काठमाडौँ । काठमाडौँको साँखुमा स्कुल बस दुर्घटना हुँदा तीन विद्यार्थीको मृत्यु भएको छ ।
चाबहिल स्थित एसएस एकेडेमिको रिजर्ब बस बा २ ख ७९५८ नम्बरको सुन्दरीमाइ यातायात बुधबार शंखरापुर नगरपालिका ५ मा दुर्घटना भएको हो ।
नगरकोटमा विद्यार्थीलाई पिकनिकमा लगेर फर्किएको बस दुर्घटना हुँदा ४० जना विद्यार्थी घाइते भएका छन्।
मृत्यु हुनेमा मोरङको उर्लाबारी नगरपालिका–७ घर भई हाल कपन बस्ने वर्ष ११ को क्रिसल पुरी, सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–७ घर भई हाल चाबहिल बस्ने वर्ष २४ को सुरेश तामाङ र सिन्धुपाल्चोक घर भई हाल भिमसेनगोला बस्ने वर्ष १४ को शुशाङ्का डोटेल रहेका छन्।
बुधबार दिउँसो पौने ५ बजेतिर कात्तिके स्थित साँखु–नगरकोट सडक खण्डमा ब्रेक फेल भएर अनियन्त्रित हुँदा दुर्घटना भएको काठमाडौँ प्रहरी परिसरका एसपी अपील बोहराले बताए ।
घाइते ४० जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
यी हुन् घाइते
पिपुल्स लाइफ केयर अस्पतामा उपचारार्थ घाइतेहरू
१) फिलिप लामा, वर्ष १०
२) प्रज्ज्वल थापा, वर्ष १०
३) भीम तामाङ, वर्ष ११
४) राम पररियार, वर्ष १६
५) सुजन मगर, वर्ष १६
६) सिरिसा सुवेदी, वर्ष १२
७) प्रकाश बम, वर्ष १६
८) साधन विष्ट, वर्ष १२
९) आराध्या शाह, वर्ष १०
१०) आशिष तामाङ, वर्ष १५
११) स्नेहा राई, वर्ष २१
१२) गंगा ज्योति, वर्ष ४२
१३) रञ्जित थापा, वर्ष १३
१४) सुहाना गुभाजु, वर्ष १३
१५) श्रीशान्त पौडेल, वर्ष १५
१६) कल्पना रेग्मी, वर्ष ३२
१७) विकल्प श्रेष्ठ, वर्ष १०
१८) नाइस्का पाण्डे, वर्ष २३
१९) सुविता तामाङ, वर्ष १४
२०) निशान्त पौडेल, वर्ष १४
२१) सौगात मगर, वर्ष १४
२२) अबित खान, वर्ष १०
(२ जनाको नामवली आउन बाँकी)
शंखरापुर अस्पतालमा उपचार्थ
१) आदित्य सुनार, वर्ष १२/१३
२) धीरज साउद, वर्ष १४
३) सन्देश गिरी, वर्ष १३
यसैगरी एनएमसी अस्पतालमा १० जना र टिचिङ अस्पतालमा तीनजनाको उपचार भइरहेको प्रहरीले जनाएको छ।