नवीन बस्याल ##
Advertisement
धेरै कुरा भोगेर जितेर बल्ल जीवन बन्छ ।
जस्तै देश चलाउन सरकारको सदन बन्छ ।१।
बोलेर मात्रै कहाँ हुन्छ र काममा विश्वास ।
बोली ब्यवहारमा परिणत भए वचन बन्छ ।२।
परिवर्तनका निमित्त लड्नेहरु सहिद हुन्छन् ।
हामी विदेशमा मर्नेका मात्र कफन बन्छ ।३।
ठुला धनीका अभिलेख इतिहासमा होला ।
गरिबका कथा त आफ्नै धड्कन बन्छ ।४।
छुट्याउँछन जातजाति धनीगरिब भनेर ।
म त भन्छ जिउने आधार मुटु मन बन्छ ।५।