काठमाडौँ । काठमाडौँको दरबारमार्गको फुटपाथमा ग्रेनाइट बिछ्याइएको छ । महानगरपालिकाले ५ करोड १५ लाखको लागतमा नारायणहिटी संग्रहालयअगाडि महानगरीय प्रहरी वृत्त दरबारमार्गदेखि महेन्द्र शालिकसम्म दुवैतर्फको सडकमा ग्रेनाइट लगाएको हो।
पैदलमार्गको चौडाइ कम्तीमा ३ मिटरदेखि बढीमा ६ मिटरसम्म छ। सडकमा ग्रेनाइड राख्नुअघि गिटी र माटो मिसाएर बेस सोलिङ गरिएको छ। त्यसभन्दा माथि व्रिक सोलिङ गरिएको छ।
त्यसभन्दा पीसीसी ढलान गरिएको छ। त्यसभन्दा माथि ग्रेनाइट बिछ्याइन्छ। यो १६ एमएमसम्मको हुनेछ।
सार्वजनिक खरिद प्रक्रियाबाट सदाशिव इन्फ्रा प्रालिले काम गरिरहेको हो। २०८० चैत ६ गते निर्माण पक्षसँग सम्झौता भएको हो।
सहरी योजना आयोगका उपाध्यक्ष डा। सुमननरसिंह राजभण्डारीले निर्माण प्रक्रियाको निरीक्षण गर्दै ग्रेनाइटको बाहिरी भाग खस्रो भएकोले यात्रामा चिप्लिने जोखिम नहुने बताएका छन्।