• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

  • १०. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

नेपालमा दैनिक १६ जनाले गर्छन् आत्महत्या


  •   शुक्रबार, फागुन ०९, २०८१ मा प्रकाशित
  • काठमाडौँ । नेपालमा आत्महत्या हुने क्रम ‘भयावह’ रुपमा बढेको छ ।

    Advertisement

    चालु आर्थिक वर्षको छ महिनामा ३ हजार १३४ जनाले आत्महत्या गरेको तथ्यांक छ ।

    एक दशकको तथ्याङ्कका आधारमा बर्सेनि झन्डै छ हजार मानिसहरूले आत्महत्या गर्ने गरेको देखिन्छ। यो भनेको औसतमा एक दिनमा झन्डै १६ जना हो ।

    यो सङ्ख्या वैदेशिक रोजगारीका क्रममा विदेशमा हुने मृत्युको करिब छ गुणा वा सडक दुर्घटनाबाट वार्षिक रूपमा हुने दुर्घटनाको दोबरभन्दा बढी हो।

    प्रहरीमा दर्ता हुने कुल मुद्दामध्ये करिब पाँच भागको एक भाग आत्महत्याको पाइनुले पनि यो समस्या विकराल बनिरहेको दर्साउने प्रहरीको अपराध अनुसन्धान विभागका प्रमुख एआईजी कुबेर कडायत बताउँछन्।

    ‘विगतमा आत्महत्या दुरुत्साहनमा मुद्दा नचल्नेमा पछिल्लो कानुनी व्यवस्थामा त्यो उल्लेख भएपछि मुद्दा दर्ता हुने क्रम स्वाभाविक रूपमा बढेको छ,’ एआईजी कडायत भन्छन्, ‘आत्महत्या रोकथामका लागि सबैभन्दा महत्त्वपूर्ण कुरा यससम्बन्धी सचेतना र मनोपरामर्श नै हो।’

    एक वरिष्ठ मनोचिकित्सक सामाजिक जीवन तनावपूर्ण हुँदा विभिन्न रूपमा मानसिक समस्याहरू देखिने गरेको बताउँछन्।

    ‘निकै प्रतिस्पर्धी शैक्षिक प्रणालीका कारण सानै उमेरदेखि नै तनावयुक्त समस्या देखिने गरेको छ। युवाहरू घरबाट पर रहने र वृद्धवृद्धा एक्लिने समस्याले सामाजिक सौहार्द बिगारेको छ,’ पाटन मानसिक अस्पतालका पूर्वनिर्देशक रहिसकेका प्राध्यापक डा सुरेन्द्र शेरचन भन्छन्।

    देशको ठूलो जनसङ्ख्या वैदेशिक रोजगारीमा हुँदा छुट्टिएर बस्नुपर्ने दम्पतीमा परिवार सुखको अभावसँगै एक्लोपन देखिने गरेको विज्ञहरू बताउँछन्।

    ‘विभिन्न सामाजिक कारणले गर्दा हाम्रो जीवन सहज बनिरहेको छैन र तनाव त्यहीँबाट सुरु भएको छ। मानसिक स्वास्थ्य सबैभन्दा मुख्य कारण भए पनि राज्यको तयारी त्यस क्षेत्रमा पर्याप्त छैन’, वरिष्ठ मनोचिकित्सक शेरचन भन्छन्, ‘लागुपदार्थ दुर्व्यसन बढ्दै जानु पनि त्यसको एउटा असर हो, जुन समेत धेरै हकमा आत्महत्यासँग गएर जोडिने गरेको छ।’

    नेपाल प्रहरीका लागि यसै वर्ष पछिल्ला एक दशकको आत्महत्यासम्बन्धी विवरणको अध्ययन र विश्लेषणको संयोजन गरेका प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारी आफ्नो अध्ययनले समाजमा नैराश्य, रोग र विचलन व्याप्त रहेको देखाएको बताउँछन्।

    ‘सामाजिक, आर्थिक र पारस्परिक सम्बन्धलगायतका कारण जिम्मेवार भए तापनि मानसिक विचलनको अवस्थामा पुग्ने अवस्थाबाट आत्महत्या धेरै हुने गरेको प्रहरीको विवरणमा देखिन्छ’ एसएसपी अधिकारी भन्छन्।

    ‘त्यसैले सबैभन्दा धेरै सम्पर्कमा रहने परिवार र साथीसङ्गीले एकअर्कामा ख्याल गर्ने तथा रेखदेखको भूमिका पनि यसको रोकथाममा निकै महत्त्वपूर्ण हुने देखिन्छ’ एसएसपी अधिकारीले भने । बीबीसीबाट

    शुक्रबार, फागुन ०९, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.