• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शुक्रबार, कार्तिक १३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

भुटानमा बाढी आयो, हिमताल फुटेको आशङ्का

नेतान्याहूले बहुमत गुमाएपछि इजरायलको राजनीति विवादित

कञ्चनजङ्घा क्षेत्रमा २५० पर्यटक रोकिए

अर्नब चक्रवातको प्रभाव पर्दै, भारी वर्षा र हिमपातको चेतावनी

इनमसँगको म्यासेज प्रकरण : शुक्रबार सर्वोच्चको फुलकोर्ट बैठक

राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

बडादसैँ र तिहारको उमङ्गमा पाँचौँ पिवाइएससी कप सुरु (फोटासहित)

भालुबाङ अस्पतालमा स्क्रब टाइफसका बिरामी बढे

कुँवरको उपचारका लागि गल्कोट समाज टोकियो कान्तोद्वारा तीन लाख बढी सहयोग

लोकप्रिय समाचार

  • १. श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

  • २. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ३. भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

  • ४. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ५. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ६. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ७. राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

  • ८. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ९. रङ्गीन फूलको एउटै माला बनाऔँ

  • १०. हिमाचलका नेपालीको दुर्घटना तथा स्वास्थ्य बिमा गर्न मूल प्रवाहको माग

पशुपति बालुवामा भ्रष्टाचार : दोषी ठहर ९ मध्ये ३ जना पक्राउ


  •   सोमबार, फागुन १९, २०८१ मा प्रकाशित
  • काठमाडौं । पशुपतिको बालुवा खानीमा भएको भ्रष्टाचारमा दोषी ठहर भएका तीनजना पक्राउ परेका छन् ।

    Advertisement

    पक्राउ पर्नेहरुमा प्रेमराज जोशी, महेन्द्रलाल श्रेष्ठ र राजु कुमार रेग्मी छन् । जोशी र श्रेष्ठ पूर्व स्थानीय विकास अधिकारी (एलडीओ) हुन् भने रेग्मी पशुपति विकास कोषका पूर्वनिर्देशक हुन् ।

    प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

    नियम विपरीत बालुवाखानी सञ्चालनको स्विकृती दिएर पशुपतिनाथको आम्दानी भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई ठेकेदार सहित ९ जना विरुद्ध २०७१ साल माघमा विशेष अदालतमा मुद्दा दायर गरेको थियो । सो मुद्दा विशेष अदालत हुँदै सर्वोच्च पुगेको थियो ।

    सर्वोच्चले पशुपतिको जग्गामा बालुवाखाली सञ्चालन गर्न दिँदा भ्रष्टाचार गरेको आरोपमा गएको माघ ३० गते एमाले नेता निर्मल कुइँकेलसहित ९ जनालाई दोषी ठहर गरेको थियो ।

    कुइँकेललाई ६ वर्ष कैद सजाय तोकेको छ । कुइकेलले ८३ लाख ४१ हजार रुपैयाँ भ्रष्टाचार गरेको ठहर गरेको हो । विशेष अदालतले उनलाई त्यति नै जरिवाना हुने फैसला गरेको छ । उनले पशुपति क्षेत्र विकास कोषको सदस्य सचिव हुँदा बालुवाखानी सञ्चालनसम्बन्धी ठेक्काको फाइलमा निर्णय गरेका थिए ।

    यस्तै, सर्वोच्चले पशुपति क्षेत्र विकास कोषका अर्का सदस्य सचिव सुशील नाहाटालाई ६ वर्ष कैद सजाय सुनाएको छ । उनले ९१ लाख ६३ हजार रुपैयाँ भ्रष्टाचार गरेको ठहर भएको छ । उनलाई त्यति नै जरिवाना हुनेछ ।

    अदालतले महेन्द्रलाल श्रेष्ठलाई ४ वर्ष कैद सजाय तोकेको छ । अवैध रुख कटान गरेकोमा डेढ लाख रुपैयाँ भ्रष्टाचार गरेको ठहर भएको छ । बालुवाखानी सञ्चालन गर्न दिँदा जिविसको रोयल्टीमा भ्रष्टाचार गरेको आरोपमा साढे ३८ लाख रुपैयाँ भ्रष्टाचार गरेको ठहर भएको हो । सर्वोच्च अदालतले उनलाई ७८ लाख ५३ हजार जरिवाना हुने आदेश गरेको छ ।

    काठमाडौं जिल्ला विकास समितिका तत्कालिन स्थानीय विकास अधिकारी गोपाल पराजुलीलाई ६ वर्ष कैद सजाय हुने फैसला भएको छ । उनले ६२ लाख ३७ हजार रुपैयाँ भ्रष्टाचार गरेको ठहर गर्दै सर्वोच्च अदालतले त्यसको दोब्बर एक करोड २२ लाख जरिवाना हुने फैसला गरेको छ ।

    न्यायाधीशहरु कुमार रेग्मी र अब्दुल अजीज मुसलमानको इजलासले पशुपति क्षेत्र विकास कोषका अर्का सदस्य सचिव सुशील नाहाटालाई ६ वर्ष कैद सजाय सुनाएको छ । उनले ९१ लाख ६३ हजार रुपैयाँ भ्रष्टाचार गरेको ठहर भएको छ । उनलाई त्यति नै जरिवाना हुनेछ ।

    अर्का स्थानीय विकास अधिकारी प्रेमराज जोशीमाथि ६ महिना कैद सजायको फैसला भएको छ । उनले २ करोड ३७ लाख रुपैयाँ भ्रष्टाचार गरेको ठहर सहित सर्वोच्च अदालतले त्यति नै रकम जरिवाना गर्ने फैसला गरेको छ । काठमाडौं जिविसका तत्कालिन योजना अधिकृत भीष्मकुमार मल्ल, राजुकुमार रेग्मीलाई पनि जोशीकै सरह कैद र जरिवानाको फैसला भएको छ ।

    सर्वोच्च अदालतले बालुवाखानीको ठेक्का पाएका बच्चराम दाहालबाट १२ करोड ९९ लाख रुपैयाँ असुल्नुपर्ने फैसला गरेको छ । अर्का ठेकेदार मिठाराम दाहालबाट २ लाख ३७ हजार असुल्नुपर्ने फैसला भएको छ ।

    सोमबार, फागुन १९, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कञ्चनजङ्घा क्षेत्रमा २५० पर्यटक रोकिए
    अर्नब चक्रवातको प्रभाव पर्दै, भारी वर्षा र हिमपातको चेतावनी
    इनमसँगको म्यासेज प्रकरण : शुक्रबार सर्वोच्चको फुलकोर्ट बैठक
    राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु
    बडादसैँ र तिहारको उमङ्गमा पाँचौँ पिवाइएससी कप सुरु (फोटासहित)
    भालुबाङ अस्पतालमा स्क्रब टाइफसका बिरामी बढे

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

    • २.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ३.
      भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

    • ४.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ५.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ६.
      दिमाग, तँ कहाँ गा’को थिइस्

    भर्खरै

    • १.
      भुटानमा बाढी आयो, हिमताल फुटेको आशङ्का

    • २.
      नेतान्याहूले बहुमत गुमाएपछि इजरायलको राजनीति विवादित

    • ३.
      कञ्चनजङ्घा क्षेत्रमा २५० पर्यटक रोकिए

    • ४.
      अर्नब चक्रवातको प्रभाव पर्दै, भारी वर्षा र हिमपातको चेतावनी

    • ५.
      इनमसँगको म्यासेज प्रकरण : शुक्रबार सर्वोच्चको फुलकोर्ट बैठक

    • ६.
      राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

    • ७.
      बडादसैँ र तिहारको उमङ्गमा पाँचौँ पिवाइएससी कप सुरु (फोटासहित)

    • ८.
      भालुबाङ अस्पतालमा स्क्रब टाइफसका बिरामी बढे

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.