हेम बिजी ##
Advertisement
पढेर खोई कहिले सकिएला उपन्यास कामरेड जलजला ।
रातमा पनि पढ्ने थिएँ दिनमा झैँ घाम लाग्ने भए झलझल ।१।
एक हजार तीन सय बिस पेजको यो जलजला उपन्यास ।
सय पेज पढ्दापढ्दै त पसिना यसरी छुटाउछ खलखल ।२।
सोध्छन् घरमा आउने मान्छेहरू कति दिनमा पढेर सक्छौ ।
तर म पढेरै बसेको छु ननिँदै दिनरात आँखा हेरेर टलटल ।३।
उपन्यासभरि प्रेम छ प्रकृति छ क्रान्तिको नयाँ सन्देश छ ।
त्यसैले पढ्दापढ्दै पानी पनि पिएको छैन मैले कलकल ।४।
आजै खोजेर पढौँ यो उपन्यास जीवन दर्शन छ साथीहरू ।
अनि सँगै बसेर गरौँला नि एक दिन साहित्यिक छलफल ।५।

