• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

सूर्य थापाले रोज राणालाई ‘क्याटवाक’ गरेको भनेपछि प्युठानमा कांग्रेस र एमालेबीच तनाव


  •   आइतबार, फागुन ०४, २०८१ मा प्रकाशित
  • काठमाडौँ । सत्तारुढ दुई दल नेकपा (एमाले) र नेपाली कांग्रेसबीच तनाव बढ्दै गएको छ । पछिल्लो समय तनावको कारण बनेका छन्, प्रधानमन्त्री केपी शर्मा ओली निकटका सांसद सूर्य थापा ।

    Advertisement

    प्युठानबाट प्रतिनिधि सभामा निर्वाचित सांसद थापाको गतिविधिलाई लिएर कांग्रस प्युठानले विज्ञप्ति नै निकालेर आपत्ति जनाएको छ ।

    कांग्रेसको विज्ञप्तिप्रति आपत्ति जनाउँदै एमालेले पनि विज्ञप्ति जारी गरेको छ । र, दुई पार्टीका नेता कार्यकर्ताहरूबीच सामाजिक सञ्जालमा दोहोरी चलेको छ ।

    सांसद थापाले गएको पुस ११ गते जिल्ला समन्वय समितिमा आयोजित सर्वदलीय तथा सर्वपक्षीय कार्यक्रममा कांग्रेसका समानुपातिका सांसदलाई लक्षित गर्दै ‘यी समानुपातिकहरूलाइ फुर्सदै फुर्सद छ। समानुपातिकलाई न कसैले जन गुनासो गर्दछन्, न यिनिहरुमा कुनै जिम्मेवारी छ न कुनै चुनाव जितेको अनुभव छ’ भन्ने अभिव्यक्ति दिएका थिए ।

    खासमा कांग्रेसलाई आपत्ति लाग्ने कुरा चाहिँ लुम्बिनी प्रदेशका मन्त्री रोज राणाले जिल्लामा देखाएको फुर्तीप्रति लक्षित गर्दै थापाले ‘क्याटवाक गर्दै हिँडेर विकास हुन्छ ?’ भन्ने अभिव्यक्ति दिएपछि हो ।

    दुई दलबीच तनाव बढ्दै जाँदा थापाले फागुन १ गते झिमरुक गाउँपालिका वडा न ५ मा भएको टेलिकम २जी/४जी सेवा विस्तारका क्रममा सासंद थापा र लुम्बिनी प्रदेश सासंद निमा गिरीले सयुंक्त उद्घाटन गर्ने भनी लेखिएको ब्यानर कार्यक्रम स्थलबाटै हटाउन लगाएका थिए ।
    कांग्रेसका प्रदेश सांसदलाई आफू बराबर हैसियत दिएको भन्दै थापाले टेलिकमका कर्मचारीलाई धम्क्याएका थिए ।

    फागुन २ गते जारी विज्ञप्तिमा कांग्रेस प्युठानले भनेको छ, ‘मा. सूर्यबहादुर थापाज्यू ‘प्यूठान जिल्लाका जनप्रतिनिधि गाउँ जाने वा आफ्ना मतदातालाइ भेट्ने र मतदातासँग के बोल्ने हो भन्ने कुरामा तपाइसँग अनुमति लिनुपर्ने हो ? हाल सत्ता साझेदारीमा रहेका दुइ ठुला दलको गठबन्धनको गरिमालाई विखण्डन गर्ने दुषित भनाईहरुलाई बन्द गर्न आग्रह गर्दछौँँ।’

    यता, कांग्रेसको विज्ञप्तिविरुद्ध एमालेले फागुन ३ गते अर्को विज्ञप्ति जारी गरी ‘सार्वजनिक मन्तव्यको क्रममा अभिव्यक्त केही शब्दावलीहरुलाई विज्ञप्ती मार्फत विरोध गर्ने प्रवृत्ति नितान्त राजनीतिक संस्कारविहीन रहेको’ बताएको छ ।

    एमाले प्युठानका अध्यक्ष विजय विराज विष्टद्वारा जारी विज्ञप्तिमा ‘जिल्ला समन्वय समिति प्यूठानमा राखिएको अर्न्तक्रिया कार्यक्रममा माननीय सूर्य थापा प्रमुख अतिथीको रुपमा आमन्त्रित भई कार्यक्रम स्थलमा पुग्दा समानुपातिक सांसद धनलक्ष्मी श्रेष्ठलाई प्रमुख अतिथीको रुपमा माइन्युटमा उपस्थिती गराइएको र सो माइन्युट पुनः लेखिएको विषयलाई राज्यको मर्यादाक्रम नबुझेजस्तो गरी माईन्युट च्यातेको वा च्यात्न लगाइएको जस्तो भ्रम उत्पन्न हुने गरि विज्ञप्ती मार्फत सम्प्रेषण गर्न खोज्नु नितान्त अनुचित र अनैतिक छ’ भनिएको छ ।

    एमालेले ‘टेलिफोन टावर उद्घाटनको विषयमा प्रतिनिधि सभा सदस्यको अपमान हुने गरी प्रदेश सभा समानुपातिक सदस्यकै मर्यादाक्रममा राख्न खोज्ने प्रवृत्तिलाई सच्चाइएको विषयलाई अन्यथा लिनु घोर आपत्तिजनक रहेको’ पनि विज्ञप्तिमा उल्लेख छ ।

    कांग्रेस र एमालेको विज्ञप्तिपछि दुवै दलका कार्यकर्ताले एक आपसमा घोचपेच गर्दै सामाजिक सञ्जाल तताएका छन् ।
    दुवै पार्टीका नेता कार्यकर्ताले एक आपसमा हिलो छ्यापाछ्याप गरिरहेका छन् ।

    तर, स्वतन्त्र मतदाताहरू भने दुवै पार्टीले जनताको पक्षमा काम गर्न नसकेर एक आसपमा आरोप प्रत्यारोप गरिरहेको भन्दै आलोचना गरिरहेका छन् ।

     

    आइतबार, फागुन ०४, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’
    भुजमा मूल प्रवाहको नगर समिति गठन
    नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • २.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ३.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ४.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ५.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ६.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    • ७.
      गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.