिमरुक भनेर प्रचार गर्ने हिम्मत गर्नुपर्दथ्यो ।

    अहिलेसम्म भारतबाट करिब चार सयभन्दा बढीलाई उद्धार गरी झिमरुकले क्वारेन्टाइनमा राखेको छ । के यो काम होइन ? सबैजसो वडामा क्वारेन्टाइन बनाएको छ, के यो नराम्रो काम हो र ? सरकारको एकद्वार प्रणालीको आधारमा देशभरका स्थानीय सरकारले राजनीतिकर्मी, उद्योगी–व्यवसायी, समाजसेवीले सहयोग गर्दै आएका छन् ।

    झिमरुक गाउँपालिकाले एकद्वार प्रणालीमा काम गर्नुपर्छ भन्नु के गलत हो ? सरकारको प्रतिपक्ष पार्टी नेपाली काङ्गे्रससहित मधेशवादी पार्टी र अन्य पार्टीले पनि सरकारको खातामा आर्थिक सहयोग गरेका छन् । दैनिक उपभोग्य वस्तु पनि एकद्वार प्रणालीको आधारमा सरकारको मातहतमा राहत बाँडिएको छ ।

    अन्यत्र सबै ठाउँमा एकद्वार प्रणालीबाट आर्थिक सङ्कलनदेखि राहत बाँड्ने काम हुने अनी झिमरुक गाउँपालिकामा एकद्वार प्रणालीको पालना गर्न नपर्ने ? यो कस्तो विचित्रको राजनीतिक बेइमानी हो । यस्तो कहालीलाग्दो अवस्थामा पनि प्रतिपक्षबाट अनावश्यक राजनीति गर्नुलाई कदापि राम्रो मानिँदैन । एकद्वार प्रणालीबाट काम गर्नु नै उत्तम हो । सरकारले अघि सारेको एकद्वार प्रणाली मन नपरे त्यसको सुधारका लागि प्रतिपक्षले केन्द्रीय सरकारबाटै पहल गर्नुपर्छ, या सबै मिलेर सुधारका लागि दबाब दिनुपर्छ ।

    त्यतातिर प्रतिपक्षको ध्यान जान आवश्यक हुन्छ । आफूलाई प्रतिपक्ष बताउने, काम केही नगर्ने, जेमा पनि विरोध गर्ने—त्यो प्रतिपक्ष हुँदैन । प्रतिपक्षका पनि आफ्नै राजनीतिक र मानवीय धर्म छन् । राम्रो कामको समर्थन गर्ने र नराम्रो कामको विरोध गर्ने, सत्ताको प्रतिवाद गर्ने खास प्रतिपक्षको धर्म हो । प्रतिपक्षबाट घटिया काम भएका छन् । प्रतिपक्षले उठाएका कुराप्रति पनि सत्तापक्षले सुन्नुपर्ने हुन्छ । तर हुनै नसक्ने प्रतिपक्षका कुरा सुन्न आवश्यक हुन्न । जनताको पक्षमा डटेर झिमरुक गाउँपालिकाले काम गर्न जरुरी छ ।

    झिमरुक गाउँपालिकाले मात्र सीमानाकाबाट ट्रक, टिप्परमा अलपत्र नागरिक उद्धार गरेको होइन, यसमा काङ्गे्रसजन प्रष्ट हुन जरुरी छ । आफूले केही नगर्ने र अरूले गरेको पनि देख्न नचाहनेलाई जनपक्षीय काम गरेर परास्त गर्नुपर्छ र राजनीतिकर्मीले राजनीतिक रूपमा शिष्ट तरिकाले प्रतिकार गर्नु नै बहादुरी हुने छ । यस्तो महामारीको बेलामा पनि भ्रम सिर्जना गरेर सर्वसाधारण जनतामाथि भ्रमको राजनीति कसैले नगरौँ ।

    आफूबाट हुने र भएका गल्ती सहज रूपमा स्वीकार गरौँ, बरु बाख्राका खोरजस्ता क्वारेन्टाइन कसरी सुधार गरेर उचित व्यवस्थापन गर्न सकिन्छ ? केन्द्र र प्रदेश सरकारलाई खबरदारी गरौँ । प्युठान आफैमा राजनीतिक रूपले सचेत नागरिक भएको जिल्ला हो । विपीको आदर्शलाई बुझेका सच्चा काङ्गे्रसले यो विषय प्रष्ट रूपमा बुझेका छन् । आफ्नो राजनीतिक मूल स्प्रिटलाई आत्मसात गरी झिमरुकलाइ नमुना बनाउन लागौँ ।

    समाजमा गलत भ्रम सिर्जना गर्नेहरू आफै पाखा लाग्ने छन् । राजनीतिक रूपमा कसैमाथि पूर्वाग्रही भावना नराखौँ । अनावश्यक राजनीतिक पूर्वाग्राही राख्ने र राजनीतिलाई मागीखाने भाँडो बनाउनेहरू समाजको अगाडि घुडा टेक्ने छन् । त्यसैले धैर्यता गरौँ । हतारमा गल्ती गरेर फुर्सदमा पछुताउने काम नगरौँ ।

    बुधबार, जेठ १४, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जनजाति मुक्ति आन्दोलन
    भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ
    पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका
    उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका
    व्यक्तिगत स्वार्थ

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.